2026-09-28 05:43 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

कन्जरभेटिभ पार्टी नेतृत्वका लागि आधा दर्जनभन्दा बढी नेता आकांक्षी

असार २६, लन्डन | बेलायतमा सत्तारुढ कन्जरभेटिभ पार्टी नेतृत्वका लागि आधा दर्जनभन्दा बढी नेता आकांक्षी बनेका छन् । जोनसनलाई विस्थापित गर्ने दौडमा दुई जना पूर्वस्वास्थ्यमन्त्री –साजिद जाविद र जेरेमी हन्ट पनि कन्जरभेटिभ पार्टी नेतृत्व सम्हाल्ने र प्रधानमन्त्री बन्ने दौडमा आकांक्षा देखाएका छन् । 

पार्टी नेतृत्वका लागि आकांक्षा राख्ने उनीहरू पछिल्ला दुई नेता हुन । दुबैले आफ्ना योजनाहरू घोषणा गरेका छन् । आफू एकमात्र प्रमुख उम्मेद्वार भएको हन्टले जोड दिएका छन् । उनले जोनसन मन्त्रिपरिषद्मा काम भने गरेका छैनन् । यसअघि ६ जनाले आफ्नो आकांक्षा देखाएका थिए । 

प्रधानमन्त्रीका सबै दाबेदारको मुख्य मुद्दा कर बनेको छ । जाभिद र हन्टले कर कटौतीका लागि आह्वान गरेका छन् । जाविदले राष्ट्रिय बीमामा वृद्धि रद्द गर्ने वाचा गर्दै आएका छन् । 

प्रधानमन्त्रीको दौडमा कुलपति नदिम जाहावी र यातायातमन्त्री ग्रान्ट साप्स छन् । दुबैले कर कटौती गर्ने वाचा गरेका छन् । यतिबेला कर बृद्धि गरेको आरोपमा पूर्वमन्त्री ऋषि सुनाकको आलोचना भइरहेको छ । त्यस्तै, न्यून कर राज्यको आह्वान गर्ने महान्यायाधिवक्ता सुएला ब्रेभरम्यानले पनि अभियान सुरु गरेका छन् ।

विदेशमन्त्री  लिज ट्रस पनि प्रधानमन्त्रीको दौडमा रहेको उनका सहयोगीले बताएका छन् । सुनकले ल्याएको स्वास्थ्य कर उल्टाउने वाचा गरेकी छिन् ।

त्यस्तै, पूर्व समानतामन्त्री केमी बडेच र विदेश मामिला समितिका अध्यक्ष टम टुगेनधाट पनि जोनसनलाई विस्थापित गर्ने दौडमा छन् । पार्टीको नेतामा विजयी भएका व्यक्ति प्रधानमन्त्री हुनेछन् । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
राष्ट्रपतिसमक्ष राष्ट्रिय समावेशी आयोगको वार्षिक प्रतिवेदन पेस गृहमन्त्रीको सचिवालयसँग सम्पर्क रहेको भन्दै अडिओ संवाद गर्ने व्यक्ति पक्राउ कालीगण्डकीको बाढी हेर्ने क्रममा भीरबाट खसेर बागलुङमा एक जनाको मृत्यु चाडबाडमा पेट्रोलियम पदार्थको मूल्य नबढाउन यातायात व्यवसायीको माग के खाएपछि कन्फिडेन्स आउँछ? विपक्षीलाई खगेन्द्र सुनारको व्यंग्य प्रतिनिधिसभामा छ विधेयक प्रस्तुत पक्राउ पर्दा दुर्गा प्रसाईंले भने– ‘सिंहदरबार खरानी बनाउनेलाई लखेट्छु जनता डराएर शासन गर्छु भन्ने दुनियाँमा कोही पनि शासक सफल भएका छैनन् : सांसद ढुंगाना अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्य बढ्यो भोटेकोसी बाढीबारे संसदीय विशेष समितिको सभापति निर्वाचन असोज १४ गते हिमलुङ हिमपहिरोमा थप दुई शव भेटिए, मृतकको संख्या चार पुग्यो मलेखु–मुग्लिङ सडकखण्ड सञ्चालनमा दशैँ–तिहारअघि पृथ्वी राजमार्ग सञ्चालनयोग्य बनाउन सांसद आशिका तामाङको माग सरकारको पक्राउ शैलीप्रति प्रचण्डको आपत्ति, ‘मूल्य धेरै ठूलो चुकाउनुपर्छ’ दुर्गा प्रसाईं फेरि पक्राउ बाढीपहिरोको क्षतिप्रति सरकारको ध्यानाकर्षण, सांसद अर्यालले मागिन् तत्काल उद्धार र पुनर्स्थापना मनाङमा जनताको अवस्था भयावह छ : सांसद गुरुङ थुनिएको मर्स्याङ्दीको बहाव खुल्दै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सुनसहित एक भारतीय नागरिक पक्राउ एकैदिन तोलामा पाँच हजार रूपैयाँ घट्यो सुनको मूल्य, कतिमा हुँदैछ किनबेच?