2026-09-28 01:12 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

राजा महेन्द्र र बेलायती रानीको ६२ वर्षअघिको दुर्लभ भिडियो, हात्ती चढेर यसरी ढाले बाघ [भिडियो]

भदौ २४, काठमाडौँ | करीब ६२ वर्षअघिको नेपाल र काठमाडौंको जनजीवन कस्तो थियो होला ? धेरैलाई कौतुहलता हुन्छ । आधा शताब्दीभन्दा अगाडिको नेपाल र यहाँको जीवनशैली धेरैका लागि रुचिकर हुनसक्छ ।

बेलायती महारानी एलिजाबेथ द्वितीया सन् १९६१ मा नेपाल आउँदाको भिडियोले त्यो बेलाको नेपालको अवस्था बुझ्न सकिन्छ । उनै महारानी एलिजाबेथ द्वितीयाको बिहीबार निधन भएको छ । 

रानी एजिलाबेथ काठमाडौं आउँदा तत्कालीन राजा महेन्द्र उनको स्वागतका लागि विमानस्थलमा पुगेका थिए ।

विमानस्थलबाट राजा महेन्द्र र बेलायती महारानी एउटै बग्गीमा चढेर दरबार गएको दृष्य देखिन्छ । रानी रत्न र बेलायती प्रिन्स फिलिप अर्को बग्गीमा बसे ।

बेलायती समाचार संस्थाले बनाएको भिडियोमा त्यो बेला काठमाडौंको जनसंख्या एक लाख भएको भनिएको छ । 

वसन्तपुरमा मानिसहरू भेला भएका देखिन्छन् । किसानहरूले खर्पनमा तरकारी बोकेर हिँडेका छन् । एक जनाले खर्पनमा राखेर आफ्नो बच्चालाई बोकेका छन् ।

त्यो बेलाका मानिसहरूले दौरा सुरुवाल लगाएर कपडाको बर्को ओडेको देखिन्छ । बेलायती रानीको स्वागतका लागि विमानस्थलमा अस्थायी स्वागतद्वार बनाइएको छ । विमानस्थलले अहिलेको स्वरूप धारण गरेको थिएन ।

महारानीको स्वागतका लागि काठमाडौंका सर्वसाधारण विमानस्थलमा पुगेका थिए । स्वागतका लागि उपस्थित भएका कतिपय सर्वसाधारण खाली खुट्टा देखिन्छन् भने अधिकांश पुरुष सेतो टोपी लगाएका देखिन्छन् ।

एक जनाले खर्पनमा गाग्री बोकेर उपस्थितलाई करुवाबाट पानी खुवाएका थिए । अधिकांशले निधारमा टीका लगाएका छन् ।

बेलायती रानीको स्वागतमा पनि त्यति धेरै सुरक्षाकर्मी परिचालन गरेको देखिँदैन । हिउँदको मौसमको त्यो दिन काठमाडौंको आकाशमा धुम्म बादल लागेको देखिन्छ ।

सन् १९६१ को फ्रेबुअरी २६ देखि मार्च १ सम्म भ्रमण भएको थियो । आँखीझ्यालसहितको अस्थायी स्वागतद्वारमा सल्लाको पात (सल्लीपिरल) राखेको देखिन्छ । जब बेलायती रानी चढेको विमान आयो, राजा महेन्द्र उनको स्वागतका लागि अगाडि बढेका थिए । 

रोचक कुरा, त्यो बेला राजा महेन्द्र र रानी रत्नले हातमा पञ्जा लगाएको देखिन्छ । जाडो महिना भएकाले रानी एलिजाबेथले हातमा एउटा स्वेटर राखेकी रहिछन् ।

रानी एलिजाबेथलाई रिसल्लासहित घोडाको बग्गीमा चढाएर नारायणहिटी दरबारतिर लगिँदै गरेको देखिन्छ । राजारानीको सवारीका लागि उपस्थित भएका सर्वसाधारणले ताली बजाएर स्वागत गरेका छन् । 

विमानस्थलबाट बाहिर निस्किँदै गर्दा एलिजाबेथले सर्वसाधारण जनतालाई हात हल्लाएर अभिनन्दन गरेकी छिन् ।

महारानी एलिजाबेथ चितवन राष्ट्रिय निकुञ्जमा गएर बाघको शिकार गरेको देखिन्छ । बाघको शिकारका लागि ३ सय २७ हात्तीको प्रयोग गरेको देखिन्छ । उनी हात्ती चढेर शिकारका लागि गएकी थिइन् ।

बेलायती रानीको चितवन भ्रमणलाई लक्षित गरेरै चितवनको मेघौलीमा विमानस्थल निर्माण गरिएको थियो । सो विमानस्थल अहिले भने बन्द छ ।

चितवन राष्ट्रिय निकुञ्जभित्र कम्मरमा पेस्तोल बोकेका राजा महेन्द्रले गोली हानेर मारिएको बाघको नजिकबाट निरीक्षण गरेको भिडियोमा देखिन्छ ।

त्यो बेला मारिएको बाघ ८ फिटको थियो । राजा महाराजाहरूलाई निकुञ्जमा शिकार खेल्न छूट थियो ।

रानी एलिजाबेथ पोखराको भ्रमणमा पनि गएकी थिइन्, त्यहाँ उनलाई ब्रिटिस गोर्खा सैनिकले स्वागत गरेका थिए । पोखरामा बालिकाहरूले बेलायतको झण्डा हल्लाउँदै रानीको स्वागत गरे ।

नाकमा बुलाकी र घाँटीमा मडरी लगाएका महिलाहरू उनको स्वागतका लागि आएका थिए । महारानीले बेलायती पूर्व सैनिकहरूले लगाएका तक्मा बडो उत्सुकतापूवर्क हेरेकी थिइन् ।

रानी एलिजाबेथले सन् १९८६ को फ्रेबुअरीमा दोस्रो भ्रमण गरेकी थिइन् । दोस्रोपटक भ्रमण गर्दा नेपालमा राजा वीरेन्द्र थिए । 

बेलायती रानीको स्वागतका लागि तत्कालीन राजा वीरेन्द्र, रानी ऐश्वर्यालगायत विमानस्थल गएका थिए ।

 -लोकान्तरबाट

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
दुर्गा प्रसाईं फेरि पक्राउ बाढीपहिरोको क्षतिप्रति सरकारको ध्यानाकर्षण, सांसद अर्यालले मागिन् तत्काल उद्धार र पुनर्स्थापना मनाङमा जनताको अवस्था भयावह छ : सांसद गुरुङ थुनिएको मर्स्याङ्दीको बहाव खुल्दै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सुनसहित एक भारतीय नागरिक पक्राउ एकैदिन तोलामा पाँच हजार रूपैयाँ घट्यो सुनको मूल्य, कतिमा हुँदैछ किनबेच? चार दिनको अविरल वर्षाले सडक सञ्जाल प्रभावित, दर्जनौँ सडकमा यातायात ठप्प कांग्रेस महाधिवेशनले पार्टीको भविष्यको दिशा तय गर्नेछ : शशांक कोइराला निरन्तर वर्षाले रामघाटमा सेती नदी थुनियो, नदीतटीय बासिन्दालाई सतर्क रहन आग्रह विदेशमा रहेका नेपालीको मतदानबारे निर्वाचन आयोगले अघि बढायो छलफल रुकुम पश्चिममा खोलाले बगाउँदा ५८ वर्षीया महिलाको मृत्यु स्वदेश फर्किए प्रधानमन्त्री बालेन्द्र शाह कांग्रेस महाधिवेशन : अधिकांश निर्वाचन क्षेत्रमा क्षेत्रीय अधिवेशन जारी बल्खुमा एक युवकमाथि खुकुरी प्रहार गर्ने चार जना पक्राउ साउदीमाथि हुथीको आक्रमण तीव्र कृष्णभीरको पहिरो पन्छाइयो, नागढुंगा–मुग्लिन सडकमा सवारी सञ्चालन सप्तकोसीमा पानीको बहाव घट्दै, कोसी ब्यारेजमा ३९ ढोका खुला नारायणीमा बाढीको उच्च जोखिम: जलस्तर ८.७ मिटर पुग्यो भोटेकोसी बाढीपछि ५ हजार २८५ जना सम्पर्कविहीन, १ हजार ४५१ जनाको शव भेटियो कोशी ब्यारेजमा खतराको तह पार, ५६ मध्ये ४३ ढोका खोलिए