2026-09-27 07:02 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

विश्व इतिहासमा आज: अक्टोबर १२ मा भएका केही महत्वर्पूण घटनाहरु

असोज २६, काठमाडौँ | आज १२ अक्टोबर । आज विश्व इतिहासमा विभिन्न सामाजिक तथा राजनीतिक घटनाक्रम विकसित भएका थिए । प्रस्तुत छ आज भएका केही महत्वर्पूण घटनाः

गिनीको स्वतन्त्रता

सन् १९६८ मा अफ्रिकी मुलुक गिनीले स्वतन्त्रता पाएको थियो । गिनी सन् १७०० देखि स्पेनको अधिनमा थियो । तत्कालीन राष्ट्रपति फ्रान्सिस्को मासियस नुमाको नेतृत्वमा गिनी स्वतन्त्रत भएको थियो । सन् १९७२ मा नुमाले आफूलाई गिनीको आजिवन राष्ट्रपति घोषणा गरेका थिए ।

सोभियत युनियनका तीन वैज्ञानिकको अन्तरिक्ष यात्रा

सन् १९६४ मा सोभियत अन्तरिक्ष यान भोस्कोद १ मा पहिलो पटक तीन जना वैज्ञानिकले अन्तरिक्षको यात्रा गरेका थिए । अन्तरिक्ष उडानमा पहिलो पटक उनीहरू तीनै जनाले ‘स्पेस सुट’ लगाएका थिएनन् ।

निकिता ख्रुश्चेभद्वारा राष्ट्रसंघमा जुत्ता राखेर व्यंग्य

सन् १९६० मा राष्ट्रसंघको महासभाको वैठकको क्रममा सोभियत कम्युनिस्ट पार्टीका प्रथम सचिब निकिता ख्रुश्चेवलले जुत्ता खोलेर टेबुलमा राखेका थिए । एक फिलपिनी प्रतिनिधिमन्डलले पूर्वीयुरोपमा अभिव्यक्ति स्वतन्त्रताबारे गरेको टिप्प्णीको जवाफमा उनले जुत्ता फुकालेका थिए ।

कोलम्बसले टेके नयाँ देशमा पाइला

स्पेनबाट तीन ओटा जहाजमा क्रिस्टोफर कोलम्बसको नेतृत्वको कारिन्दाहरूको एउटा अन्बेषक टोलीले सन् १४९२ मा अहिलेको बाहमासमा पाइला टेकेका थिए  । कोलम्बसले अमेरिका पत्ता लगाएका थिए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेस महाधिवेशनले पार्टीको भविष्यको दिशा तय गर्नेछ : शशांक कोइराला निरन्तर वर्षाले रामघाटमा सेती नदी थुनियो, नदीतटीय बासिन्दालाई सतर्क रहन आग्रह विदेशमा रहेका नेपालीको मतदानबारे निर्वाचन आयोगले अघि बढायो छलफल रुकुम पश्चिममा खोलाले बगाउँदा ५८ वर्षीया महिलाको मृत्यु स्वदेश फर्किए प्रधानमन्त्री बालेन्द्र शाह कांग्रेस महाधिवेशन : अधिकांश निर्वाचन क्षेत्रमा क्षेत्रीय अधिवेशन जारी बल्खुमा एक युवकमाथि खुकुरी प्रहार गर्ने चार जना पक्राउ साउदीमाथि हुथीको आक्रमण तीव्र कृष्णभीरको पहिरो पन्छाइयो, नागढुंगा–मुग्लिन सडकमा सवारी सञ्चालन सप्तकोसीमा पानीको बहाव घट्दै, कोसी ब्यारेजमा ३९ ढोका खुला नारायणीमा बाढीको उच्च जोखिम: जलस्तर ८.७ मिटर पुग्यो भोटेकोसी बाढीपछि ५ हजार २८५ जना सम्पर्कविहीन, १ हजार ४५१ जनाको शव भेटियो कोशी ब्यारेजमा खतराको तह पार, ५६ मध्ये ४३ ढोका खोलिए प्रधानमन्त्री बालेन्द्र शाह आज स्वदेश फर्किँदै पहिरोले राजमार्ग अवरुद्ध, ११ सडकखण्डमा यातायात प्रभावित मौसम पूर्वानुमान महाशाखाद्वारा विशेष चेतावनी, आज र भोलि उच्च सतर्कता अपनाउन आग्रह वर्षाका कारण फोहोर व्यवस्थापन प्रभावित, केही समय फोहोर बाहिर ननिकाल्न महानगरको आग्रह कांग्रेस अधिवेशनमा विराटनगरमा दुई पक्षबीच कुटाकुट टिभी चलाउने क्रममा करेन्ट लागेर १० वर्षीय बालकको मृत्यु, बचाउन खोज्दा चार घाइते कान्ति लोकपथको पहिरो हटाइयो, सावधानीपूर्वक यात्रा गर्न आग्रह