2026-09-08 04:47 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

डिजिटल डिटक्स : जुन गाउँमा सूर्यास्तसँगै बन्द गरिन्छ मोबाइल र टिभी

एजेन्सी | अहिलेको युग डिजिटल युग हो । अहिले अधिकांस मानिसहरु मोबाइल फोन तथा इन्टरनेटको पहुँचमा छन् । डिजिटल प्रविधिले मानिसहरुको जिवनमा ठूलो परिवर्तन ल्याएको छ ।

घरमै बसेर आफ्नो व्यवसायिक काम गर्न सम्भव भएको छ, भर्चुअल्ली । मानिसहरुको मोबाइल तथा टेलिभिजन जस्ता ग्याजेटमा खर्च गर्ने समय बढिरहेको छ । तर यो डिजिटल दुनियामा एउटा यस्तो गाउँ छ जहाँ सूर्यास्तसँगै मानिसहरुले आफ्नो मोबाइल तथा टेलिभिजन बन्द गर्दछन् ।

उक्त गाउँमा बेलुकी हुने बित्तिकै मन्दिरमा एउटा साइरन बजाइन्छ । साइरन बजेसँगै गाउँका सबै मानिसहरु आफ्नो मोबाइल, टिभी तथा अन्य सबै ग्याजेटहरु बन्द गर्दछन् । साइरन बजेपछि स्कुले बच्चाहरु ग्याजेटबाट टाढा भएर किताब कापी समाउँछन् वा अभिभावकसँग कुराकानी गर्दछन् । दोश्रो साइरन नबज्दासम्म यो प्रक्रिया जारी रहन्छ ।

बेलुकी भएपछि मोबाइल तथा टिभी बन्द गर्ने सायद दुनियाकै एकमात्र गाउँ हो यो । भारतको महाराष्ट्रस्थित सांगलीमा रहेको उक्त गाउँको नाम मोहित्यान्चे वड गाउँ हो । त्यो गाउँमा मानिसहरु बेलुकी डेढ घण्टा मोबाइल, टिभी लगायतका ग्याजेट चलाउँदैनन् ।

करीब ३ हजार १ सय जनसंख्या रहेको उक्त गाउँमा हप्ताका सातवटै दिनमा त्यस्नो नियम पालना गरिन्छ । त्यसको निगरानीका लागि एक वार्ड वार कमिटी बनाइएको छ ।

गाउँका सरपञ्च विजय मोहितले मोबाइल तथा टिभी बन्द गर्ने प्रस्ताव राखेका छन् । उक्त विशेष अभियानमा मानिसहरुले साथ दिइरहेका छन् । स्थानीय मन्दिरबाट दिनहुँ बेलुकी ७ बजे एक साइरन बज्दछ ।

त्यसपछि मानिसहरुले आफ्नो मोबाइल फोन, टेलिभिजन सेट तथा अन्य ग्याजेटहरु बन्द गर्दछन् अनि किताब पढ्न थाल्दछन् । बालबालिकाहरु प्नि आफ्नो पढाइलेखाइमा लाग्दछन् र त्यसक्रममा अभिभावकहरुले पनि बच्चालाई पढाइमा सघाउँछन् । घरपरिवारका सदस्य सँगै बसेर कुराकानी गर्दछन् ।

डेढ घण्टापछि रातको साढे ८ बजे दोश्रो अलार्म साइरन बज्दछ । त्यसपछि मात्र मानिसहरुले घरका टिभी तथा आफ्ना मोबाइल फोन खोल्दछन् ।

सरपञ्च मोहितका अनुसार कोरोना भाइरस महामारीको लकडाउनका बेला अनलाइन कक्षा हुँदा बालबालिकाको हात हातमा मोबाइल फोन आएको हो । बच्चाहरु अनलाइन कक्षामा हुँदा अभिभावकहरु प्नि अबेरसम्म टिभी हेर्न थाले । तर जब स्कुल खुल्न थाले तब विद्यालय आएका विद्यार्थीहरु अल्छी भएको महसुस शिक्षकहरुलाई भयो । त्यसपछि गाउँमा डिजिटल डिटक्सको अभियान सुरु गरिएको हो । एजेन्सीको सहयोगमा

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भोटेकोशी बाढीपीडितका लागि राष्ट्र बैंकले दियो १ करोड ३८ लाख रकम कांग्रेसले बोलायो केन्द्रीय निर्वाचन समितिको बैठक बाढीपीडितको मानव अधिकार संरक्षण गर्न सरकारलाई राष्ट्रिय मानव अधिकार आयोगको आग्रह मृतकको पहिचान सावधानी र संवेदनशीलताका साथ गरिनुपर्छ : राष्ट्रपति पौडेल भोटेकोशी बाढीपीडितका लागि कांग्रेसले प्रधानमन्त्री राहत कोषमा १ करोड दियो म्याग्दीमा ७२ वर्षीया वृद्धाको हत्या, नाति पक्राउ ‘ग्रीन आर्मी’खारेज गर्न सरकारसँग नेकपाको माग एक जना पनि पीडितले सरकार पाइनँ भन्ने अवस्था आउनुहुँदैन : सभामुख अर्याल राष्ट्रपति पौडेलले आज दिउँसो ३ः३० बजे राष्ट्रका नाममा सम्बोधन गर्ने विपत्तिका बेला विद्युत् संरचनाका तार चोरी हुनु दुःखद र गम्भीर विषय हो : ऊर्जामन्त्री श्रेष्ठ भोटेकोशी बाढीको क्षति बुझ्न प्रभावित क्षेत्रमा पुगे राष्ट्रपति पौडेल राजमार्ग अवरुद्ध भएपछि काठमाडौँमा ग्यास संकट बाढीपीडितको अपमानजनक भिडियो पोस्ट गर्ने युवक पक्राउ भोटेकोशी बाढीमा १ हजार ३५६ शव फेला, ४ हजार ७७ जना अझै बेपत्ता ३९ जिल्लामा आकस्मिक बाढीको जोखिम हतारमा गरिएको पुनर्निर्माण अस्थायी हुन्छ : सभामुख अर्याल कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै सुनचाँदीको मूल्य घट्यो भोटेकोसी बाढीको १३औँ दिन राष्ट्रिय शोक, झण्डा आधा झुकाइयो भोटेकोशी बाढीले रसुवाको पूर्वाधारमा ठूलो क्षति, आठ जलविद्युत् आयोजना पूर्ण प्रभावित