2026-10-25 06:02 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

गल्तीले एक महिलाको खातामा ७० लाख अमेरिकी डलर पुगेपछि…

एजेन्सी | थेवामानोगरी मनीवेलको ब्याङ्क खातामा जब गल्तीले ७० लाख अमेरिकी डलर जम्मा भयो त्यसबेला उनलाई आफू संसारकै भाग्यमानी महिला रहेको अनुभूति भयो।

तर अहिले उनी र उनका केही साथीहरूले अप्ठेरो परिस्थितिको सामना गरिरहेका छन्। अस्ट्रेलियाको एउटा अदालतले उनीहरूलाई रकम फिर्ता गर्न आदेश दिएको छ।

साथै उक्त रकमको ब्याज र कानुनी कारबाहीका क्रममा लागेको खर्च पनि अर्को पक्षलाई तिर्न भनेको छ।

सन् २०२१ मा क्रिप्टो डटकमले मनीवेलको खातामा अस्ट्रेलियाली डलरमा कारोबार गरेपछि यो विवाद सुरु भएको थियो।

त्यसबेला दक्षिणपूर्वी अस्ट्रेलियाको मेलबर्न सहरमा बस्ने मनीवेलको खातामा जम्मा १०० डलर भुक्तानी हुनुपर्ने थियो। तर उनको खातामा लगभग ७० लाख अमेरिकी डलर जम्मा भयो।

अस्ट्रेलियाका सञ्चारमाध्यमका अनुसार मानवीय गल्तीले त्यस्तो भएको थियो।

पैसा पठाउँदा रकम राख्नुपर्ने ठाउँमा मनीवेलको खाता नम्बर राखिदिँदा उक्त समस्या उत्पन्न भएको विवरणमा जनाइएको छ।

गल्तीको अनुभूति

मनीवेल क्षणभरमै करोडपति बनिन्। र उनीसँग उक्त रकमलाई व्यवस्थापन गर्न समयको कुनै अभाव थिएन।

त्यसपछिका केही महिना उनले आफ्नो खातामा आएको रकमको ठूलो हिस्सा आफ्ना साथीहरूको संयुक्त खातामा पठाइन्।

ती साथीले करिब तीन लाख डलर आफ्नी छोरीको खातामा पठाइन।

उनले मेलबर्नको उत्तरमा एउटा घर समेत खरिद गरिन्। मलेशियामा रहेकी आफ्नी बहिनीको नाममा मनीवेलले घर किनेकी थिइन्।

चार कोठा, चार बाथरुम, सिनेमा हल, जिम र दुइटा ग्यारेज भएको उक्त भवनको क्षेत्रफल ५०० वर्गमिटर थियो र त्यो साढे १३ लाख डलरमा किनिएको थियो।

क्रिप्टोकरेन्सी कम्पनीलाई आफ्नो यो गल्ती थाहा पाउन कैयौँ महिना समय लाग्यो।

अस्ट्रेलियाको भिक्टोरिया प्रान्तस्थित सर्वोच्च अदालतका न्यायाधीश जेम्स एलियटले अघिल्लो शुक्रवार भने, “यस्तो लाग्छ कि निवेदकलाई आफ्नो यत्रो ठूलो गल्ती थाहा पाउन नै सात महिना समय लाग्यो।”

अदालतको फैसला

अदालतले निवेदकको पक्षमा फैसला सुनाउँदै पूरै रकम मात्र नभएर त्यसको ब्याज र कानुनी खर्च समेत फिर्ता गर्न आदेश दिएको छ।

अदालतले मनिवेलको बहिनीको नाममा किनिएको घर बिक्री गर्नुपर्ने निर्णय सुनाउँदै गल्तीले आएको रकमबाट उक्त सम्पत्ति खरिद् गरिएको साबित भएको उल्लेख गरेको छ।

क्रिप्टोकरेन्सी कम्पनीले यो वर्षको फेब्रुअरी महिनामा कानुनी कारबाही सुरु गरेको थियो। त्यसक्रममा मनीवेलसँग जोडिएका खाता रोक्का गर्न उक्त कम्पनी सफल भएको थियो।

तर ती खाता रोकिँदासम्म अधिकांश रकम अन्य खातामा ट्रान्सफर भइसकेका थिए।

मनीवेलको सम्पत्ति फ्रिज भएको दुई हप्तापछि उनकी बहिनी नयाँ घरको मालिक बनेकी थिइन्।

उक्त कम्पनीले उनको पनि खाता फ्रिज गर्न माग गरेको थियो। तर अहिले अदालतले उनको घर पनि बेच्न आदेश दिएको छ।

साभार-बीबीसी

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
साउदी अरबको सुरक्षाका लागि बेलायतले खटाउने भयो टाइफून लडाकु विमान, यस्ता छन् विशेषता रास्वपा सभापति रवि लामिछाने पत्नीसहित भारत प्रस्थान, तीनदिने धार्मिक भ्रमण गर्ने लुम्बिनी विकास कोषमा आनी छोइङ डोल्माको नियुक्ति बदर गर्न माग गर्दै आन्दोलन जारी युरोपका ६ देशमा प्रदर्शन चर्कियो, फ्रान्समा १८ सय पक्राउ, इटालीमा विद्यालय कब्जा दसैँमा काठमाडौँ उपत्यकाभित्र सशस्त्र प्रहरीको निःशुल्क बस सेवा कांग्रेसका ३५ वर्ष मुनिका ७ युवा केन्द्रीय सदस्यमा निर्वाचित मलेसिया जाने श्रमिकसँग अतिरिक्त शुल्क असुलेको आरोपमा चार जना पक्राउ बाढीले बगाएको आरुघाट पुलको मर्मत सुरु, दसैँअघि सञ्चालन गर्ने लक्ष्य कर्णालीमा नुहाउने क्रममा १२ वर्षीया बालिका बेपत्ता रोजगारीको मूल्य काम गरेको समयले होइन, आम्दानीले निर्धारण गर्छ : ओली खगेन्द्र सुनारको अडिओ प्रकरणमा रास्वपाले गठन गर्‍यो छानबिन समिति संसद् आरोप–प्रत्यारोपमा केन्द्रित हुँदा जनसरोकारका मुद्दा कमजोर बने : खुश्बु ओली भदौमा मात्रै भित्रियो २ खर्ब २१ अर्ब रुपैयाँ रेमिट्यान्स पोखरामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीसहित दुई जनाको मृत्यु देउवा पक्षको महाधिवेशनमा केन्द्रीय नेतादेखि सांसदसम्म स्वतः प्रतिनिधि हुने व्यवस्था काठमाडौँको रानीपोखरीमा पुरुषको शव फेला पढाउने भन्दै भारत लैजाँदै गरिएका २५ बालबालिका सीमाबाटै फर्काइए दसैँ मनाउन काठमाडौँ छाड्नेको संख्या साढे २ लाख नाघ्यो विरोध प्रदर्शनमा सहभागी भएपछि इमरान खानलाई भारत छोड्न आदेश कांग्रेस महाधिवेशन : केन्द्रीय कार्यसमितिको सम्पूर्ण नतिजा आज रातिसम्म आउने