2026-09-28 06:37 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

साउदी अरबको शक्ति बढाउनका लागि युवराजले गरे महत्वपूर्ण घोषणा

असार १७, काठमाडौँ | युवराज मोहम्मद बिन सलमानले विश्वव्यापी र स्थानीय स्तरमा साउदी अरबको प्रभाव विस्तार गर्ने उद्देश्यले अनुसन्धान(विकास र नवीनताको क्षेत्रका लागि नयाँ प्राथमिकताहरू घोषणा गरेका छन् ।

साउदीको आधिकारिक समाचार एजेन्सी एसपीएले यसबारे जानकारी दिएको हो ।

दुई दशकका लागि तय गरिएका यी प्राथमिकताको भिजन २०३० अनुरुप बनाइएका छन्, जसमा देशलाई स्वास्थ्य, वातावरणीय दिगोपना, ऊर्जा र उद्योगमा अग्रस्थानमा लैजाने र भविष्यका उदीयमान अर्थतन्त्रहरूमा लगानी गर्ने समावेश छ ।

यी लक्ष्यहरू हासिल गर्न, अनुसन्धान, विकास र नवप्रवर्तन क्षेत्रहरूको पुनर्गठन गरिएको छ र युवराजको अगुवाईमा एक उच्च समिति पनि बनाइएको छ । यो समितिले लक्ष्यलाई निगरानी र बजेट विनियोजनको अनुगमनका साथै यससँग सम्बन्धित कानुन र मापदण्ड पनि तय गर्नेछ ।

यसबाट विज्ञान, प्रविधि र नवप्रवर्तनको क्षेत्रमा हजारौं रोजगारीको अवसरको अपेक्षा गरिएको छ ।

साउदी अरबले आफ्नो ठूलो ऊर्जा भण्डार प्रयोग गरेर विश्वव्यापी प्रवेश जारी राख्न चाहन्छ । यसका लागि यो देश सौर्य, वायुलगायतका वैकल्पिक ऊर्जाका नयाँ प्रविधिमा पनि काम गर्न इच्छुक छ ।

डिजिटल स्वास्थ्य सेवा प्रवर्द्धन गर्न र विश्वभरी नविन औषधि प्रविधि प्रदान गर्नुका साथै साउदी अरबले पानीको अभाव र खाद्य सुरक्षा सुधार गर्ने प्रमुख चुनौतीहरूको सामना गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
दुर्गा प्रसाईंलाई तीन दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतको अनुमति बाढी–पहिरोले एक हजार मेगावाट विद्युत उत्पादन प्रभावित : ऊर्जामन्त्री राष्ट्रपतिसमक्ष राष्ट्रिय समावेशी आयोगको वार्षिक प्रतिवेदन पेस गृहमन्त्रीको सचिवालयसँग सम्पर्क रहेको भन्दै अडिओ संवाद गर्ने व्यक्ति पक्राउ कालीगण्डकीको बाढी हेर्ने क्रममा भीरबाट खसेर बागलुङमा एक जनाको मृत्यु चाडबाडमा पेट्रोलियम पदार्थको मूल्य नबढाउन यातायात व्यवसायीको माग के खाएपछि कन्फिडेन्स आउँछ? विपक्षीलाई खगेन्द्र सुनारको व्यंग्य प्रतिनिधिसभामा छ विधेयक प्रस्तुत पक्राउ पर्दा दुर्गा प्रसाईंले भने– ‘सिंहदरबार खरानी बनाउनेलाई लखेट्छु जनता डराएर शासन गर्छु भन्ने दुनियाँमा कोही पनि शासक सफल भएका छैनन् : सांसद ढुंगाना अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्य बढ्यो भोटेकोसी बाढीबारे संसदीय विशेष समितिको सभापति निर्वाचन असोज १४ गते हिमलुङ हिमपहिरोमा थप दुई शव भेटिए, मृतकको संख्या चार पुग्यो मलेखु–मुग्लिङ सडकखण्ड सञ्चालनमा दशैँ–तिहारअघि पृथ्वी राजमार्ग सञ्चालनयोग्य बनाउन सांसद आशिका तामाङको माग सरकारको पक्राउ शैलीप्रति प्रचण्डको आपत्ति, ‘मूल्य धेरै ठूलो चुकाउनुपर्छ’ दुर्गा प्रसाईं फेरि पक्राउ बाढीपहिरोको क्षतिप्रति सरकारको ध्यानाकर्षण, सांसद अर्यालले मागिन् तत्काल उद्धार र पुनर्स्थापना मनाङमा जनताको अवस्था भयावह छ : सांसद गुरुङ थुनिएको मर्स्याङ्दीको बहाव खुल्दै