2026-09-28 02:00 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

पाकिस्तानका पूर्व प्रधानमन्त्री इमरान खान पक्राउ पर्नसक्ने

भदौ ५, काठमाडौं | एजेन्सी | पाकिस्तानका पूर्व प्रधानमन्त्री इमरान खान पक्राउ पर्नसक्ने भएका छन् । इस्लामावादमा एक र्‍यालीलाई सम्बोधन गर्ने क्रममा राज्य संस्था र सरकारी अधिकारीहरूलाई धम्की दिएको केही घण्टापछि पाकिस्तानको मिडिया वाचडगले सबै स्याटेलाइट टेलिभिजन च्यानलहरूमा पूर्वप्रधानमन्त्री इमरान खानको लाइभ भाषण प्रसारणमा प्रतिबन्ध लगाएको छ । पाकिस्तान इलेक्ट्रोनिक मिडिया नियामक प्राधिकरण (पेम्रा)ले यस्तो प्रतिबन्ध लगाएको हो । 

अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार अवैध लगानीको जाँच गरिरहेको एफआईएले खानलाई गिरफ्तार गर्न सक्ने संकेत गरेको छ ।एफआईएले खानविरुद्ध बलियो प्रमाण फेला पारेको जनाइएको छ । खानले विदेशका ५ कम्पनीमा लगानी गरेका छन् ।

एफआईएले बोलाए पनि खान जाँचमा सहभागी भएका छैनन् । खानलाई सम्पर्कमा आउन एफआईएले नोटिस जारी गरिसकेको थियो ।

खानले अमेरिका, अस्ट्रेलिया, क्यानडा, ब्रिटेन र बेल्जियमका विभिन्न कम्पनीमा अवैध लगानी गरेको एफआईएले जनाएको छ । तर जाँच एजेन्सीले कम्पनीको नाम भने खुलाएको छैन ।

खानविरुद्ध २ पटक नोटिस जारी भइसकेको छ । अब तेस्रोपल्ट नोटिस जारी गर्दा पनि खान सम्पर्कमा नआए उनलाई पक्राउ गर्न सकिने जनाइएको छ । 

शनिबार एक सार्वजनिक कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा गत हप्ताअघि पक्राउ परेका आफ्ना सहयोगी शाहबाज गिलमाथि गरेको व्यवहारलाई लिएर उच्च प्रहरी अधिकारी, एक महिला मजिस्ट्रेट, पाकिस्तानको निर्वाचन आयोग र राजनीतिक विरोधीविरुद्ध मुद्दा दायर गर्ने धम्की दिएपछि उनको भाषण प्रसारणमा प्रतिबन्ध लगाइएको हो । 

पाकिस्तान तेहरिक–इ–इन्साफले आफ्नो भाषण÷कथनहरूमा राज्य संस्थाहरू र अधिकारीविरुद्ध आफ्नो उत्तेजक बयानमार्फत निराधार आरोप र घृणापूर्ण भाषण फिँजाएर राज्य संस्थाहरूमाथि लगातार आरोप लगाइरहेका पेम्राले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
हिमलुङ हिमपहिरोमा थप दुई शव भेटिए, मृतकको संख्या चार पुग्यो मलेखु–मुग्लिङ सडकखण्ड सञ्चालनमा दशैँ–तिहारअघि पृथ्वी राजमार्ग सञ्चालनयोग्य बनाउन सांसद आशिका तामाङको माग सरकारको पक्राउ शैलीप्रति प्रचण्डको आपत्ति, ‘मूल्य धेरै ठूलो चुकाउनुपर्छ’ दुर्गा प्रसाईं फेरि पक्राउ बाढीपहिरोको क्षतिप्रति सरकारको ध्यानाकर्षण, सांसद अर्यालले मागिन् तत्काल उद्धार र पुनर्स्थापना मनाङमा जनताको अवस्था भयावह छ : सांसद गुरुङ थुनिएको मर्स्याङ्दीको बहाव खुल्दै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सुनसहित एक भारतीय नागरिक पक्राउ एकैदिन तोलामा पाँच हजार रूपैयाँ घट्यो सुनको मूल्य, कतिमा हुँदैछ किनबेच? चार दिनको अविरल वर्षाले सडक सञ्जाल प्रभावित, दर्जनौँ सडकमा यातायात ठप्प कांग्रेस महाधिवेशनले पार्टीको भविष्यको दिशा तय गर्नेछ : शशांक कोइराला निरन्तर वर्षाले रामघाटमा सेती नदी थुनियो, नदीतटीय बासिन्दालाई सतर्क रहन आग्रह विदेशमा रहेका नेपालीको मतदानबारे निर्वाचन आयोगले अघि बढायो छलफल रुकुम पश्चिममा खोलाले बगाउँदा ५८ वर्षीया महिलाको मृत्यु स्वदेश फर्किए प्रधानमन्त्री बालेन्द्र शाह कांग्रेस महाधिवेशन : अधिकांश निर्वाचन क्षेत्रमा क्षेत्रीय अधिवेशन जारी बल्खुमा एक युवकमाथि खुकुरी प्रहार गर्ने चार जना पक्राउ साउदीमाथि हुथीको आक्रमण तीव्र कृष्णभीरको पहिरो पन्छाइयो, नागढुंगा–मुग्लिन सडकमा सवारी सञ्चालन