2026-09-28 03:53 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

अमेरिकी खेलाडी ब्रिट्नी ग्रिनरलाई रूसमा ९ वर्षको जेल सजाय

साउन २०, काठमाडौँ | अमेरिकी महिला बास्केटबल खेलाडी ब्रिट्नी ग्रिनरलाई रूसको एउटा अदालतले ९ वर्षको जेल सजाय सुनाएको छ ।

रूसी अदालतले लागू औषध प्रशोधन र ओसारपसारको आरोपमा उनलाई सजाय सुनाएको हो।

दुई पटककी ओलम्पिक स्वर्ण विजेता बास्केटबल खेलाडी ग्रिनरले भने आफूले केही कोस्टर आयल बोकेको भए पनि त्यो लागुऔषध तस्करी र कारोबार प्रयोजनको लागि नभएको बताएकी छन्।

आफूबाट अन्जानमै ‘इमानदार गल्ती’ भएको भन्दै ग्रिनरले क्षमायाचना गरे पनि अदालतले उनको याचना नसुनी सजाय सुनाएको हो।

यसैबीच, अमेरिकी राष्ट्रपति जो बाइडेनले रूसले अमेरिकासँग राजनीतिक शत्रुता साँध्ने काम गरेको भन्दै ग्रिनरमाथिको कारबाही कुनै हालतमा स्वीकार्न नसकिने बताएका छन्। 

‘रसियाले गलत तरिकाले ब्रिटनीलाई हिरासतमा राखेको छ। यो अस्वीकार्य छ। उनलाई तुरुन्तै रिहा गर्न म रूसलाई आग्रह गर्दछु ताकि उनले आफ्नो परिवारसँग भेट्न पाउन्’, राष्ट्रपति वाइडेनले एक विज्ञप्ति जारी गर्दै भनेका छन्।

यस्तै रूसस्थित अमेरिकी दूतावासका चार्ज डी अफेयर्स एलिजाबेथ रूडले उक्त सजायलाई ‘न्यायको अपहेलना’ भएको प्रतिक्रिया दिएका छन्।

युक्रेनमा रूसको जारी राखेको आक्रमण र अमेरिका तथा युरोपसँग देशको चर्काचर्कीको पृष्ठभूमिमा यो कठोर सजाय सुनाइएको अमेरिकाले आरोप लगाएको छ।

अमेरिकी विदेश विभागले ग्रिनरलाई गलत तरिकाले हिरासतमा राखेको भन्दै अमेरिकी अधिकारीहरूले उनलाई सुरक्षित रूपमा घर ल्याउने प्रयासमा रूससँग वार्ता भइरहेको बताएको छ।

३१ वर्षीया किशोरी ६ महिनाअघि १ ग्रामभन्दा कम तेल कोष्टर आयल बोकेको आरोपमा मस्को एयरपोर्टबाट पक्राउ परेकी थिइन्।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
के खाएपछि कन्फिडेन्स आउँछ? विपक्षीलाई खगेन्द्र सुनारको व्यंग्य प्रतिनिधिसभामा छ विधेयक प्रस्तुत पक्राउ पर्दा दुर्गा प्रसाईंले भने– ‘सिंहदरबार खरानी बनाउनेलाई लखेट्छु जनता डराएर शासन गर्छु भन्ने दुनियाँमा कोही पनि शासक सफल भएका छैनन् : सांसद ढुंगाना अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्य बढ्यो भोटेकोसी बाढीबारे संसदीय विशेष समितिको सभापति निर्वाचन असोज १४ गते हिमलुङ हिमपहिरोमा थप दुई शव भेटिए, मृतकको संख्या चार पुग्यो मलेखु–मुग्लिङ सडकखण्ड सञ्चालनमा दशैँ–तिहारअघि पृथ्वी राजमार्ग सञ्चालनयोग्य बनाउन सांसद आशिका तामाङको माग सरकारको पक्राउ शैलीप्रति प्रचण्डको आपत्ति, ‘मूल्य धेरै ठूलो चुकाउनुपर्छ’ दुर्गा प्रसाईं फेरि पक्राउ बाढीपहिरोको क्षतिप्रति सरकारको ध्यानाकर्षण, सांसद अर्यालले मागिन् तत्काल उद्धार र पुनर्स्थापना मनाङमा जनताको अवस्था भयावह छ : सांसद गुरुङ थुनिएको मर्स्याङ्दीको बहाव खुल्दै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सुनसहित एक भारतीय नागरिक पक्राउ एकैदिन तोलामा पाँच हजार रूपैयाँ घट्यो सुनको मूल्य, कतिमा हुँदैछ किनबेच? चार दिनको अविरल वर्षाले सडक सञ्जाल प्रभावित, दर्जनौँ सडकमा यातायात ठप्प कांग्रेस महाधिवेशनले पार्टीको भविष्यको दिशा तय गर्नेछ : शशांक कोइराला निरन्तर वर्षाले रामघाटमा सेती नदी थुनियो, नदीतटीय बासिन्दालाई सतर्क रहन आग्रह विदेशमा रहेका नेपालीको मतदानबारे निर्वाचन आयोगले अघि बढायो छलफल