2026-07-25 09:28 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

वैज्ञानिकको निष्कर्ष : संसारभर वर्षातको पानी पिउनयोग्य छैन

भदौ १, काठमाडौँ | वर्षातको पानीमा भिज्न तथा खेल्न धेरैलाई रमाइलो लाग्दछ । पानीको अभावग्रस्त ग्रामीण तथा सहरी क्षेत्रमा वर्षातको पानी भाँडोमा भरेर सिधै पिउने पनि गरिन्छ र अन्य धेरै काममा उपयोग हुन्छ । वर्षात्को पानीलाई संकलन गरेर पछि सुख्खायाममा महिनौंसम्म पिउने गरिन्छ ।

तर वैज्ञानिकहरुले गरेको एक नयाँ अध्ययनले संसारभर कहीँ पनि वर्षातको पानी शुद्ध नरहेको निष्कर्ष निकालेको छ ।

मानवीय क्रियाकलापकै कारण उत्सर्जित विषाक्त रसायनकै कारण वर्षातको पानी पनि अशुद्ध बनेको हो । वर्षातको पानीमा नयाँ नयाँ हानिकारक रसायनहरु घुलेका हुन्छन् । जसलाई फरेभर केमिकल्स भनिन्छ ।

पहिले वर्षातको पानी शुद्ध हुने ठानिन्थ्यो । तर अब यस्तो रहेन । किनकी हामी मानवजातिले वायु, धर्ती, पानी यत्रतत्र प्रदुषण फैलाइरहेका छौं । वर्षातको पानी तथा पानीका अन्य स्रोतमा घुलेका हानिकारक रसायनलाई पर एण्ड पोली फ्लोरोअल्काइल सब्सटेन्स (पीएफएएस) अर्थात् फरेभर केमिकल्स भनिन्छ ।

यी रसायनहरु पर्यावरणमा टुक्रिँदैनन्, टाँसिदैनन् । यी रसायनमा स्ट्रेन अर्थात् दुर्गन्ध फैलाउने क्षमता हुन्छ । यी रसायनको प्रयोग प्याकेजिंग, इलेक्ट्रोनिक्स, कस्मेटिक्स तथा भान्साका भाँडाकुँडा सफा गर्न समेत गरिन्छ ।

यी रसायनको प्रयोगलाई लिएर संसारभर खास निर्देशिका छ । तर पछिल्लो २ दशकयता यस्ता रसायनको विषाक्ततालाई लिएर नयाँ निर्देशिका जारी गरिएको छैन । त्यसमा कुनै प्रकारको नयाँ तथा सकारात्मक परिवर्तन गरिएको छैन ।

युनिभर्सिटी अफ स्टकहोमका वैज्ञानिकहरुले गरेको अधययनले विश्वका अधिकांस क्षेत्रमा हुने वर्षातको पानी सुरक्षित नरहेको देखाएको छ । यहाँसम्म कि अन्टार्कटिकामा पनि वर्षातको पानी शुद्ध बँचेको छैन ।

उक्त विश्वविद्यालयको वातावरण विज्ञान विभागका प्राध्यापक तथा प्रमुख शोधकर्ता इयान कजिन्सका अनुसार पीएफएएस को निर्देशिकामा लगातार गिरावट आइरहेको छ । साथै विश्वभर यी रसायनको प्रयोग तथा विषाक्तता पनि बढ्दै गएको छ ।

इयानका अनुसार यी रसायनमा क्यान्सर पैदा गर्नसक्ने परफ्लोरो अक्टेनोइक एसिड पनि हुन्छ । अमेरिकामा यो रसायनका विषयमा गाइडलाइन्सको जुन स्तर थियो त्यसमा ३.७५ करोड गुणा गिरावट आएको छ । अमेरिकाले अहिले नयाँ निर्देशिका जारी गरेको छ, जसमा वर्षात्को पानी पनि पिउनका लागि असुरक्षित रहेको उल्लेख गरेको छ ।

फरेभर केमिकल्सले के असर गर्दछ ?

यदि शरीरमा यी रसायनहरुको मात्रा बढी भयो भने त्यसले प्रजनन क्षमता कम हुन्छ । साथै क्यान्सरको खतरा बढ्दछ । त्यसका साथै बच्चाको विकास पर्याप्त मात्रामा हुँदैन ।

तथापि कतिपय व्यक्तिहरु भ्ने यी रसायन र स्वास्थ्य सम्बन्धी समस्याको बीचमा कुनै दह्रिलो प्रमाण नभएको दाबी गर्दछन् ।

स्वीटजरल्याण्डको जुरिचस्थित फूड प्याकेजिङ फाउन्डेसनकी म्यानेजिङ डाइरेक्टर डाक्टर जेन मन्केका अनुसार विश्वका करोडौं मानिसहरुको पिउने पानी प्रदूषित गरेर कसैले मुनाफा कमाउने कुरा सम्भव छैन ।

हाल ठूलो परिमाणमा फरेभर केमिकल्सहरुको उत्सर्जन भैरहेको र त्यो खतरनाक रहेको हुँदा हामी स्वास्थ्य सम्बन्धी समस्याप्रति चनाखो हुनु आवश्यक छ । यस्ता रसायनको प्रयोगका सम्बन्धमा कडा कानून बन्नुपर्ने उनको धारणा छ ।

उनका अनुसार पिउने पानीमा यस्ता रसायनको मात्रा तीव्र गतिमा बढिरहेको छ । यो रसायन हावामा पनि घुल्दछ । यस्तोमा वर्षातको पानी समेत यसबाट प्रदूषित बनिरहेको छ ।

वैज्ञानिकहरुका अनुसार पिउने पानीका स्रोत तथा वर्षातको पानीलाई समेत विषाक्त हुनबाट रोक्नका लागि यी हानिकारक रसायनको उपयोग गर्ने सबै उद्योगहरुले त्यसको खपत कम गर्नुपर्दछ । साथै ती रसायनहरुको उत्पादनमा कमी ल्याउनुपर्दछ । एजेन्सीको सहयोगमा

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सीमा नाकामा गृहमन्त्री जाँदा धेरै घेर्नुहुँदो रहेछ, अब स्पेशल टास्क फोर्सले काम गर्छ : गृहमन्त्री गुरुङ आवश्यकताअनुसार उच्चस्तरीय भ्रमणलाई सरकारले निरन्तरता दिन्छ : परराष्ट्र मन्त्रालय दुई दिन बिदा कायम हुन्छ: शिक्षामन्त्री पोखरेल सांसदलाई स्वकीय सचिव राख्ने सरकारी निर्णयविरुद्ध सर्वोच्चमा रिट विमानस्थलबाट साढे ६ लाख नगदसहित उपसचिव पक्राउ खैरो हेरोइनसहित चार जना पक्राउ इरानमाथि लगातार १३औँ रात पनि हमला करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु सुनचाँदीको मूल्य घट्यो शिक्षामन्त्री पोखरेललाई नेपो बेबीको आरोप लगाउनेहरू पक्राउ अर्ग्यानिक कृषि उत्पादनको प्रमाणीकरण गर्ने व्यवस्था देशभित्रै मिलाउन प्रधानमन्त्री शाहको निर्देशन तीन पार्टीले मिलेर खाए होइन, बलिदान दिए : केपी ओली विमानस्थलबाट आठ किलो गाँजासहित दुई जना पक्राउ अबका ४ वर्षमा विश्वविद्यालयमा हुने राजनीतिकरणको पूर्णरूपमा अन्त्य हुन्छ : शिक्षामन्त्री पोखरेल चार लाख भारतीय रुपैयाँ सहित एक जना पक्राउ शैक्षिक परामर्श क्षेत्रका समस्या र नीतिगत सुधारबारे सरोकारवालासँग छलफल गर्दै शिक्षा मन्त्रालय सुनचाँदीको मूल्य बढ्यो श्रीमतीको हत्यापछि श्रीमान्‌ले गरे आत्महत्या कांग्रेस कमजोर बन्दा देश अराजकतातिर जान्छ: शेखर कोइराला मन्त्रिपरिषद् बैठकका ७ निर्णय सार्वजनिक