2026-09-28 01:11 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

प्रधानमन्त्री देउवा र भारतीय सेना प्रमुख पाण्डेबीच २५ मिनेट कुराकानी

भदौ २०, काठमाडौँ | नेपाल भ्रमणमा रहेका भारतीय सेनाका प्रमुख जनरल मनोज पाण्डेले प्रधानमन्त्री शेरबहादुर देउवासँग भेटवार्ता गरेका छन्।

आज अपराह्न ३ बजे प्रधानमन्त्री देउवासँग उनले सिंहदरबारमा शिष्टाचार भेटवार्ता गरेका हुन्। सेनाका प्रमुख जनरल पाण्डे र प्रधानमन्त्री देउवाबीच करिब २५ मिनेट भेटवार्ता भएको हो।

पाँच दिने भ्रमणका क्रममा उनले आजै शिवपुरीस्थित नेपाली सेनाको कमाण्ड तथा स्टाफ कलेजको भ्रमण गर्ने कार्यतालिका रहेको छ। यसका साथै उनी साँझ करिब ६ बजे पशुपतिनाथको दर्शनमा जाने कार्यक्रम रहेको छ।

यसअघि हिजो राष्ट्रपति विद्यादेवी भण्डारीले शीतल निवासमा पाण्डेलाई मानार्थ महारथीको दर्जा प्रदान गरेकी थिइन्।

सेनाध्यक्ष पाण्डे नेपाली सेनाका प्रधानसेनापति प्रभुराम शर्माको निमन्त्रणामा औपचारिक भ्रमणका लागि काठमाडौँ आएका हुन्।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
दुर्गा प्रसाईं फेरि पक्राउ बाढीपहिरोको क्षतिप्रति सरकारको ध्यानाकर्षण, सांसद अर्यालले मागिन् तत्काल उद्धार र पुनर्स्थापना मनाङमा जनताको अवस्था भयावह छ : सांसद गुरुङ थुनिएको मर्स्याङ्दीको बहाव खुल्दै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सुनसहित एक भारतीय नागरिक पक्राउ एकैदिन तोलामा पाँच हजार रूपैयाँ घट्यो सुनको मूल्य, कतिमा हुँदैछ किनबेच? चार दिनको अविरल वर्षाले सडक सञ्जाल प्रभावित, दर्जनौँ सडकमा यातायात ठप्प कांग्रेस महाधिवेशनले पार्टीको भविष्यको दिशा तय गर्नेछ : शशांक कोइराला निरन्तर वर्षाले रामघाटमा सेती नदी थुनियो, नदीतटीय बासिन्दालाई सतर्क रहन आग्रह विदेशमा रहेका नेपालीको मतदानबारे निर्वाचन आयोगले अघि बढायो छलफल रुकुम पश्चिममा खोलाले बगाउँदा ५८ वर्षीया महिलाको मृत्यु स्वदेश फर्किए प्रधानमन्त्री बालेन्द्र शाह कांग्रेस महाधिवेशन : अधिकांश निर्वाचन क्षेत्रमा क्षेत्रीय अधिवेशन जारी बल्खुमा एक युवकमाथि खुकुरी प्रहार गर्ने चार जना पक्राउ साउदीमाथि हुथीको आक्रमण तीव्र कृष्णभीरको पहिरो पन्छाइयो, नागढुंगा–मुग्लिन सडकमा सवारी सञ्चालन सप्तकोसीमा पानीको बहाव घट्दै, कोसी ब्यारेजमा ३९ ढोका खुला नारायणीमा बाढीको उच्च जोखिम: जलस्तर ८.७ मिटर पुग्यो भोटेकोसी बाढीपछि ५ हजार २८५ जना सम्पर्कविहीन, १ हजार ४५१ जनाको शव भेटियो कोशी ब्यारेजमा खतराको तह पार, ५६ मध्ये ४३ ढोका खोलिए