2026-09-28 12:19 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

हिजाब नलगाएकोमा पक्राउ परेकी युवतीको हिरासतमा मृत्यु भएपछि इरानमा ठुलो विरोध

एजेन्सी | इरानकी एक जना २२ वर्षीया युवती महासा अमिनीको प्रहरी हिरासतमा भएको मृत्युले ठुलो विरोध निम्त्याएको छ । उनलाई हिजाब नलगाएको आरोपमा धार्मिक प्रहरीले पक्राउ गरेको थियो । पक्राउ परेको केही घण्टा मै उनको मृत्यु भएको थियो । 

अमिनी इरानको पश्चिम क्षेत्रस्थिति उनको घरबाट परिवारसहित राजधानीमा आफन्त भेट्न जाँदै थिइन् । त्यही समय प्रहरीले उनलाई हिजाब नलगाएको आरोप पक्राउ गरेको थियो । 

उनको अन्त्येष्टिका लागि भेला भएका मानिसहरूले पछि विरोध र्‍याली निकालेका थिए । प्रहरीले प्रदर्शनकारीहरूलाई तितरबितर बनाउन अश्रु ग्यास प्रयोग गर्नु परेको थियो । 

सामाजिक सञ्जालमा धार्मिक प्रहरीविरुद्ध धेरैले आक्रोश पोखिरहेका छन् । उनीहरूले महिलाहरूलाई अनावश्यक दुःख दिने गरेको भन्दै सो प्रहरी इकाई नै हटाउनुपर्ने माग समेत उठिरहेको छ ।  कैयौँ इरानी सेलिब्रिटीले तथा सुधारवादी राजनीतिज्ञहरूले अमिनीको मृत्युको विरोध जनाएका छन् । 

प्रहरीले विरोधलाई मत्थर बनाउनको लागि पुलिस स्टेसन भित्रको सिसिटिभी फुटेज बाहिर ल्याएको छ, जहाँ अमिनी आफै ढलेकी छन् । प्रहरीले अमिनीलाई हृदयाघात भएपछि ढलेको बताए पनि परिवारजनले भने अमिनीमा विगतमा मुटुसम्बन्धी कुनै स्वास्थ्य समस्या नरहेको बताएका छन् । 

प्रत्यक्षदर्शीका अनुसार प्रहरीले पक्राउपछि अमिनीलाई प्रहरी भ्यानमै कुटेका थिए, जसलाई प्रहरीले भने खण्डन गरेका छन् । पक्राउ परेको केही घण्टापछि नै अमिनीको परिवारलाई उनलाई अस्पतालमा भर्ना गरिएकाले भेट्न बोलाइएको थियो । 

उनीहरू अस्पतालमा पुग्दा कोमा रहेकी अमिनाको ‘ब्रेन डेड’ भएको घोषणा गरिएको थियो । इरानी मानव अधिकार संगठन र्‍हानका अनुसार पक्राउको समयमा अमिनीलाई ‘पुनर्शिक्षा कक्षा दिएर’ छाड्ने बताइएको थियो । 

तर अगस्ट १५ मा रैसीले महिलाको शिष्ट पहिरनमा कडाइ गर्ने कानुनमा हस्ताक्षर गरेदेखि नै देशभर महिलाहरू पक्राउ पर्ने क्रम बढेको छ ।  सन् १९७९ को इस्लामिक क्रान्तिपछि महिलाहरूलाई हिजाब अनिवार्य गरिएको थियो । तर पछिल्लो समय तिनको कार्यान्वयन हुन छाडेको भन्दै रैसीले कठोरताका साथ लागु गर्न आह्वान गरेका थिए । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
थुनिएको मर्स्याङ्दीको बहाव खुल्दै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सुनसहित एक भारतीय नागरिक पक्राउ एकैदिन तोलामा पाँच हजार रूपैयाँ घट्यो सुनको मूल्य, कतिमा हुँदैछ किनबेच? चार दिनको अविरल वर्षाले सडक सञ्जाल प्रभावित, दर्जनौँ सडकमा यातायात ठप्प कांग्रेस महाधिवेशनले पार्टीको भविष्यको दिशा तय गर्नेछ : शशांक कोइराला निरन्तर वर्षाले रामघाटमा सेती नदी थुनियो, नदीतटीय बासिन्दालाई सतर्क रहन आग्रह विदेशमा रहेका नेपालीको मतदानबारे निर्वाचन आयोगले अघि बढायो छलफल रुकुम पश्चिममा खोलाले बगाउँदा ५८ वर्षीया महिलाको मृत्यु स्वदेश फर्किए प्रधानमन्त्री बालेन्द्र शाह कांग्रेस महाधिवेशन : अधिकांश निर्वाचन क्षेत्रमा क्षेत्रीय अधिवेशन जारी बल्खुमा एक युवकमाथि खुकुरी प्रहार गर्ने चार जना पक्राउ साउदीमाथि हुथीको आक्रमण तीव्र कृष्णभीरको पहिरो पन्छाइयो, नागढुंगा–मुग्लिन सडकमा सवारी सञ्चालन सप्तकोसीमा पानीको बहाव घट्दै, कोसी ब्यारेजमा ३९ ढोका खुला नारायणीमा बाढीको उच्च जोखिम: जलस्तर ८.७ मिटर पुग्यो भोटेकोसी बाढीपछि ५ हजार २८५ जना सम्पर्कविहीन, १ हजार ४५१ जनाको शव भेटियो कोशी ब्यारेजमा खतराको तह पार, ५६ मध्ये ४३ ढोका खोलिए प्रधानमन्त्री बालेन्द्र शाह आज स्वदेश फर्किँदै पहिरोले राजमार्ग अवरुद्ध, ११ सडकखण्डमा यातायात प्रभावित मौसम पूर्वानुमान महाशाखाद्वारा विशेष चेतावनी, आज र भोलि उच्च सतर्कता अपनाउन आग्रह