2026-09-28 07:29 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

युद्धकै बीच चीनले रूसबाट किन्यो ८४ लाख टन तेल

असार ६, काठमाडौं | रूस–युक्रेन युद्धका कारण पश्चिमा देशले रूसमाथि लगाएको प्रतिबन्धपछि रूसबाट सबैभन्दा धेरै तेल खरीद गर्ने देश चीन भएको छ।

२४ फेब्रुओरीबाट शुरु भएको रूस–युक्रेन युद्धका कारण पश्चिमा देशले रूसमाथि लगाएको प्रतिबन्धपछि रूसबाट सबैभन्दा धेरै तेल खरीद गर्ने देश चीन भएको छ। मे महीनामा मात्रै चीनमा खपत हुने तेलको ५५ प्रतिशत रूसबाट खरीद गरेको छ। यसरी रूसले चीनलाई तेल बेच्ने मामिलामा साउदी अरबलाई पनि उछिनेको छ।

Russia has become the largest supplier of crude oil to China News-Pipa |  News PiPa

कोरोना महामारीपछि चीनको अर्थतन्त्रमा कमी आएको थियो। हाल पनि चीनका केही राज्यमा कोभिड संक्रमण छ। यस्तो अवस्थामा पनि चीनले रूसबाट तेल खरीदलाई कम गर्नेभन्दा बढाएको छ। रूस–युक्रेनबीच युद्ध शुरु भएलगत्तै रूस–चीनले आफ्नो मित्रतामा कुनै सीमा नभएको बताएका थिए।

चिनियाँ तेल कम्पनीहरूले हालैका महीनाहरूमा रूसबाट कच्चा तेल खरीद बढाएका छन् । यसमा दुई ठूला चिनियाँ कम्पनीहरू सिनोपाक र सेन्हुआ समावेश छन् । अमेरिकी प्रतिबन्धपछि रुसले तेलमा ठूलो छुट दिएको थियो ।

चिनियाँ भन्सारको सामान्य प्रशासनका अनुसार गत महीना रुसबाट चीनमा कूल ८४ लाख टन तेल आयात भएको थियो। यससँगै साउदी अरब ७८ लाख टन तेल आयातका साथ दोस्रो स्थानमा छ।

मार्चमा अमेरिका र बेलायतले रुसी तेलमाथि प्रतिबन्ध लगाउने बताएका थिए । योसँगै युरोपेली संघले रुसको ग्यासमाथिको निर्भरता घटाउने बताएको थियो।

अमेरिकी राष्ट्रपतिले तेल बिक्रीमा प्रतिबन्धले रुसको अर्थतन्त्रको मेरुदण्डमा चोट पुग्ने बताए । तेल निर्यात रूसको आयको मुख्य स्रोत हो, तर यसले पश्चिमी देशहरूलाई पनि असर गर्नेछ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
दुर्गा प्रसाईंलाई तीन दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतको अनुमति बाढी–पहिरोले एक हजार मेगावाट विद्युत उत्पादन प्रभावित : ऊर्जामन्त्री राष्ट्रपतिसमक्ष राष्ट्रिय समावेशी आयोगको वार्षिक प्रतिवेदन पेस गृहमन्त्रीको सचिवालयसँग सम्पर्क रहेको भन्दै अडिओ संवाद गर्ने व्यक्ति पक्राउ कालीगण्डकीको बाढी हेर्ने क्रममा भीरबाट खसेर बागलुङमा एक जनाको मृत्यु चाडबाडमा पेट्रोलियम पदार्थको मूल्य नबढाउन यातायात व्यवसायीको माग के खाएपछि कन्फिडेन्स आउँछ? विपक्षीलाई खगेन्द्र सुनारको व्यंग्य प्रतिनिधिसभामा छ विधेयक प्रस्तुत पक्राउ पर्दा दुर्गा प्रसाईंले भने– ‘सिंहदरबार खरानी बनाउनेलाई लखेट्छु जनता डराएर शासन गर्छु भन्ने दुनियाँमा कोही पनि शासक सफल भएका छैनन् : सांसद ढुंगाना अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्य बढ्यो भोटेकोसी बाढीबारे संसदीय विशेष समितिको सभापति निर्वाचन असोज १४ गते हिमलुङ हिमपहिरोमा थप दुई शव भेटिए, मृतकको संख्या चार पुग्यो मलेखु–मुग्लिङ सडकखण्ड सञ्चालनमा दशैँ–तिहारअघि पृथ्वी राजमार्ग सञ्चालनयोग्य बनाउन सांसद आशिका तामाङको माग सरकारको पक्राउ शैलीप्रति प्रचण्डको आपत्ति, ‘मूल्य धेरै ठूलो चुकाउनुपर्छ’ दुर्गा प्रसाईं फेरि पक्राउ बाढीपहिरोको क्षतिप्रति सरकारको ध्यानाकर्षण, सांसद अर्यालले मागिन् तत्काल उद्धार र पुनर्स्थापना मनाङमा जनताको अवस्था भयावह छ : सांसद गुरुङ थुनिएको मर्स्याङ्दीको बहाव खुल्दै