2026-07-01 10:52 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

यौन दुर्व्यवहारको आरोप लागेका विश्व प्रसिद्ध ९ क्रिकेटर : कसैलाई सफाइ, कसैलाई सजाय

भदौ २३, काठमाडौँ | एजेन्सी | क्रिकेटमा यौनको विषय जोडिएर खेलाडी विवादमा आएका थुप्रै घटना छन् । कतिले सफाइ पाएका छन भने कतिले सजाय । यतिबेला राष्ट्रिय क्रिकेट टोलीका कप्तान सन्दीप लामिछानेमाथि एक किशोरीलाई जबर्जस्ती करणी गरेको आरोप लागेको छ । जाहेरी दर्ता भएसँगै सामाजिक सञ्जालमा अनेकौँ टिप्पणी भइरहेको छ । 

नेपाललाई अन्तर्राष्ट्रिय क्रिकेट जगतमा चिनाउन भूमिका खेलेका सन्दीपमाथि लागेको यो आरोपले धेरैलाई स्तब्ध बनाएको छ । नेपाली क्रिकेटर सन्दीप लामिछानेमाथि लागेको आरोप पुष्टि हुन्छ कि हुँदैन हेर्न बाँकी छ । तर, आरोप लगाउने किशोरी १७ वर्षकी मात्र भएकाले सन्दीप अप्ठेरोमा पर्ने देखिन्छ । नेपालको कानुनअनुसार १८ वर्षभन्दा कम उमेरका महिलासँग सहमतिमै यौन सम्पर्क गरे पनि बलात्कार मानिन्छ । सन्दीपमाथि त किशोरीले मादकपदार्थ खुवाएर जबर्जस्ती करणी गरेको आरोप लगाएकी छन् ।

विश्वमा प्रसिद्धि कमाएका थुप्रै क्रिकेटरले पनि यस्तै खालका आरोप व्यहोरेका छन् । कतिको पुष्टि भयो भने कतिको आरोपमै सीमित भयो ।


हार्दिक पाण्डेया

भारतीय क्रिकेट टोलीका अलराउन्डर हार्दिक पाण्डेयामाथि पनि बलात्कारको आरोप लागेको थियो । अहिले पनि टिममा सक्रिय हार्दिकमाथि रेहनुमा भाटीले बलात्कार र दुर्व्यवहारको आरोप लगाएकी थिइन्। हार्दिकले भारतको आईसीसी टी–ट्वान्टी विश्व कपमा प्रतिनिधित्व गरेपश्चात् आरोप लागेको थियो । तर, पछि यो घटना यत्तिकै सेलायो ।

मुनाफ पटेल

रेहनुमा भाटीले पाण्डेयासँगै भारतीय क्रिकेट टोलीका सदस्य मुनाफ पटेलमाथि पनि यौन दुर्व्यवहारको आरोप लगाएकी थिइन् । उनलाई मुनाफसँग एक होटलमा यौन सम्बन्ध राख्न दबाब दिइएको भाटीले खुलासा गरेकी थिइन । उत्कृष्ट पेस बलर मुनाफ अहिले क्रिकेटबाट टाढा छन् ।

शोएब अख्तर

सन् २००५ मा पाकिस्तानका स्टार खेलाडी शोएब अख्तरमाथि पनि बलात्कारको आरोप लाग्यो । पाकिस्तानी टोलीको अष्ट्रेलिया भ्रमणको दौरान घटना भएको भन्दै शोएबमाथि एक किशोरीले आरोप लगाइन । एक किशोरीसँग भएको असमझदारीका कारण अख्तरमाथि आरोप लागेको बताइयो । पछि छानबिन गर्दा किशोरीको आरोप झुटो भएको बताइयो ।

मखाया एन्टेनी

सन् १९९९ मा दक्षिण अफ्रिकाका स्पिड्स्टर एन्टेनीलाई पनि बलात्कारको आरोप लाग्यो । दक्षिण अफ्रिकाको पहिलो कालो जातिका क्रिकेटरको रूपमा प्रसिद्धि कमाएका एन्टेनीमाथि लागेको बलात्कारको आरोप पुष्टि भएन । उनी निर्दोष साबित भएका थिए । सन् २००९ मा उनले क्रिकेटबाट संन्यास लिएका हुन् ।

रायन हिन्ड्स

सन् २००९ मा वेस्ट इन्डिजका क्रिकेटर रायन हिन्ड्सलाई २८ वर्षीया महिलालाई बलात्कार गरेको आरोप लागेको थियो । उनीविरुद्ध मुद्दा पनि पर्‍यो । बार्बाडोसको एक अदालतले उनलाई धरौटीमा छाड्यो । लामो समय चलेको मुद्दामा पीडितले कुनै प्रमाण दिन नसकेपछि सन् २०१४ मा हिन्ड्सले सफाइ पाए ।

लुक पोमर्सबाक

लुक अस्ट्रेलियाली क्रिकेटर हुन् । सन् २०१२ मे मा न्यु दिल्लीको एक होटलमा आफ्नै केटी साथीलाई आक्रमण गरेको र एक महिलालाई दुर्व्यवहार गरेको आरोपमा उनी पक्राउ परे । पछि अदालतबाहिर नै मिलापत्र भएपछि लुक रिहा भए । आरोप लगाउने महिलासँग उनको बिहे गर्ने तय भइसकेको थियो । त्यसैले, सँगै भारत भ्रमणमा उनी पनि आएकी थिइन् ।

रुबेल हुसेन

सन् २०१५ जनवरी ८ मा बंगलादेशी क्रिकेटर हुसेनलाई विवाह गर्छु भनेर झुक्याएर पूर्वप्रेमिकासँग सम्बन्ध राखेको आरोप लागेको थियो । बंगलादेशको कानुनमा यसलाई पनि बलात्कार मानिन्छ । आरोप लगाउनेले यथेष्ट प्रमाण दिन नसकेपछि सन् २०१५ को अगस्टमा अदालतले हुसेनलाई सफाइ दियो ।

इयान किङ

किङ अस्ट्रेलियाली प्रथम श्रेणीका क्रिकेटर हुन् । आदिवासी समुदायबाट क्रिकेट खेल्ने निकै कम मध्येका उनी एक थिए । क्विन्सल्यान्ड प्रान्तका क्रिकेटर इयान किङ बाल यौन दुराचारको घटनामा दोषी ठहर भए । सन् २०१३ मा अदालतले  २० जना बालकमाथि यौन दुराचार गरेको घटनामा उनलाई दोषी ठहर गरेको थियो । उनलाई १२ वर्षको जेल सजाय सुनाइयो ।

सन् २००८ मा पीडितबाट उजुरी आएपछि प्रहरीले उनलाई पक्राउ गरेको थियो । सन् १९९८ मा क्यानबेरामा जुनियर क्रिकेटरलाई प्रशिक्षण दिने क्रममा उनले दुराचार गरेको पाइएको थियो । जेलमा एकजना कैदीले उनीमाथि आक्रमण गरेर आँखा फुटाइदिएको समाचार पनि आएको थियो ।

उदय जोशी

भारतको रणजी ट्रफीका अफ स्पिनर उदय जोशीलाई सन् २०१२ मार्चमा  १३ वर्षीया बालिकामाथि यौन दुर्व्यवहार गरेको आरोप लाग्यो । आरोप लाग्दा जोशी ६८ वर्षका थिए । ३० वर्षअघिको घटनालाई लिएर पीडितले अदालतमा मुद्दा हालेका थिए । दोषी ठहर भएपछि जोशीलाई ६ वर्षको जेल सजाय सुनाइएको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
पेट्रोलियम पदार्थ बिक्री वितरणमा देखिएको समस्या समाधान भइसकेको छ: आयल निगम रास्वपाको केन्द्रीय कार्यालयमा दृष्टिविहीनको प्रदर्शन सभामुख अर्यालसँग साउदी राजदूतको भेट नेप्से परिसूचकमा ४४ अङ्कको वृद्धि गत वर्ष भदौ २३/२४ को घटना हाम्रो कमजोरी होइन, षडयन्त्रकारीको अपराध हो: केपी शर्मा ओली सरकार सीमा सम्बन्धी समस्याहरू कूटनीतिक वार्ताको माध्यमबाट समाधान गर्न सधैँ प्रतिबद्ध छ: परराष्ट्रमन्त्री नेपाल वायुसेवा निगमको सेवा सुरक्षित, भरपर्दो र व्यवसायिक बनाउन सरकार सुक्ष्म अध्ययनमा छ : प्रधानमन्त्री शाह विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने ५ जना पक्राउ विद्यालयबाट हराएकी ६ वर्षीया बालिका खोला किनारमा मृत अवस्थामा फेला रास्वपाका पदाधिकारी र केन्द्रीय सदस्यले गरे सपथ ग्रहण पहिरो पन्छाएपछि खुल्यो मुग्लिन-नारायणगढ सडक रास्वपाका निर्वाचित केन्द्रीय सदस्यको शपथग्रहण हुँदै सुनचाँदीको मूल्यमा गिरावट नारायणगढ–मुग्लिन सडकमा पहिरो पन्छाउने उपकरण तयारी अवस्थामा साउदी अरबमा सजाय भोगिरहेका ३३ नेपालीले पाए आममाफी विष्णु पौडेलको बन्दी प्रत्यक्षीकरण मुद्दामा थप कागजात मगाउन आदेश सरकारी सेवा घरदैलोमै पुर्‍याउने अभियान प्रभावकारी बन्दैछ: सञ्चारमन्त्री तिमिल्सिना हामी समूहगत र संस्थागत एकता गर्दैनौँ: केपी शर्मा ओली प्रहरी हौं भनेर लुटपाट गरेको आरोपमा चार जना पक्राउ पहिरोले कान्ति लोकपथ अवरुद्ध