2026-09-28 02:00 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

विश्वकै कम दक्षिण कोरियाको प्रजनन दर झन् घट्यो

भदौ १०, काठमाडौं | एजेन्सी | विश्वकै सबैभन्दा कम प्रजनन दरमा दक्षिण कोरियाको प्रजनन दर घटेपछि फेरि नयाँ कीर्तिमानी बनेको छ । बुधबार सार्वजनिक आधिकारिक तथ्याङ्कका अनुसार वर्षौंदेखिको घट्दो जन्मदरको प्रवृत्ति झनै घटेको हो ।

एक महिलाले आफ्नो जीवनकालमा जन्माउने बच्चाहरूको औसत संख्यालाई सङ्केत गर्ने दक्षिण कोरियाको प्रजनन दर २०२१ मा ०.८१ मा झरेको छ । जुन अघिल्लो वर्षको तुलनामा ०.०३ प्रतिशतले कम हो ।

यसलाई परिप्रेक्ष्यमा राख्नको लागि अन्य देशको हेर्ने हो भने सन् २०२१ मा संयुक्त राज्य अमेरिकाको प्रजनन दर १.६ रहेको छ । यस्तै, जापानको पनि निकै घटेर १.३ रहेको छ ।

संसारकै सबैभन्दा उच्च प्रजनन दर रहेका केही अफ्रिकी देशहरूमा प्रजनन दर ५ देखि ६ रहेको छ ।

स्थिर जनसंख्या कायम राख्न देशहरूलाई २.१ को प्रजनन दर चाहिन्छ । यसभन्दा बढीले जनसंख्या वृद्धिलाई संकेत गर्दछ।

दक्षिण कोरियाको जन्मदर २०१५ देखि घट्दै गइरहेको छ । २०२० मा देशले पहिलो पटक जन्म भन्दा बढी मृत्युको रेकर्ड गरेको थियो । जसको अर्थ त्यहाँका बासिन्दाहरूको संख्या घटेको छ । यसलाई ूजनसंख्या मृत्यु क्रसू भनिन्छ।

प्रजनन दर घट्दै जाँदा दक्षिण कोरियाली महिलाहरूले बढी उमेरपछि मात्रै बच्चा जन्माउन थालेका छन् । सन् २०२१ मा बच्चा जन्माउने महिलाको औसत उमेर ३३.४ रहेको छ । जुन अघिल्लो वर्षको तुलनामा ०.२ वर्ष बढी रहेको सरकारी तथ्याङ्क निकायले जनाएको छ।

यसैबीच दक्षिण कोरियाको जनसंख्या वृद्ध हुँदै गएको छ । यसले जनसांख्यिकीय गिरावटलाई सङ्केत गर्छ । काम गर्ने उमेरका धेरै कम मानिसहरूले यसको बढ्दो वृद्ध जनसंख्यालाई समर्थन गर्न नसक्ने अवस्था आउन सक्ने चिन्ता विज्ञहरुले गर्न थालेका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
हिमलुङ हिमपहिरोमा थप दुई शव भेटिए, मृतकको संख्या चार पुग्यो मलेखु–मुग्लिङ सडकखण्ड सञ्चालनमा दशैँ–तिहारअघि पृथ्वी राजमार्ग सञ्चालनयोग्य बनाउन सांसद आशिका तामाङको माग सरकारको पक्राउ शैलीप्रति प्रचण्डको आपत्ति, ‘मूल्य धेरै ठूलो चुकाउनुपर्छ’ दुर्गा प्रसाईं फेरि पक्राउ बाढीपहिरोको क्षतिप्रति सरकारको ध्यानाकर्षण, सांसद अर्यालले मागिन् तत्काल उद्धार र पुनर्स्थापना मनाङमा जनताको अवस्था भयावह छ : सांसद गुरुङ थुनिएको मर्स्याङ्दीको बहाव खुल्दै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सुनसहित एक भारतीय नागरिक पक्राउ एकैदिन तोलामा पाँच हजार रूपैयाँ घट्यो सुनको मूल्य, कतिमा हुँदैछ किनबेच? चार दिनको अविरल वर्षाले सडक सञ्जाल प्रभावित, दर्जनौँ सडकमा यातायात ठप्प कांग्रेस महाधिवेशनले पार्टीको भविष्यको दिशा तय गर्नेछ : शशांक कोइराला निरन्तर वर्षाले रामघाटमा सेती नदी थुनियो, नदीतटीय बासिन्दालाई सतर्क रहन आग्रह विदेशमा रहेका नेपालीको मतदानबारे निर्वाचन आयोगले अघि बढायो छलफल रुकुम पश्चिममा खोलाले बगाउँदा ५८ वर्षीया महिलाको मृत्यु स्वदेश फर्किए प्रधानमन्त्री बालेन्द्र शाह कांग्रेस महाधिवेशन : अधिकांश निर्वाचन क्षेत्रमा क्षेत्रीय अधिवेशन जारी बल्खुमा एक युवकमाथि खुकुरी प्रहार गर्ने चार जना पक्राउ साउदीमाथि हुथीको आक्रमण तीव्र कृष्णभीरको पहिरो पन्छाइयो, नागढुंगा–मुग्लिन सडकमा सवारी सञ्चालन