५ माघ २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

शक्तिशाली राष्ट्र अष्ट्रेलिया-जापान-अमेरिकाले किन दिए चीनलाई धम्की ?

२१ श्रावण २०७९, शनिबार ०५:५७

एजेन्सी | केही दिनयता चीन र ताइवानबीच तनाव जारी छ । चीनले ताइवानलाई चारैतिरबाट घेरेको छ । यसको लक्ष्यमा ६ महत्त्वपूर्ण पोर्टहरू छन्। चीनले लाइभ फायर ड्रिलको नाममा ताइवानलाई निरन्तर धम्की दिइरहेको छ।

यसैबीच विश्वका तीन शक्तिशाली राष्ट्रले एकताबद्ध भएर चीनलाई चेतावनी दिएका छन् । अष्ट्रेलिया-जापान-अमेरिका रणनीतिक वार्ताका क्रममा चीनले कडा स्वरमा चीनले आफ्नो सैन्य अभ्यास तुरुन्त बन्द गर्नुपर्ने बताइएको थियो।


यस महत्वपूर्ण भेटघाटमा उनीहरूले ताइवानमा शान्ति र स्थायित्व कायम राख्ने आफ्नो प्रतिबद्धता व्यक्त गरे। तीन देशले जनवादी गणतन्त्र चीन (पीआरसी) को हालैका कार्यहरूप्रति चिन्ता व्यक्त गरे। यस्तो कार्यले अन्तर्राष्ट्रिय शान्ति र स्थायित्वमा गम्भीर असर पार्ने पनि बताए ।

साथै चीनको प्रत्यक्ष फायर ड्रिलको निन्दा गरेका छन्। चीनको यो कारबाहीका कारण तनाव बढेको तीन देशको तर्फबाट भनिएको थियो । चीनले प्रहार गरेको ब्यालेस्टिक मिसाइल जापानको भूभागमा खसेको जापानले जनाएको छ ।

अमेरिका–अष्ट्रेलिया र जापानका विदेशमन्त्री र सचिवबीच रणनीतिक वार्ता भएको छ । यसमा तीनै देशले आफ्नो त्रिपक्षीय साझेदारीलाई सुदृढ गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । यससँगै इन्डो–प्यासिफिक क्षेत्रलाई बलियो बनाउन अमेरिकालाई स्वीकृति दिइएको छ ।

रणनीतिक वार्ताका क्रममा राज्यको कानून, मानवअधिकार, सार्वभौमसत्ता र क्षेत्रीय अखण्डता नै विवादको शान्तिपूर्ण समाधान हुने बताइएको थियो । यससँगै तीन देशका सचिव र परराष्ट्रमन्त्रीले आसियानलाई सहयोग गर्ने आफ्नो संकल्प दोहोर्‍याएका छन्।

बैठकमा अमेरिका, अष्ट्रेलिया र जापानले चीनलाई तत्काल सैन्य अभ्यास बन्द गर्न आग्रह गरेका थिए । यससँगै तीन देशले ताइवानमा तनाव कम गर्न आसियानको वक्तव्यको प्रशंसा गरेका छन्।

अमेरिकी सभामुख न्यान्सी पेलोसीको ताइवान भ्रमणलाई लिएर चीन अझै आक्रोशित छ। चीनले आक्रोशमा आफ्नो सम्पूर्ण शक्ति ताइवानको वरिपरि लगाएको छ । ११ वटा ब्यालेस्टिक मिसाइल प्रहार गर्दा ५ वटा जापानको भूभागमा खसे । यति मात्र होइन, जापानको सिमानाबाट करिब १०० माइल टाढा पानीमुनिबाट क्षेप्यास्त्र प्रहार गरिएको छ ।

प्रश्न छ, चीनले जापानलाई ताइवान मामिलामा किन चिढ्याउँदैछ ? वास्तवमा, यो गल्ती होइन तर चीनले जानाजानी गरेको कदम हो। किनकी जुन बेला चीनले यो आक्रमण गरिरहेको थियो, त्यो बेला अमेरिकी संसदकी सभामुख न्यान्सी पेलोसी जापानमा थिइन् । जहाँ उनी ताइवानको कुरा गरिरहेकी थिइन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जर्मनीको मुद्रास्फीति दर स्थिर, डिसेम्बरमा १.८ प्रतिशतमा झर्‍यो रवि लामिछानेको मुद्दा फिर्ता लिने निर्णयविरुद्ध युवा संघको प्रदर्शन पार्टी छाडेकालाई कांग्रेसमा फर्कन आग्रह संविधान संरक्षणमा पूर्वराष्ट्रपति यादवको जोड भावी सरकारमा पनि ‘मिडिया’कर्मीको प्रतिनिधित्व हुनुपर्छः सञ्चारमन्त्री छ महिनामा ३९ अर्ब बढीको वैदेशिक लगानी प्रतिबद्धता सनासो प्रहार गरी श्रीमतीको हत्या मानसिक सन्तुलन गुमाएका युवकद्वारा आमाको हत्या कांग्रेसलाई एकढिक्का बनाएर अगाडि लैजान्छौँः सभापति थापा छतबाट खसेर वृद्धाको मृत्यु ग्रीनल्याण्ड राष्ट्रिय सुरक्षाका लागि महत्वपूर्ण : राष्ट्रपति ट्रम्प सामाजिक विकासका लागि ३३ वटा संस्थाहरूबाट प्रस्ताव पेस काठमाडौँका यी स्थानमा आज बिजुली कटौती हुने कांग्रेस केन्द्रीय समितिको बैठक बस्दै रवि लामिछानेको मुद्दा फिर्ता गर्नेे निर्णयमा बारको आपत्ति भूकम्पलगायत विपद्बाट हुनसक्ने क्षति न्यूनीकरण गर्न एकढिक्का भएर लाग्न गृहमन्त्रीको आह्वान केन्द्रीय कार्यसमितिको अधिकार मिचेर गरिएको भेलालाई आयोगले वैधता दिनेछैन– कार्यवाहक सभापति खड्का बैंक लुटपाटमा संलग्न सात जना पक्राउ चीन–क्यानाडा सम्बन्ध सुधारको सङ्केत मन्त्री चौलागाईंसँग जापानी राजदूतको भेटवार्ता