2026-09-28 06:36 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

पुटिन महिला भएको भए युद्ध हुँदैन थियो भन्ने जोन्सनलाई पुटिनले दिए ‘फल्कल्यान्ड’ को उदाहरण!

असार १७, काठमाडौँ | बेलायती प्रधानमन्त्री बोरिस जोनसनले बुधबार रुसी राष्ट्रपति भ्लादिमिर पुटिन महिला भएको भए युक्रेनमा आक्रमण नगर्ने बताएका थिए । बेलायती प्रधानमन्त्रीले युद्धलाई घातक पुरुषत्वको सबैभन्दा उपयुक्त उदाहरणको रूपमा वर्णन गरेका थिए ।

पुटिन र सीआईए निर्देशकबीच फोनवार्ता Nepalpatra

जी–सेभेन शिखर सम्मेलनमा सहभागी हुन गएका बेलायती प्रधानमन्त्रीलाई जर्मन सञ्चारमाध्यमले रुसका राष्ट्रपति पुरुष भएकाले पनि द्वन्द्वका लागि जिम्मेवार छन् कि भनेर प्रश्न गरेका थिए । यसको जवाफमा बोरिस जोनसनले जेडीएफ प्रसारकलाई भनेका थिए, ‘यदि पुटिन महिला भएको भए मलाई लाग्दैन कि उनले यस्तो पागलपन गर्दथे । स्पष्ट रूपमा पुटिन महिला होइनन् । पुटिनको ‘माचो छवि’ ले युद्ध र हिंसामा मद्दत गर्छ । यदि तपाईं घातक पुरुषत्वको कुनै उदाहरण हेर्न चाहनुहुन्छ भने, यो युक्रेनमाथिको आक्रमण हो ।’

बेलायती प्रधानमन्त्रीको यो टिप्पणीको जवाफ दिँदै रुसी राष्ट्रपति पुटिनले बिहीबार भने, ‘जब बेलायतले फकल्याण्ड टापुमा सैन्य कारबाही गर्‍यो, त्यहाँ प्रधानमन्त्री मार्गरेट थ्याचर थिइन् । फकल्याण्डमा बेलायतको सैन्य कारबाही साम्राज्यवादको संकेत थियो । बेलायत अझै पनि औपनिवेशिक मानसिकताबाट बाहिर निस्कन सकेको छैन ।’

वास्तवमा, पुटिनले मार्गरेट थ्याचर महिला प्रधानमन्त्री भएको र फकल्यान्डमा सैन्य कारबाहीको आदेश उनैले दिएकी थिइन् भनेर भन्न खोजिरहेका थिए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
दुर्गा प्रसाईंलाई तीन दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतको अनुमति बाढी–पहिरोले एक हजार मेगावाट विद्युत उत्पादन प्रभावित : ऊर्जामन्त्री राष्ट्रपतिसमक्ष राष्ट्रिय समावेशी आयोगको वार्षिक प्रतिवेदन पेस गृहमन्त्रीको सचिवालयसँग सम्पर्क रहेको भन्दै अडिओ संवाद गर्ने व्यक्ति पक्राउ कालीगण्डकीको बाढी हेर्ने क्रममा भीरबाट खसेर बागलुङमा एक जनाको मृत्यु चाडबाडमा पेट्रोलियम पदार्थको मूल्य नबढाउन यातायात व्यवसायीको माग के खाएपछि कन्फिडेन्स आउँछ? विपक्षीलाई खगेन्द्र सुनारको व्यंग्य प्रतिनिधिसभामा छ विधेयक प्रस्तुत पक्राउ पर्दा दुर्गा प्रसाईंले भने– ‘सिंहदरबार खरानी बनाउनेलाई लखेट्छु जनता डराएर शासन गर्छु भन्ने दुनियाँमा कोही पनि शासक सफल भएका छैनन् : सांसद ढुंगाना अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्य बढ्यो भोटेकोसी बाढीबारे संसदीय विशेष समितिको सभापति निर्वाचन असोज १४ गते हिमलुङ हिमपहिरोमा थप दुई शव भेटिए, मृतकको संख्या चार पुग्यो मलेखु–मुग्लिङ सडकखण्ड सञ्चालनमा दशैँ–तिहारअघि पृथ्वी राजमार्ग सञ्चालनयोग्य बनाउन सांसद आशिका तामाङको माग सरकारको पक्राउ शैलीप्रति प्रचण्डको आपत्ति, ‘मूल्य धेरै ठूलो चुकाउनुपर्छ’ दुर्गा प्रसाईं फेरि पक्राउ बाढीपहिरोको क्षतिप्रति सरकारको ध्यानाकर्षण, सांसद अर्यालले मागिन् तत्काल उद्धार र पुनर्स्थापना मनाङमा जनताको अवस्था भयावह छ : सांसद गुरुङ थुनिएको मर्स्याङ्दीको बहाव खुल्दै