2026-09-28 02:01 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

उत्तरी अल्जेरियाको जंगलमा विनाशकारी डढेलो, २६ जनाको मृत्यु

भदौ ४, अल्जिअर्स |  एजेन्सी | उत्तरी अल्जेरियाको जंगलमा लागेको डढेलोमा परी कम्तीमा २६ जनाको मृत्यु भएको छ भने दर्जनौं घाइते भएका छन् । डढेलोमा परेर ट्युनिसियाको सिमानामा पर्ने एल टार्फमा २४ जनाको मृत्यु भएको र सेतिफमा आमा र छोरीको मृत्यु भएको गृहमन्त्री कमेल बेल्डजाउडले बताए ।

हेलिकप्टरको सहयोगमा अग्निनियन्त्रकहरूले बुधबार साँझ पनि आगो निभाउने प्रयास गरिरहेका थिए । विभिन्न प्रान्तमा करिब ३५० जना बासिन्दालाई विस्थापित गरिएको प्राप्त विवरणहरूमा जनाइएको छ ।

डढेलोबाट एल टार्फ सबैभन्दा बढी प्रभावित भएको नागरिक सुरक्षा निकायले जनाएका छन् । उक्त स्थानमा १६ वटा ठाउँमा आगलागी भएको जनाइएको छ ।

सेतिफमा ज्यान गुमाएका ५८ वर्षीया आमा र उनकी ३६ वर्षीया छोरीको नाम भने खुलाइएको छैन । तर, त्यहाँका अधिकारीहरूले दर्जनौँ घर र गाउँमा आगो फैलिएको बताएका छन् ।

उत्तरी अल्जेरिया हरेक वर्ष जंगलमा लागेको डढेलोबाट प्रभावित भएको छ । गत १ लाख हेक्टर क्षेत्रमा फैलिएको डढेलोबाट ९० जनाको मृत्यु भएको अनुमान गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
हिमलुङ हिमपहिरोमा थप दुई शव भेटिए, मृतकको संख्या चार पुग्यो मलेखु–मुग्लिङ सडकखण्ड सञ्चालनमा दशैँ–तिहारअघि पृथ्वी राजमार्ग सञ्चालनयोग्य बनाउन सांसद आशिका तामाङको माग सरकारको पक्राउ शैलीप्रति प्रचण्डको आपत्ति, ‘मूल्य धेरै ठूलो चुकाउनुपर्छ’ दुर्गा प्रसाईं फेरि पक्राउ बाढीपहिरोको क्षतिप्रति सरकारको ध्यानाकर्षण, सांसद अर्यालले मागिन् तत्काल उद्धार र पुनर्स्थापना मनाङमा जनताको अवस्था भयावह छ : सांसद गुरुङ थुनिएको मर्स्याङ्दीको बहाव खुल्दै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सुनसहित एक भारतीय नागरिक पक्राउ एकैदिन तोलामा पाँच हजार रूपैयाँ घट्यो सुनको मूल्य, कतिमा हुँदैछ किनबेच? चार दिनको अविरल वर्षाले सडक सञ्जाल प्रभावित, दर्जनौँ सडकमा यातायात ठप्प कांग्रेस महाधिवेशनले पार्टीको भविष्यको दिशा तय गर्नेछ : शशांक कोइराला निरन्तर वर्षाले रामघाटमा सेती नदी थुनियो, नदीतटीय बासिन्दालाई सतर्क रहन आग्रह विदेशमा रहेका नेपालीको मतदानबारे निर्वाचन आयोगले अघि बढायो छलफल रुकुम पश्चिममा खोलाले बगाउँदा ५८ वर्षीया महिलाको मृत्यु स्वदेश फर्किए प्रधानमन्त्री बालेन्द्र शाह कांग्रेस महाधिवेशन : अधिकांश निर्वाचन क्षेत्रमा क्षेत्रीय अधिवेशन जारी बल्खुमा एक युवकमाथि खुकुरी प्रहार गर्ने चार जना पक्राउ साउदीमाथि हुथीको आक्रमण तीव्र कृष्णभीरको पहिरो पन्छाइयो, नागढुंगा–मुग्लिन सडकमा सवारी सञ्चालन