2026-09-28 10:19 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

युक्रेनी सहरमा हमलापछि रुसको सर्वत्र निन्दा

असोज २५, न्युयोर्क | एजेन्सी | युक्रेनको राजधानी किभको केन्द्रमा क्षेप्यास्त्र प्रहारसहित देशका अन्य शहरमा बमबारीपछि रुसको चौतर्फी निन्दा भएको छ । अमेरिकाले ‘क्रुर’ आक्रमणले विश्वविद्यालय र बालबालिकाको खेल मैदानलगायत गैर–सैनिक क्षेत्रमा रुसले आक्रमण गरेको र युक्रेनलाई जारी सैन्य सहायता गर्ने बाचा गरेको छ । संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले आक्रमणबाट आफू ‘स्तब्ध’ भएको बताएका छन् ।

भ्लादिमिर पुटिनले रुसलाई क्रिमियासँग जोड्ने प्रमुख पुलमा शनिबार भएको विस्फोटको बदला लिइएको बताएका छन् । रुसले ८३ क्षेप्यास्त्रले आक्रमण गरेकोमा ४३ भन्दा बढीलाई खसालिएको युक्रेनले दाबी गरेको छ । एक भिडियोमा युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले भनेका छन्, ‘युक्रेनलाई त्रसित पार्न सकिँदैन ।’

लिभिभ, खार्किभ, दिनिप्रो र जापोरिजिया सहरमा रुसी सेनाले हमला गरेको थियो । पछिल्लो हमला केही महिनादेखि युक्रेनले देखेको सबैभन्दा खराबमध्येको एक थियो । ती हमलामा १४ जनाको मृत्यु हुनुको साथै दर्जनौँ घाइते भएका  अधिकारीहरूले जनाएका छन् । आक्रमणपछि धेरै क्षेत्रमा विद्युत् तथा पानीको आपूर्ति रोकिएको छ भने उर्जा पूर्वाधार नराम्रोसँग क्षतिग्रस्त बनेका छन् ।

 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेस महाधिवेशनले पार्टीको भविष्यको दिशा तय गर्नेछ : शशांक कोइराला निरन्तर वर्षाले रामघाटमा सेती नदी थुनियो, नदीतटीय बासिन्दालाई सतर्क रहन आग्रह विदेशमा रहेका नेपालीको मतदानबारे निर्वाचन आयोगले अघि बढायो छलफल रुकुम पश्चिममा खोलाले बगाउँदा ५८ वर्षीया महिलाको मृत्यु स्वदेश फर्किए प्रधानमन्त्री बालेन्द्र शाह कांग्रेस महाधिवेशन : अधिकांश निर्वाचन क्षेत्रमा क्षेत्रीय अधिवेशन जारी बल्खुमा एक युवकमाथि खुकुरी प्रहार गर्ने चार जना पक्राउ साउदीमाथि हुथीको आक्रमण तीव्र कृष्णभीरको पहिरो पन्छाइयो, नागढुंगा–मुग्लिन सडकमा सवारी सञ्चालन सप्तकोसीमा पानीको बहाव घट्दै, कोसी ब्यारेजमा ३९ ढोका खुला नारायणीमा बाढीको उच्च जोखिम: जलस्तर ८.७ मिटर पुग्यो भोटेकोसी बाढीपछि ५ हजार २८५ जना सम्पर्कविहीन, १ हजार ४५१ जनाको शव भेटियो कोशी ब्यारेजमा खतराको तह पार, ५६ मध्ये ४३ ढोका खोलिए प्रधानमन्त्री बालेन्द्र शाह आज स्वदेश फर्किँदै पहिरोले राजमार्ग अवरुद्ध, ११ सडकखण्डमा यातायात प्रभावित मौसम पूर्वानुमान महाशाखाद्वारा विशेष चेतावनी, आज र भोलि उच्च सतर्कता अपनाउन आग्रह वर्षाका कारण फोहोर व्यवस्थापन प्रभावित, केही समय फोहोर बाहिर ननिकाल्न महानगरको आग्रह कांग्रेस अधिवेशनमा विराटनगरमा दुई पक्षबीच कुटाकुट टिभी चलाउने क्रममा करेन्ट लागेर १० वर्षीय बालकको मृत्यु, बचाउन खोज्दा चार घाइते कान्ति लोकपथको पहिरो हटाइयो, सावधानीपूर्वक यात्रा गर्न आग्रह