2026-09-28 11:13 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

इरानमा हिजाबविरोधी प्रदर्शन चर्कियो, ५० जनाको मृत्यु

असोज ८, तेहरान | इरानमा हिजाब विरोधी तीब्र चर्किएको छ । आचरणसम्बन्धी प्रहरीको पक्राउपछि हिरासतमै मृत्यु भएकी एक युवतीको विषयलाई लिएर एक सातादेखि फैलिएको सरकारविरोधी हिंसामा मृत्यु हुनेको संख्या ५० पुगेको हो । हिरासतपछि तीन दिन कोमामा रहेकी  २२ वर्षीया कुर्द महसा अमिनीको मृत्यु भएको थियो । खुकुलो हिजाब लगाएको आरोपमा प्रहरीले उनलाई पक्राउ गरेको थियो ।महिलाहरुले लगातार ८औँ रात शुक्रबार देशका विभिन्न स्थानमा प्रदर्शन गरेका छन् । 

अहिलेसम्मको प्रदर्शनमा कम्तीमा ५० प्रदर्शनकारीको मृत्यु भएको ओस्लोमा रहेको मानवअधिकारवादी समूह इरान ह्युमन राइट्सले जनाएको छ । यो संख्या सरकारले सार्वजनिक गरेकोभन्दा तीन गुण बढी हो । यसअघि सरकारले एक सातायता निरन्तर भएका प्रदर्शनमा १७ जनाको मृत्यु भएको जनाएको थियो ।

सामाजिक सञ्जालमा फैलिएको आधिकारिक फुटेजमा सरकार समर्थित जुलुसहरू तितरबितर भएको केही घण्टापछि राजधानी तेहरानका विभिन्न स्थानमा साँझ परेपछि जम्मा भएर हिजाबविरोध प्रदर्शन गरेका देख्न सकिन्छ । 

हिंसा भड्किएपछि सरकारले विभिन्न स्थानमा इन्टरनेट सेवामा रोक लगाएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेस महाधिवेशनले पार्टीको भविष्यको दिशा तय गर्नेछ : शशांक कोइराला निरन्तर वर्षाले रामघाटमा सेती नदी थुनियो, नदीतटीय बासिन्दालाई सतर्क रहन आग्रह विदेशमा रहेका नेपालीको मतदानबारे निर्वाचन आयोगले अघि बढायो छलफल रुकुम पश्चिममा खोलाले बगाउँदा ५८ वर्षीया महिलाको मृत्यु स्वदेश फर्किए प्रधानमन्त्री बालेन्द्र शाह कांग्रेस महाधिवेशन : अधिकांश निर्वाचन क्षेत्रमा क्षेत्रीय अधिवेशन जारी बल्खुमा एक युवकमाथि खुकुरी प्रहार गर्ने चार जना पक्राउ साउदीमाथि हुथीको आक्रमण तीव्र कृष्णभीरको पहिरो पन्छाइयो, नागढुंगा–मुग्लिन सडकमा सवारी सञ्चालन सप्तकोसीमा पानीको बहाव घट्दै, कोसी ब्यारेजमा ३९ ढोका खुला नारायणीमा बाढीको उच्च जोखिम: जलस्तर ८.७ मिटर पुग्यो भोटेकोसी बाढीपछि ५ हजार २८५ जना सम्पर्कविहीन, १ हजार ४५१ जनाको शव भेटियो कोशी ब्यारेजमा खतराको तह पार, ५६ मध्ये ४३ ढोका खोलिए प्रधानमन्त्री बालेन्द्र शाह आज स्वदेश फर्किँदै पहिरोले राजमार्ग अवरुद्ध, ११ सडकखण्डमा यातायात प्रभावित मौसम पूर्वानुमान महाशाखाद्वारा विशेष चेतावनी, आज र भोलि उच्च सतर्कता अपनाउन आग्रह वर्षाका कारण फोहोर व्यवस्थापन प्रभावित, केही समय फोहोर बाहिर ननिकाल्न महानगरको आग्रह कांग्रेस अधिवेशनमा विराटनगरमा दुई पक्षबीच कुटाकुट टिभी चलाउने क्रममा करेन्ट लागेर १० वर्षीय बालकको मृत्यु, बचाउन खोज्दा चार घाइते कान्ति लोकपथको पहिरो हटाइयो, सावधानीपूर्वक यात्रा गर्न आग्रह