2026-09-28 11:14 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

लाइगर फ्लप भएपछि फिल्मविहीन बनिन् अनन्या

असोज ६, मुम्बई | एजेन्सी | फिल्म उद्योगमा सफलताले ठूलो महत्व राख्छ । भनिन्छ, उदाउँदो सूर्यलाई जेकोहीले सलाम गर्छ, जबकी अस्ताउँदो सूर्यलाई मानिसले त्यति चासो दिँदैनन् । बलिउड अभिनेत्री अनन्या पाण्डे अहिले यसकै उदाहरण बनेकी छन् । अनन्याले तेलुगु सुपरस्टार विजय देवरकोण्डाको पेन इण्डिया फिल्म ‘लाइगर’ का साथ धमाकेदार सुरुवात गरेकी थिइन् ।

यो फिल्मसँगै अनन्याले साउथ सिनेमामा पाइला चालेकी थिइन् । फिल्मप्रति सबैको आशा थियो । यसको टिजर र ट्रेलरसँगै गीतलाई पनि दर्शकले मनपराएका थिए । तर जसै फिल्म थिएटर पुग्यो, फिल्मले दर्शकलाई खासै प्रभावित पारेन । जसकारण फिल्म बक्सअफिसमा पूर्ण रुपमा असफल रह्यो ।

यो फिल्मको रिलिजअघि अनन्याको टलिउड डेब्यूमा जोकोहीको नजर थियो । उनलाई ‘लाइगर’ अघि धेरै फिल्मबाट अफर आएको थियो । उनलाई ‘एनटीआर ३०’ को पनि अफर थियो । तर उनले त्यसमा स्वीकृति जनाइनन् । फिल्म ‘लाइगर’ हिट हुने र त्यसपछि मोटो पारिश्रमिक लिएर अर्को फिल्ममा अभिनय गर्ने अनन्याको योजना थियो । उनी फिल्म हिट हुनासाथ चार करोड पारिश्रमिक माग्ने सोचाईमा थिइन् । तर उनले सोचेजस्तो वास्तविकतामा भएन ।

फिल्म पूर्ण रुपमा बक्सअफिसमा असफल रह्यो । फिल्म फ्लप भएपछि अभिनेत्रीले पारिश्रमिकमा कुनै परिवर्तन गरेकी छैनन् । उनी नयाँ फिल्मका लागि २ करोड पारिश्रमिक लिने योजनामा छिन् । तर उनलाई अहिलेसम्म कुनै साउथ फिल्मबाट अफर आएको छैन ।

फिल्म निर्माताहरु अनन्याको अभिनयबाट खासै प्रभावित हुन सकेका छैनन् । यहीकारण उनलाई कसैले पनि फिल्मको अफर गरेका छैनन् । उनलाई यसअघि अफर गरिएका फिल्मका निर्माताले उनको विकल्पमा अन्य अभिनेत्रीलाई खोज्न थालिसकेका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेस महाधिवेशनले पार्टीको भविष्यको दिशा तय गर्नेछ : शशांक कोइराला निरन्तर वर्षाले रामघाटमा सेती नदी थुनियो, नदीतटीय बासिन्दालाई सतर्क रहन आग्रह विदेशमा रहेका नेपालीको मतदानबारे निर्वाचन आयोगले अघि बढायो छलफल रुकुम पश्चिममा खोलाले बगाउँदा ५८ वर्षीया महिलाको मृत्यु स्वदेश फर्किए प्रधानमन्त्री बालेन्द्र शाह कांग्रेस महाधिवेशन : अधिकांश निर्वाचन क्षेत्रमा क्षेत्रीय अधिवेशन जारी बल्खुमा एक युवकमाथि खुकुरी प्रहार गर्ने चार जना पक्राउ साउदीमाथि हुथीको आक्रमण तीव्र कृष्णभीरको पहिरो पन्छाइयो, नागढुंगा–मुग्लिन सडकमा सवारी सञ्चालन सप्तकोसीमा पानीको बहाव घट्दै, कोसी ब्यारेजमा ३९ ढोका खुला नारायणीमा बाढीको उच्च जोखिम: जलस्तर ८.७ मिटर पुग्यो भोटेकोसी बाढीपछि ५ हजार २८५ जना सम्पर्कविहीन, १ हजार ४५१ जनाको शव भेटियो कोशी ब्यारेजमा खतराको तह पार, ५६ मध्ये ४३ ढोका खोलिए प्रधानमन्त्री बालेन्द्र शाह आज स्वदेश फर्किँदै पहिरोले राजमार्ग अवरुद्ध, ११ सडकखण्डमा यातायात प्रभावित मौसम पूर्वानुमान महाशाखाद्वारा विशेष चेतावनी, आज र भोलि उच्च सतर्कता अपनाउन आग्रह वर्षाका कारण फोहोर व्यवस्थापन प्रभावित, केही समय फोहोर बाहिर ननिकाल्न महानगरको आग्रह कांग्रेस अधिवेशनमा विराटनगरमा दुई पक्षबीच कुटाकुट टिभी चलाउने क्रममा करेन्ट लागेर १० वर्षीय बालकको मृत्यु, बचाउन खोज्दा चार घाइते कान्ति लोकपथको पहिरो हटाइयो, सावधानीपूर्वक यात्रा गर्न आग्रह