2026-09-28 03:53 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

भेटियो यस्तो अचम्मको जीव, वैज्ञानिकसमेत चकित

साउन २०, काठमाडौँ | एजेन्सी | प्रशान्त महासागरमा वैज्ञानिकले एउटा यस्तो विचित्र जीव भेटेका छन् जुन आजसम्म देखिएको थिएन । यो दुर्लभ जीवको शरीर करिब ९ फिटको छ । जसको एकातिरको पुच्छर लामो छ अर्कोतर्फ धेरै सुँड अर्थात् टेन्टेकल्सको झुण्ड छ । यो कुनै समुद्री जीवको नयाँ प्रजाति त होइन भनेर वैज्ञानिक अचम्मित छन् ।

यो चकित तुल्याउने जीवलाई …..E/V Nautilus नामको रिमोटबाट चल्ने समुद्री यानले भेटेको थियो । उनीहरुले उक्त जीवको भिडियो पनि बनायो । यो समुद्री यानलाई गहिरो समुद्रमा अनुसन्धान गर्ने गैर–सरकारी संस्था ओशन एक्सप्लोरेशन ट्रस्टले चलाउँछ । समुद्री यानको स्क्रिनमा यो जीव देखिने बित्तिकै वैज्ञानिक हैरान भए । उनीहरुले यानलाई यो जीवको निकै नजिक लगे । त्यसपछि क्यामरालाई जुम गरेर यसको अङ्गको फोटो पनि खिचे । भिडियो पनि बनाए ।

यो जीवको लम्बाई करिब ९ फिट छ । जबकी यसको सुँड करिब १६ इन्च लामो थियो । सुँड यसरी निस्किएको थियो कि जस्तै कि ती कुनै नरम गोलाकार हिस्साको माथिबाट काटिएको होस् । उनीहरु यही सुँडबाट तैरिन्थे । खाइरहेका थिए । चारैतिर यसलाई हल्लाएर शिकार खोजिरहेका थिए । यो जीवलाई यसै महिना (जुलाई) को ७ तारिखमा भेटिएको थियो । जहाँ यो जीव भेटिएको छ, त्यो स्थान हवाई द्वीपको पश्चिमस्थित जोन्सट्न एटल नजिकै छ ।

वैज्ञानिकलाई सुरुमा लाग्यो कि यो सोलमबेलुला मोनोसिफेलस हो । यसलाई सोलमबेलुला समुद्री पेन पनि भनिन्छ । यसै फाइलममा जेलिफिस, हाइड्रा र कोरल पनि पर्छन् । यसअघि समुद्री पेनलाई अटलान्टिक र हिन्द महासागरमा देखिएको छ । यो परियोजनाका प्रमुख खोजकर्ता स्टिभ अस्काभिचले यो खोज अचम्मको बताएका छन् ।

स्टिव असकाविचले भने, ‘हामीलाई सुरुमा लाग्यो कि यो समुद्री पेन हो । तर हामी पूर्ण रुपमा निश्चित भने छैनौँ । हामीले एउटा जीव देखेका थियौँ तर त्यसलाई क्याप्चर भने गर्न पाएनौँ । यो जीव हाम्रो समुद्री यानभन्दा पनि ठूलो थियो । हाल त हामी यसलाई समुद्री पेन नै मानिरहेका छौँ । यसको आकारले लाग्छ कि यो निकै प्राचीन जीव हो, जो यति गहिराईमा बस्छन् । यद्यपि, यसको सही उमेरबारे अन्दाज लगाउन मुश्किल छ । साधारणतया समुद्री पेन ६ देखि ६ वर्षको उमेरसम्म वयस्क हुने गर्छ । बढीमा यो एक दशकसम्म जिउँदो रहन सक्छ, यदि यसको शिकार भएन भने ।’

स्टिवले बताए अनुसार सोलमबेलुला मोनोसिफेलसलाई यसअघि प्रशान्त महासागरको मध्य इलाकामा देखिएको थिएन । केही महिना अघि मात्रै स्पोनका वैज्ञानिकले समुद्री पेनका दुई प्रजातिको खोजी गरेका थिए । स्यूडमबेलुला र सोलमबेलुला । यो नयाँ जीव सोलमबेलुला मोनोसिफेलस प्रजातिको हो कि या यो अरु कुनै जीव हो भन्नेबारे निश्चित गर्न बाँकी नै छ । यसका लागि अनुसन्धान गरिँदै छ । यो कुनै नयाँ प्रजाति पनि हुन सक्ला ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
के खाएपछि कन्फिडेन्स आउँछ? विपक्षीलाई खगेन्द्र सुनारको व्यंग्य प्रतिनिधिसभामा छ विधेयक प्रस्तुत पक्राउ पर्दा दुर्गा प्रसाईंले भने– ‘सिंहदरबार खरानी बनाउनेलाई लखेट्छु जनता डराएर शासन गर्छु भन्ने दुनियाँमा कोही पनि शासक सफल भएका छैनन् : सांसद ढुंगाना अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्य बढ्यो भोटेकोसी बाढीबारे संसदीय विशेष समितिको सभापति निर्वाचन असोज १४ गते हिमलुङ हिमपहिरोमा थप दुई शव भेटिए, मृतकको संख्या चार पुग्यो मलेखु–मुग्लिङ सडकखण्ड सञ्चालनमा दशैँ–तिहारअघि पृथ्वी राजमार्ग सञ्चालनयोग्य बनाउन सांसद आशिका तामाङको माग सरकारको पक्राउ शैलीप्रति प्रचण्डको आपत्ति, ‘मूल्य धेरै ठूलो चुकाउनुपर्छ’ दुर्गा प्रसाईं फेरि पक्राउ बाढीपहिरोको क्षतिप्रति सरकारको ध्यानाकर्षण, सांसद अर्यालले मागिन् तत्काल उद्धार र पुनर्स्थापना मनाङमा जनताको अवस्था भयावह छ : सांसद गुरुङ थुनिएको मर्स्याङ्दीको बहाव खुल्दै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सुनसहित एक भारतीय नागरिक पक्राउ एकैदिन तोलामा पाँच हजार रूपैयाँ घट्यो सुनको मूल्य, कतिमा हुँदैछ किनबेच? चार दिनको अविरल वर्षाले सडक सञ्जाल प्रभावित, दर्जनौँ सडकमा यातायात ठप्प कांग्रेस महाधिवेशनले पार्टीको भविष्यको दिशा तय गर्नेछ : शशांक कोइराला निरन्तर वर्षाले रामघाटमा सेती नदी थुनियो, नदीतटीय बासिन्दालाई सतर्क रहन आग्रह विदेशमा रहेका नेपालीको मतदानबारे निर्वाचन आयोगले अघि बढायो छलफल