2026-10-25 06:04 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

युक्रेनकी प्रथम महिला भन्छिन् : बेलायत सिक्का गनिरहँदा हामी लाश गनिरहेका छौं

भदौ १९, काठमाडौँ | युक्रेनकी प्रथम महिला तथा राष्ट्रपति भ्लादिमिर जेलेन्स्कीकी पत्नी ओलेना जेलेन्स्कीले बेलायतलाई कडा जवाफ दिएकी छिन्। उनीहरूले पैसा (सिक्का) गनिरहँदा युक्रेनले लाशहरूको संख्या गणना गरिरहेका बताएकी छन्।

एक अन्तर्वार्तामा, उनले रुस-युक्रेन युद्धले आफ्ना सहयोगीहरूलाई पार्ने प्रभावको बारेमा जवाफ दिएकी हुन्।

युक्रेनको राजधानी किभमा भएको उक्त अन्तर्वार्तामा ओलेना जेलेन्स्कीलाई यस्तो प्रश्न गरिएको थियो: बेलायतमा बढ्दो उर्जा मूल्यले जनतासँग कम विकल्प भएको र त्यसले कठिनाइ थपिरहेको छ । तपाई त्यहाँबाट हामीलाई हेरिरहेका मानिसलाई के भन्न चाहनुहुन्छ जो युक्रेनी जनताको दुख देखेर दुःखी पनि भइरहेका छन् र आफ्नो बिल तिर्न नसकेर चिन्तित पनि छन्?

सो प्रश्नको जवाफमा ओलेना जेलेन्स्कीले भनिन्, ‘म बुझ्छु कि परिस्थिति धेरै गाह्रो छ। तर कोभिड–१९ महामारीका बेला मुद्रास्फीति बढ्दै गएकोले युक्रेन पनि प्रभावित भएको थियो । युक्रेनमा मूल्य अझै बढिरहेको छ र यहाँ  मानिसहरू पनि मरिरहेका छन्। जब तपाइँहरु बैंक खाता वा खल्तीमा भएको पैसा गन्न सुरु गर्नुहुन्छ, हामी पनि गणना सुरु गर्छौं तर हामी लाशको संख्या गन्छौं।’

उनले भने, ‘केही दिनअघि खार्किभको पार्कमा हिंड्ने क्रममा एक महिलाको मृत्यु भयो । धेरै मानिस घाइते भए। यदि सहयोग बलियो भयो भने यो अवस्था छोटो समयमै बद्लिन्छ।’

ओलेना जेलेन्स्कीले युद्धले गर्दा भएको जनधनको क्षतिलाई बाहिर प्रकाशमा ल्याउनु महत्त्पूर्ण हुने कुरामा जोड दिइन्। 

यसअघि युक्रेन भ्रमणमा गएका प्रधानमन्त्री बोरिस जोनसनले युरोपमा रहेका परिवारहरूले जीवनयापनको क्रममा आइपर्ने आर्थिक संकट व्यहोर्नुपर्ने र रुसी आक्रमणविरुद्ध युक्रेनको साथमा उभिनुपर्ने बताएका थिए ।

यस वर्ष बेलायतमा मुद्रास्फीति विगत ४२ वर्षमा सबैभन्दा उच्च १३.३ प्रतिशत हुने अनुमान गरिएको छ । बैंक अफ इङ्गल्याण्डले बढ्दो ऊर्जा मूल्य मुद्रास्फीति र सुस्त वृद्धिको मुख्य कारण भएको जनाएको छ। बीबीसी

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
साउदी अरबको सुरक्षाका लागि बेलायतले खटाउने भयो टाइफून लडाकु विमान, यस्ता छन् विशेषता रास्वपा सभापति रवि लामिछाने पत्नीसहित भारत प्रस्थान, तीनदिने धार्मिक भ्रमण गर्ने लुम्बिनी विकास कोषमा आनी छोइङ डोल्माको नियुक्ति बदर गर्न माग गर्दै आन्दोलन जारी युरोपका ६ देशमा प्रदर्शन चर्कियो, फ्रान्समा १८ सय पक्राउ, इटालीमा विद्यालय कब्जा दसैँमा काठमाडौँ उपत्यकाभित्र सशस्त्र प्रहरीको निःशुल्क बस सेवा कांग्रेसका ३५ वर्ष मुनिका ७ युवा केन्द्रीय सदस्यमा निर्वाचित मलेसिया जाने श्रमिकसँग अतिरिक्त शुल्क असुलेको आरोपमा चार जना पक्राउ बाढीले बगाएको आरुघाट पुलको मर्मत सुरु, दसैँअघि सञ्चालन गर्ने लक्ष्य कर्णालीमा नुहाउने क्रममा १२ वर्षीया बालिका बेपत्ता रोजगारीको मूल्य काम गरेको समयले होइन, आम्दानीले निर्धारण गर्छ : ओली खगेन्द्र सुनारको अडिओ प्रकरणमा रास्वपाले गठन गर्‍यो छानबिन समिति संसद् आरोप–प्रत्यारोपमा केन्द्रित हुँदा जनसरोकारका मुद्दा कमजोर बने : खुश्बु ओली भदौमा मात्रै भित्रियो २ खर्ब २१ अर्ब रुपैयाँ रेमिट्यान्स पोखरामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीसहित दुई जनाको मृत्यु देउवा पक्षको महाधिवेशनमा केन्द्रीय नेतादेखि सांसदसम्म स्वतः प्रतिनिधि हुने व्यवस्था काठमाडौँको रानीपोखरीमा पुरुषको शव फेला पढाउने भन्दै भारत लैजाँदै गरिएका २५ बालबालिका सीमाबाटै फर्काइए दसैँ मनाउन काठमाडौँ छाड्नेको संख्या साढे २ लाख नाघ्यो विरोध प्रदर्शनमा सहभागी भएपछि इमरान खानलाई भारत छोड्न आदेश कांग्रेस महाधिवेशन : केन्द्रीय कार्यसमितिको सम्पूर्ण नतिजा आज रातिसम्म आउने