2026-09-28 07:29 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

पपस्टार बियोन्सेको नयाँ गीतले अमेरिकामा तरंग : नेपाली कामदारको पीडा पनि झल्कियो

एजेन्सी | कोरोना महामारीले जागिर गुमाउनेको संख्या ह्वात्तै बढेपछिको जनआक्रोशका बीच अमेरिकी पपस्टार बियोन्सेले मंगलबार राति नयाँ गीत ‘ब्रेक माइ सोल’ रिलिज गरेकी छन् ।

‘रेनसा’ एल्बममा संग्रहित उक्त गीतले महामारीले जागिर गुमाएपछि अमेरिकी नागरिकमा चुलिएको आक्रोशलाई प्रस्तुत गर्छ । राष्ट्रपति जो बाइडेन प्रशासनले नयाँ जागिर सिर्जना गर्न चुनौती खेपिरहेको छ ।

बियोन्सेको सो गीतको शब्दमा समेत श्रमिकको पीडा प्रस्तुत छ । बेलुका ९ बजेदेखि बिहान ५ बजेसम्म खटेर काम गर्नुपर्ने जसले गर्दा राति सुत्न नपाइने कारणले जागिर छाडेको मर्मस्पर्शी वेदना गीतमा प्रस्तुत छ ।

यो समस्या अमेरिकी श्रमिकको मात्र होइन, नेपालसहित तेस्रो मुलुकबाट अमेरिकी सपना बोकेर पुगेका श्रमिकको समेत हो । गीतले नेपाली कामदार र समुदायको दर्दलाई पनि व्यक्त गरेको छ ।

विश्लेषकले बियोन्सेको उक्त गीतलाई महामारीपछि अमेरिकामा सुरु भएको अहिलेसम्मकै ठूलो आर्थिक मन्दीको वास्तविक चित्रण भनेर व्याख्या गरिरहेका छन् । कतिपयले अहिलेसम्मकै धेरै श्रमिकले जागिर छाडेको कुरालाई उल्लेख गरेका छन् ।

बियोन्सेले पति तथा र्‍यापर जे जेडसँग मिलेर गीत लेखेकी हुन् । सांगीतिक प्लेटफर्म टाइटलमा रिलिज भएको उक्त गीतको निर्माण जे जेडले नै गरेका हुन् । यो गीतलाई लिएर संसारका प्रतिष्ठित मिडिया आउटलेटले पनि बहस चलाएका छन् ।

गत वर्ष नोभेम्बर २०२१ मा ‘किङ रिचर्ड’ फिल्ममा समावेश गीत ‘बी अलाइभ’बाट बियोन्से ओस्कर अवार्डमा मनोनित समेत भएकी थिइन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
दुर्गा प्रसाईंलाई तीन दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतको अनुमति बाढी–पहिरोले एक हजार मेगावाट विद्युत उत्पादन प्रभावित : ऊर्जामन्त्री राष्ट्रपतिसमक्ष राष्ट्रिय समावेशी आयोगको वार्षिक प्रतिवेदन पेस गृहमन्त्रीको सचिवालयसँग सम्पर्क रहेको भन्दै अडिओ संवाद गर्ने व्यक्ति पक्राउ कालीगण्डकीको बाढी हेर्ने क्रममा भीरबाट खसेर बागलुङमा एक जनाको मृत्यु चाडबाडमा पेट्रोलियम पदार्थको मूल्य नबढाउन यातायात व्यवसायीको माग के खाएपछि कन्फिडेन्स आउँछ? विपक्षीलाई खगेन्द्र सुनारको व्यंग्य प्रतिनिधिसभामा छ विधेयक प्रस्तुत पक्राउ पर्दा दुर्गा प्रसाईंले भने– ‘सिंहदरबार खरानी बनाउनेलाई लखेट्छु जनता डराएर शासन गर्छु भन्ने दुनियाँमा कोही पनि शासक सफल भएका छैनन् : सांसद ढुंगाना अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्य बढ्यो भोटेकोसी बाढीबारे संसदीय विशेष समितिको सभापति निर्वाचन असोज १४ गते हिमलुङ हिमपहिरोमा थप दुई शव भेटिए, मृतकको संख्या चार पुग्यो मलेखु–मुग्लिङ सडकखण्ड सञ्चालनमा दशैँ–तिहारअघि पृथ्वी राजमार्ग सञ्चालनयोग्य बनाउन सांसद आशिका तामाङको माग सरकारको पक्राउ शैलीप्रति प्रचण्डको आपत्ति, ‘मूल्य धेरै ठूलो चुकाउनुपर्छ’ दुर्गा प्रसाईं फेरि पक्राउ बाढीपहिरोको क्षतिप्रति सरकारको ध्यानाकर्षण, सांसद अर्यालले मागिन् तत्काल उद्धार र पुनर्स्थापना मनाङमा जनताको अवस्था भयावह छ : सांसद गुरुङ थुनिएको मर्स्याङ्दीको बहाव खुल्दै