"हामीमध्ये एकजना सिकिस्त बिरामी भए। तर डुङ्गामा कुनै औषधि थिएन। हामीमध्ये केहीले मदिरा बोकेका थियौँ। त्यसैले मृत्युको डरबाट मुक्त हुन मैल"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

"हामीमध्ये एकजना सिकिस्त बिरामी भए। तर डुङ्गामा कुनै औषधि थिएन। हामीमध्ये केहीले मदिरा बोकेका थियौँ। त्यसैले मृत्युको डरबाट मुक्त हुन मैल"/>

2026-10-25 09:20 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

मानव तस्करी: नयाँ जीवनको आशामा डुङ्गा चढेर अस्ट्रेलिया जाँदा ‘कालको मुख’मा यसरी पुग्छन् मानिसहरू

साउन २३, काठमाडौँ | “हाम्रोभन्दा अगाडिको डुङ्गामा ज्वरो आएर र बिरामी परेर पाँच जनाको मृत्यु भएको र उनीहरूको शव समुद्रमा फालिएको सुनिएको थियो।”

“हामीमध्ये एकजना सिकिस्त बिरामी भए। तर डुङ्गामा कुनै औषधि थिएन। हामीमध्ये केहीले मदिरा बोकेका थियौँ। त्यसैले मृत्युको डरबाट मुक्त हुन मैले मदिरा पिएँ,” अवैध रूपमा डुङ्गा चढेर अस्ट्रेलिया पुर्‍याइएका श्रीलङ्काका शिव सुनाउँछन्।

घटना सन् २०१२ को हो। त्यतिबेला श्रीलङ्काको सेनाले सन् २००९ को मे महिनामा विद्रोही तमिल टाइगर्सलाई पराजित गरेको तीन वर्षपछि तीन दशक लामो गृहयुद्ध अन्त्य भएको थियो।

“हामीले ३० वर्षसम्म दुःख भोग्यौँ। हामी गरिबीको चपेटामा पर्‍यौँ। म रक्सीको लतमा परेँ,” शिवले  भने।

“त्यतिबेलै मेरा एकजना साथीले डुङ्गामार्फत् अस्ट्रेलिया जाने प्रस्ताव अघि ल्याए।” उत्तरी श्रीलङ्काका शिव दुई सन्तानका पिता हुन्।

युद्धले दिएको चोट

शिवजस्तै उत्तरी र पूर्वी श्रीलङ्काका अधिकांश तमिलहरूले रक्तपातपूर्ण द्वन्द्वका कारण शारीरिक चोट मात्र हैन, मनोवैज्ञानिक चोट पनि भोग्नुपर्‍यो। उनीहरूले त्यो तनावबाट निस्किने बाटो खोजेका थिए।

“त्यस समय धेरै मानिसहरू अवैध रूपमा डुङ्गाबाट अस्ट्रेलिया पुगेका थिए। त्यसरी पठाउने काम एकजना दलालले गरेका थिए। तिनलाई मैले मेरो साथीमार्फत् चिनेको थिएँ। पूरा यात्राको निम्ति १० लाख रुपैयाँ (त्यतिबेला ८,००० डलरजति) मागे। यात्रा सुरु हुनुअघि आधा रकम तिर्नुपर्ने बताइएको थियो।”

आफ्नी श्रीमतीको सुनका गरगहना धितो राखेर चर्को ब्याजमा ऋण लिएपछि आफू ऋणको पासोमा फसेको शिवले बताए।

तस्करीको केन्द्र

पश्चिमी श्रीलङ्काको तटीय सहर नेगोम्बो मानिसको तस्करी गर्ने केन्द्र ठानिन्छ।

नेगोम्बोका स्थानीय डुङ्गा मालिक जुडले बीबीसीलाई बताएअनुसार उनले विगत तीन दशकमा सयौँ मानिसलाई अवैध रूपमा अस्ट्रेलिया र इटालीसम्म पुर्‍याएका छन्।

हिन्द महासागर पार गरेपछि सोझै अस्ट्रेलिया पुग्ने मार्ग छ। इटली चाहिँ ऐतिहासिक रूपमा रोजगारीका अवसरहरूका कारण चिनिन्छ। अधिकांश नेगोम्बोवासीहरू क्याथोलिक भएकाले त्यस ठाउँलाई ‘लिटल रोम’ पनि भनिन्छ।

“नब्बेको दशकको अन्त्यतिर मैले दुईवटा इन्जिन भएको डुङ्गामार्फत् एकैपटक १३० जनालाई इटलीसम्म पुर्‍याएको थिएँ,” जुडले गौरवान्वित भावमा बीबीसीसँग भने।

उनका अनुसार तस्करहरूले अस्ट्रेलियाजस्ता देशमा आप्रवासन नीति परिवर्तन भएको अफवाह फैलाएर मानिसहरूलाई अवैध रूपमा जान प्रेरित गर्थे।

“ती देशले शरणार्थी र आप्रवासीहरूसम्बन्धी प्रतिबन्ध खुकुलो पारेको सुन्नासाथ हामी त्यहाँ अवसर देख्छौँ,” उनले भने।

“तत्काल डुङ्गामा खाना र पानी भण्डार गरिन्छ र त्यसमा पर्याप्त इन्धन भरिन्छ।”

संयुक्त राष्ट्रसङ्घको सन् २०२० को मानव बेचबिखनबारे विश्वव्यापी तथ्याङ्क अनुसार सन् २०१८ मा तस्करी हुनेमा ४६ प्रतिशत वयस्क महिला, १९ प्रतिशत किशोरी, २० प्रतिशत वयस्क पुरुष र १५ प्रतिशत किशोर थिए।

तर जुड आफू अगाडि सरेर यात्रु खोज्दैनन्। न त उनी आफूले तस्करी गर्ने मानिसहरूसँग नै यात्रा गर्छन्।

“दलालहरूले मानिसहरू खोजेर ल्याउँछन्। हामीले यात्रा शुल्क झन्डै पाँच लाख रुपैयाँ (अहिलेको दरमा झन्डै १,४०० डलर) तोक्छौँ। पाँच लाख यात्रु खोज्ने दलालहरूले राख्छन्,” जुडले भने।

“यी दलालहरूले देशभरि १० देखि १५ जनाको सानो समूह बनाएका हुन्छन्। उनीहरू प्रत्येकले ५० जनासम्म जुटाउँछन्,” उनले थप जानकारी दिए।

जुडका अनुसार यस प्रक्रियामा दलालहरूले वास्तविक फाइदा गर्छन्।

“हामी जहाज चलाउने एकजना कप्तान र चालक दलका लागि चारदेखि पाँच जना सहयोगी पनि खोज्छौँ। कप्तानको नाममा डुङ्गा दर्ता गर्छौँ किनकि त्यहाँ फर्किने वा निगरानी हुने सम्भावना छैन। ती सबै किनारसम्मै पुग्छन्।”

यो यात्रु मात्र नभई चालकदलका लागि पनि एकतर्फी यात्रा हो। उनीहरू सबैले त्यहाँ शरण खोज्ने उद्देश्य राख्छन्।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
साउदी अरबको सुरक्षाका लागि बेलायतले खटाउने भयो टाइफून लडाकु विमान, यस्ता छन् विशेषता रास्वपा सभापति रवि लामिछाने पत्नीसहित भारत प्रस्थान, तीनदिने धार्मिक भ्रमण गर्ने लुम्बिनी विकास कोषमा आनी छोइङ डोल्माको नियुक्ति बदर गर्न माग गर्दै आन्दोलन जारी युरोपका ६ देशमा प्रदर्शन चर्कियो, फ्रान्समा १८ सय पक्राउ, इटालीमा विद्यालय कब्जा दसैँमा काठमाडौँ उपत्यकाभित्र सशस्त्र प्रहरीको निःशुल्क बस सेवा कांग्रेसका ३५ वर्ष मुनिका ७ युवा केन्द्रीय सदस्यमा निर्वाचित मलेसिया जाने श्रमिकसँग अतिरिक्त शुल्क असुलेको आरोपमा चार जना पक्राउ बाढीले बगाएको आरुघाट पुलको मर्मत सुरु, दसैँअघि सञ्चालन गर्ने लक्ष्य कर्णालीमा नुहाउने क्रममा १२ वर्षीया बालिका बेपत्ता रोजगारीको मूल्य काम गरेको समयले होइन, आम्दानीले निर्धारण गर्छ : ओली खगेन्द्र सुनारको अडिओ प्रकरणमा रास्वपाले गठन गर्‍यो छानबिन समिति संसद् आरोप–प्रत्यारोपमा केन्द्रित हुँदा जनसरोकारका मुद्दा कमजोर बने : खुश्बु ओली भदौमा मात्रै भित्रियो २ खर्ब २१ अर्ब रुपैयाँ रेमिट्यान्स पोखरामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीसहित दुई जनाको मृत्यु देउवा पक्षको महाधिवेशनमा केन्द्रीय नेतादेखि सांसदसम्म स्वतः प्रतिनिधि हुने व्यवस्था काठमाडौँको रानीपोखरीमा पुरुषको शव फेला पढाउने भन्दै भारत लैजाँदै गरिएका २५ बालबालिका सीमाबाटै फर्काइए दसैँ मनाउन काठमाडौँ छाड्नेको संख्या साढे २ लाख नाघ्यो विरोध प्रदर्शनमा सहभागी भएपछि इमरान खानलाई भारत छोड्न आदेश कांग्रेस महाधिवेशन : केन्द्रीय कार्यसमितिको सम्पूर्ण नतिजा आज रातिसम्म आउने