2026-09-28 07:29 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

को हुन् भारतको राष्ट्रपतिकी उम्मेदवार द्रौपदी मुर्मु ?

 एजेन्सी | भारतीय जनता पार्टी (भाजपा) नेतृत्वको राष्ट्रिय लोकतान्त्रिक गठबन्धन (एनडीए)ले आगामी चुनावको लागि द्रौपदी मुर्मुलाई राष्ट्रपतिको उम्मेदवार घोषणा गरेको छ ।

आदिवासी नेतृ द्रौपदी मुर्मु झारखण्डको पूर्व राज्यपाल हुन् । निर्वाचित भएमा उनी भारतको पहिलो आदिवासी राष्ट्रपति र देशको दोस्रो महिला राष्ट्रपति बन्ने छिन् । उनी ६४ वर्षकी भइन् । एकल महिला मुरमुका दुई छोराको निधन भइसकेको छ । उनकी एक छोरी छिन् । झारखण्डकी पूर्व गर्भनर मुरम स्नातक सम्म अध्ययन पूरा गरेकी छिन् । 

‘पहिलो पटक महिला आदिवासी उम्मेदवारलाई प्राथमिकता दिइएको छ । हामी आगामी राष्ट्रपति चुनावका लागि द्रौपदी मुर्मुलाई एनडीएको उम्मेदवारको रूपमा घोषणा गर्छौं’, बीजेपी प्रमुख नड्डाले भने । 

मुर्मुले आफ्नो जीवन समाजको सेवा गर्न र गरिब, दलित र सीमान्तकृतहरूलाई सशक्तीकरण गर्न समर्पित गरेको उनले बताए । प्रधानमन्त्री नरेन्द्र मोदीले मुर्मुसँग राम्रो प्रशासनिक अनुभव भएको र उनी राष्ट्रपतिमा निर्वाचित हुनेमा आफू ढुक्क भएको बताएका छन् ।  

‘ उनीसँग राम्रो प्रशासनिक अनुभव छ । उनी हाम्रो देशको  महान राष्ट्रपति हुनेछिन् भन्नेमा म ढुक्क छु’,  प्रधानमन्त्री मोदीले भनेका छन् । 

पछिल्लो २० वर्षदेखि भाजपामा आबद्ध उनी भाजपा महिला मोर्चाकी राष्ट्रिय उपाध्यक्षसमेत थिइन । १८ जुलाईमा राष्ट्रपतिको निर्वाचन तय गरिएको छ । 

भारतमा पहिलो आदिवासी महिला राष्ट्रपति बन्ने निश्चितप्रायः भएको छ । सत्तारुढ भारतीय जनता पार्टीसहितको गठबन्धनले द्रोपदी मुरमुलाई साझा उम्मेदवार बनाउने घोषणासँगै उनी राष्ट्रपति बन्ने निश्चितप्रायः भएको हो । भाजपासहितको गठबन्धनसँग राष्ट्रपति निर्वाचनमा बहुमत मतदाता छन् ।

यसअघि भाजपाको साथ पाएर अब्दुल कलाम राष्ट्रपति बनेका थिए । दलित समुदायबाट पहिलो राष्ट्रपनि बनेका रामनाथ कोविन्द पनि भाजपाकै साथ पाएर बनेका थिए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
दुर्गा प्रसाईंलाई तीन दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतको अनुमति बाढी–पहिरोले एक हजार मेगावाट विद्युत उत्पादन प्रभावित : ऊर्जामन्त्री राष्ट्रपतिसमक्ष राष्ट्रिय समावेशी आयोगको वार्षिक प्रतिवेदन पेस गृहमन्त्रीको सचिवालयसँग सम्पर्क रहेको भन्दै अडिओ संवाद गर्ने व्यक्ति पक्राउ कालीगण्डकीको बाढी हेर्ने क्रममा भीरबाट खसेर बागलुङमा एक जनाको मृत्यु चाडबाडमा पेट्रोलियम पदार्थको मूल्य नबढाउन यातायात व्यवसायीको माग के खाएपछि कन्फिडेन्स आउँछ? विपक्षीलाई खगेन्द्र सुनारको व्यंग्य प्रतिनिधिसभामा छ विधेयक प्रस्तुत पक्राउ पर्दा दुर्गा प्रसाईंले भने– ‘सिंहदरबार खरानी बनाउनेलाई लखेट्छु जनता डराएर शासन गर्छु भन्ने दुनियाँमा कोही पनि शासक सफल भएका छैनन् : सांसद ढुंगाना अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्य बढ्यो भोटेकोसी बाढीबारे संसदीय विशेष समितिको सभापति निर्वाचन असोज १४ गते हिमलुङ हिमपहिरोमा थप दुई शव भेटिए, मृतकको संख्या चार पुग्यो मलेखु–मुग्लिङ सडकखण्ड सञ्चालनमा दशैँ–तिहारअघि पृथ्वी राजमार्ग सञ्चालनयोग्य बनाउन सांसद आशिका तामाङको माग सरकारको पक्राउ शैलीप्रति प्रचण्डको आपत्ति, ‘मूल्य धेरै ठूलो चुकाउनुपर्छ’ दुर्गा प्रसाईं फेरि पक्राउ बाढीपहिरोको क्षतिप्रति सरकारको ध्यानाकर्षण, सांसद अर्यालले मागिन् तत्काल उद्धार र पुनर्स्थापना मनाङमा जनताको अवस्था भयावह छ : सांसद गुरुङ थुनिएको मर्स्याङ्दीको बहाव खुल्दै