By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
Sajha Sabal | साझा सवालSajha Sabal | साझा सवालSajha Sabal | साझा सवाल
  • मुख्य समाचार
  • बैदेशिक रोजगार
    बैदेशिक रोजगारShow More
    अर्जेन्टिनालाई हराउँदै स्पेनले उचाल्यो फिफा विश्वकप २०२६ को उपाधि
    4 days ago
    जेठ महिनामा ६१ हजार नेपालीले लिए विदेश जान श्रम स्वीकृति, मलेसिया जाने सबैभन्दा बढी
    1 month ago
    भारतको बाटो हुँदै वैदेशिक रोजगारमा उडान: नेपाललाई दैनिक करोडौं क्षति, विभागले माग्यो उडान विवरण
    1 month ago
    नेपाल वैदेशिक रोजगार व्यवसायी संघको बहुमत पदाधिकारी तथा सदस्यद्वारा सामूहिक राजीनामा
    3 months ago
    बिदेशी कामदार भर्ना गर्न TURAP प्रणाली अपनाउने योजनामा मलेसिया सरकार !
    3 months ago
  • राजनीति
    राजनीतिShow More
    तीन पार्टीले मिलेर खाए होइन, बलिदान दिए : केपी ओली
    17 hours ago
    अबका ४ वर्षमा विश्वविद्यालयमा हुने राजनीतिकरणको पूर्णरूपमा अन्त्य हुन्छ : शिक्षामन्त्री पोखरेल
    18 hours ago
    चार लाख भारतीय रुपैयाँ सहित एक जना पक्राउ
    23 hours ago
    श्रीमतीको हत्यापछि श्रीमान्‌ले गरे आत्महत्या
    2 days ago
    कांग्रेस कमजोर बन्दा देश अराजकतातिर जान्छ: शेखर कोइराला
    2 days ago
  • अर्थ/विकास
    अर्थ/विकासShow More
    सुनचाँदीको मूल्य बढ्यो
    23 hours ago
    केराको मूल्य निरन्तर उकालो, प्रतिदर्जन ३०० रुपैयाँ
    2 days ago
    सुनचाँदीको मूल्य बढ्यो
    2 days ago
    चार अर्ब ३० करोड बढी राजस्व सङ्कलन
    3 days ago
    मंगलबार सुनचाँदीको मूल्य बढ्यो
    3 days ago
  • समाज
  • विश्व
  • खेलकुद
  • टिप्स
  • प्रवास
  • बिचित्र संसार
  • मनोरञ्जन
Reading: युद्धमा खटाउन रुसमा नयाँ सैनिकका लागि भर्ती खुलाइयो
Font ResizerAa
Sajha Sabal | साझा सवालSajha Sabal | साझा सवाल
Font ResizerAa
  • Search Page
  • 404 Page
  • Search Page
  • Search Page
  • Blog Index
  • Contact Us
  • Search Page
  • 404 Page
  • Pages
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Personalized
  • Personalized
  • Personalized
  • More Foxiz
    • Login
    • Contact
    • Blog
    • Buy Theme
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
Follow US
Sajha Sabal | साझा सवाल > Blog > प्रदेश समाचार > बागमती प्रदेश > काठमाडौँ - KTM > युद्धमा खटाउन रुसमा नयाँ सैनिकका लागि भर्ती खुलाइयो
काठमाडौँ - KTMविश्व

युद्धमा खटाउन रुसमा नयाँ सैनिकका लागि भर्ती खुलाइयो

साझासवाल
Last updated: August 29, 2022 6:24 am
साझासवाल
5 Min Read
Share

भदौ १३, काठमाडौं | सेन्ट पिटसवर्ग नजिकैको सहर भोलोसोभोमा चहलपहल बढेको छ। आर्थिक चहलपहल होइन बरु यो लाउडस्पीकरहरूको चहलपहल हो। रुसका धेरै सहरहरूजस्तै यहाँ पनि मुख्य सडकमा पोलहरूमा लहरै लाउडस्पीकर राखिएका छन्।

परम्परागत रूपमा यस्ता स्पीकरहरूमा राष्ट्रिय बिदाहरूमा देशभक्ति गीतहरू बजाइन्छन्। तर अहिले यिनीहरूको प्रयोग भिन्न छ।

Ukraine war: Russian recruitment drive unlikely to have impact - UK - BBC  News

“दुई वटा स्वयंसेवक सैनिक बटालियनहरू गठन भइरहेका छन्। हामी १८ देखि ६० वर्षसम्मका पुरुषहरूलाई यसमा सहभागी हुन आमन्त्रण गर्दछौँ,” यसको आवाजले भनिरहेको छ।

देशमा यो सन्देश बारम्बार दोहोर्‍याइने गरिएको छ। सामाजिक सञ्जाल, टेलिभिजन र विज्ञापनका बोर्डहरूमा पनि मानिसहरूलाई युक्रेनी सेनाविरुद्ध लड्नका लागि छोटो अवधिको लागि सहभागी हुन आग्रह गरिएको छ।

द्वन्द्वमा महत्त्वपूर्ण क्षति बेहोरेको अवस्थामा रुसी अधिकारीहरूले सेनामा भर्तीको योजना अघि सारेका हुन्।

भर्तीबारे रुसी नागरिकको धारणा

मैले भोलोसोभोमा एक जना मानिसलाई रोकेर स्वयंसेवकहरूका लागि भर्ती आह्वान गरिएको कुरामा उनको समर्थन रहे वा नरहेकोबारे सोधेँ।

“म युवा भएको भए म पक्कै पनि जाने थिएँ। तर अब म यसका लागि धेरै बूढो भइसकेँ,” मुठ्ठी कस्दै उनले भने। “तिनीहरूलाई बमले उडाउनुपर्छ।”

तर यो सहरका अधिकांश मानिसहरू कम उत्साहित देखिन्छन्।

“युद्धको कुरा गर्नु पनि निकै पीडादायी हो,” एक जना महिला गुनासो गर्छिन्।

“आफ्नै दाजुभाइको हत्या गर्नु गलत हो।”

मैले उनका आफन्त नै सहभागी हुन चाहे उनी के गर्छिन् भनेर सोधेँ।

“किन जाने? उनीहरूको लास मात्रै फर्किन्छ।” र धेरै शवहरू आइरहेकै पनि छन्।

रुसले विवरण नदिएपनि पश्चिमा अधिकारीहरूले छ महिनाअघि युद्ध सुरु भएयता ७०,००० देखि ८०,००० रुसी सैनिकहरू घाइते भएको वा मारिएको दाबी गरेका छन्।

आकर्षक तलब

नयाँ भर्तीमा मानिसहरूलाई आकर्षित गर्न अधिकारीहरूले स्वयंसेवकहरूलाई राम्रो तलब, जमिन र रुसी विद्यालयहरूमा उनीहरूका बालबच्चाहरूको भर्नाका लागि आरक्षण दिने प्रस्ताव गरेका छन्।

रुसका जेलमा पुगेर समेत उनीहरूले बन्दीहरूलाई जेलमुक्त हुने र पैसा समेत कमाउने सकिने प्रस्ताव गरिरहेका छन्।

खोज पत्रकार रोमन दोब्रोहोतोभ भर्ती अभियान अधिकारीहरूको हताश अवस्थाको सङ्केत भएको बताउँछन्।

“जितिने युद्धका लागि चाहिने सिपाहीहरू यस्ता हुँदैनन्। तर क्रेमलिन अझै पनि क्षमताभन्दा सङ्ख्याले जित्न सकिन्छ भन्ने ठान्छ। उनीहरूले यसरी ऋणमा डुबेका सयौँ हजार मानिसहरू भेट्टाउन सक्छन् र उनीहरूलाई युद्धग्रस्त क्षेत्रमा होमिदिन्छन्,” उनले भने।

भर्तीमा जान चाहनेका लागि मनै लोभ्याउने तलबको प्रस्ताव गरिएको र उनीहरूले मासिक ५,७०० अमेरिकी डलर अर्थात् सात लाख २८ हजार नेपाली रुपैयाँसम्म कमाउन सक्ने भनिए पनि वास्तविकता भिन्न रहेको रोमन बताउँछन्।

“वास्तवमा उनीहरूले यो पैसा देख्न पनि पाउँदैनन्। उनीहरू (युक्रेनबाट) फर्किइरहेका छन् र आफूहरूलाई कसरी धोका दिइयो भन्नेबारे हामी पत्रकारहरूसँग सुनाएका छन्।”

“यसले हाम्रो सरकारमाथि अविश्वास बढाएको छ र मलाई यो रणनीति पनि सफल होला भन्ने लाग्दैन,” उनले भने।

तर स्वयंसेवक सैनिक बन्न कतिपय भने खुसी देखिन्छन्।

अनुभव नभएकालाई बन्दुक

निना चुबारिनाका छोरा येभगेनी उत्तरी करेलपया क्षेत्रको आफ्नो घर छोडेर स्वयंसेवी सैनिकहरूको बटालियनमा सहभागी भए।

निनाका अनुसार कुनै सैन्य अनुभव नभएका उनका छोरालाई बन्दुक दिएर सिधै युक्रेन पठाइएको थियो। जसको अर्को दिन २४ वर्षका उनी मारिए।

निनाले एउटा पाउरोटी कारखनामा केही घण्टा काम पाएकी छिन्। त्यहाँ नजिकैको उद्यानमा मसँग भेट्न उनी सहमत भइन्।

रोटीहरू प्याक गर्ने एकनासको कामले छोरा गुमाएको पीडाबाट आफूलाई केही समय भए पनि मुक्ति मिल्ने उनले बताइन्।

उनले युक्रेन नजान आफ्ना छोरालाई गरेको अनुनय सम्झिइन्।

“मैले उसलाई त्यो कुरै नगर्न भनेँ। रोएँ र भने; ‘त्यहाँ युद्ध भइरहेको छ। तिमी मारिन सक्छौ’ तर उनले ‘आमा, सबै ठिक हुन्छ’ भने।”

युक्रेनमा लड्नका लागि स्वयंसेवकहरू भर्ती गर्ने अधिकारीहरूको तरिकाको निना आलोचना गर्छिन्।

“उनीहरूलाई केही थाहा नभएका कुखुराका चल्ला जसरी भित्र पठाइन्छ। उनीहरूले त्यसअघि बन्दुक नै नसमातेका पनि हुन सक्छन्। त्यहाँ उनीहरूलाई मर्न पठाइन्छ। सैनिक अधिकारीहरू स्वयंसेवकहरू पाइयो भनेर खुसी हुन्छन्,” उनको गुनासो छ।

तर येभगेनी जसरी नै सेनामा जान सबै तयार हुँदैनन्।

युद्धमा जान अनिच्छुक

रुसका विभिन्न स्थानमा पुग्दा क्रेमलिनले भन्दै आएको “विशेष सैन्य कारबाही” को पक्षमा सबै मानिसहरू भएको भ्रम तोडिन्छ।

रुसका सडकहरूमा युद्धमा समर्थन जनाउँदै अङ्ग्रेजी अक्षर जेडको सङ्केत राख्नेहरूको सङ्ख्या पनि तुलनात्मक रूपमा कम छ।

विज्ञहरूले युद्धमा रूपमा सहभागी हुने स्वयंसेवकको सङ्ख्या पनि कम रहेको बताएका छन्।

सैन्य विश्लेषक पवेल लुजिन राष्ट्रपतिको लागि आफ्नै ज्यानको आहुति दिन मानिसहरू तयार नभएको बताउँछन्।

“क्रेमलिनको समस्या के हो भने मानिसहरू ‘बृहत् साम्राज्य’ पुनर्स्थापनाका नाममा पुटिनका लागि ज्यानको आहुति दिन तयार छैनन्। युद्धबारे मानिसहरूको एकमत नरहेको वर्तमान परिस्थितिमा भर्ती सम्भव छैन,” उनले भने।

“युक्रेनसँगै तुलना गरेर हेर्नूस्। युक्रेनीहरू लड्नका लागि तयार देखिन्छन्।” बिबिसिबाट

Share This Article
Facebook Email Copy Link Print
Previous Article नारायणी नदीमा एक जनाले हाम फालेपछि…
Next Article काठमाडौंमा छात्रामाथि यौन दुर्व्यवहार गरेको आरोपमा शिक्षक पक्राउ
Leave a Comment Leave a Comment

Leave a Reply Cancel reply

You must be logged in to post a comment.

You Might Also Like

काठमाडौँ - KTMपत्रपत्रिकाबाट

मंसिर १० भित्र प्रतिनिधि र प्रदेश सभा निर्वाचन

57 years ago
काठमाडौँ - KTMबैदेशिक रोजगार

विदेशबाट घरमा निःशुल्क पैसा पठाउनुस

57 years ago
काठमाडौँ - KTMमुख्य समाचारराजनीति

सात वटै प्रदेशका प्रमुखहरूले राष्ट्रपति रामचन्द्र पौडेलसँग शिष्टाचार भेट गरे

1 year ago
काठमाडौँ - KTMराजनीति

फोरम र नयाँशक्तिबीच एकताको तयारी

57 years ago
साझा सवाल

साझा सवाल — नेपाली समाचार, वैदेशिक रोजगार र समसामयिक जानकारी प्रदान गर्ने विश्वसनीय डिजिटल सञ्चार माध्यम।

  • ठेगाना: बालुवाटार, काठमाडौं, नेपाल
  • फोन नम्बर: +977-01-4412988 | +977-9802398980
  • इमेल: [email protected]
  • सूचना विभाग दर्ता नं.: २४२२-२०७७/२०७८

हाम्रो एप डाउनलोड गर्नुहोस्

GET IT ONGoogle Play Download on theApp Store

द्रुत लिंकहरू

  • गृहपृष्ठ
  • हाम्रो बारेमा
  • विज्ञापन
  • नियम र शर्तहरू
  • गोपनीयता नीति
  • सम्पर्क गर्नुहोस्
अध्यक्षअनिल अधिकारी
सम्पादकगोमा पण्डित
समाचार डेस्कमनिषा अधिकारी
अपडेट डेस्कदिपक महत+9779802398983

विज्ञापनको लागि

मार्केटिङ म्यानेजर सुरज अधिकारी मोबाइल: +977-9802398981
सम्पर्कको लागि मनोज अधिकारी मोबाइल: +977-9802398982
Copyright © साझा सवाल. सर्वाधिकार सुरक्षित।
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

Lost your password?