2026-09-28 04:45 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

श्रीलंकामा सरकारी भवन खाली गर्ने विषयमा सरकार र प्रदर्शनकारीका प्रतिनिधिबीच वार्ता

असार ३०, कोलम्बो | श्रीलंकामा सरकार विरोधी प्रदर्शनकारीहरूले कब्जा जमाएर बसेका सरकारी भवनबाट हट्ने विषयमा प्रदर्शनकारी र सरकारका प्रतिनिधिबीच वार्ता भएको छ । प्रदर्शनकारीले आर्थिक संकटबीच राष्ट्रपति र प्रधानमन्त्री दुबैले राजीनामा दिनुपर्ने बताएका छन् । 

यसै साता राष्ट्रपति गोटाबाय राजापाक्षेको राजीनामा माग गर्दै प्रदर्शकारी उनको निवासमा प्रवेश गरेका थिए । प्रदर्शनकारी निवासमा छिर्नुअघि त्यहाँबाट अज्ञात स्थलतर्फ भागेका राजापाक्षे बुधबार माल्दिभ्सको राजधानी माले पुगेका थिए । त्यसयता प्रदर्शनकारीले राष्ट्रपति र प्रधानमन्त्रीको कार्यलय ओगटेका छन् । बुधबार प्रदशर्नकारी प्रधानमन्त्री निवास पनि प्रवेश गरेका थिए । 

कार्यवाहक राष्ट्रपतिसमेत रहेका प्रधानमन्त्री रनिल विक्रमासिंघले प्रदर्शकारीले ओगटेका सरकारी भवनहरू खाली गर्न माग गरेका छन् । शान्ति सुव्यवस्था कायम गर्न आवश्यक कदम चाल्न उनले सुरक्षा बलहरूलाई निर्देशनसमेत दिएका छन् । 

यसैबीच, एक शीर्ष बौद्ध भिक्षुले २०० वर्षभन्दा  पुरानो राष्ट्रपति दरबार सरकारी अधिकारीहरूलाई फिर्ता गर्न र यस बहुमूल्य कला र कलाकृतिहरू सुरक्षित गर्न सार्वजनिक आह्वान गरेका छन् । 

राजापाक्षे र उनका सुरक्षा गार्डले छाडेपछि  हजारौँ मानिस दरबार परिसरमा पुगेका छन् ।गोटा गो होम अभियानमा संलग्न एक कार्यकर्ताले समाचार संस्था एएफपीसँग भने, ‘भवनहरू अधिकारीहरूलाई फिर्ता गर्ने कदम चालेको छ ।’

 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
चाडबाडमा पेट्रोलियम पदार्थको मूल्य नबढाउन यातायात व्यवसायीको माग के खाएपछि कन्फिडेन्स आउँछ? विपक्षीलाई खगेन्द्र सुनारको व्यंग्य प्रतिनिधिसभामा छ विधेयक प्रस्तुत पक्राउ पर्दा दुर्गा प्रसाईंले भने– ‘सिंहदरबार खरानी बनाउनेलाई लखेट्छु जनता डराएर शासन गर्छु भन्ने दुनियाँमा कोही पनि शासक सफल भएका छैनन् : सांसद ढुंगाना अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्य बढ्यो भोटेकोसी बाढीबारे संसदीय विशेष समितिको सभापति निर्वाचन असोज १४ गते हिमलुङ हिमपहिरोमा थप दुई शव भेटिए, मृतकको संख्या चार पुग्यो मलेखु–मुग्लिङ सडकखण्ड सञ्चालनमा दशैँ–तिहारअघि पृथ्वी राजमार्ग सञ्चालनयोग्य बनाउन सांसद आशिका तामाङको माग सरकारको पक्राउ शैलीप्रति प्रचण्डको आपत्ति, ‘मूल्य धेरै ठूलो चुकाउनुपर्छ’ दुर्गा प्रसाईं फेरि पक्राउ बाढीपहिरोको क्षतिप्रति सरकारको ध्यानाकर्षण, सांसद अर्यालले मागिन् तत्काल उद्धार र पुनर्स्थापना मनाङमा जनताको अवस्था भयावह छ : सांसद गुरुङ थुनिएको मर्स्याङ्दीको बहाव खुल्दै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सुनसहित एक भारतीय नागरिक पक्राउ एकैदिन तोलामा पाँच हजार रूपैयाँ घट्यो सुनको मूल्य, कतिमा हुँदैछ किनबेच? चार दिनको अविरल वर्षाले सडक सञ्जाल प्रभावित, दर्जनौँ सडकमा यातायात ठप्प कांग्रेस महाधिवेशनले पार्टीको भविष्यको दिशा तय गर्नेछ : शशांक कोइराला निरन्तर वर्षाले रामघाटमा सेती नदी थुनियो, नदीतटीय बासिन्दालाई सतर्क रहन आग्रह