2026-09-28 10:18 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

साउदीले तेल उत्पादनमा कटौती गरेपछि अमेरिका आक्रोशित

असोज २७, काठमाडौं | अमेरिकी राष्ट्रपति जो बाइडेनले तेल उत्पादन कटौतीका लागि साउदी अरेबियाले परिणाम भोग्नुपर्ने चेतावनी दिएका छन् । गत साता कोरोना भाइरस महामारीपछिकै पहिलोपटक ओपेकले ठूलो परिणाममा तेल उत्पादन कटौती गर्ने घोषणा गरेको थियो ।

Biden to re-evaluate U.S. relationship with Saudi Arabia, White House says  - The Washington Post

तेल उत्पादन समूहका वास्तविक नेता साउदी अरेबियाले गरेको यस निर्णयको अमेरिकाको क्यापिटल हिलस्थित वरिष्ठ डेमोक्रेटहरूले आलोचना गरेका छन् । 

विश्वमा पेट्रोलको अभाबसँगै यसको मूल्य बढ्न थालेपछि दोस्रो ठूलो तेल निर्यातक राष्ट्र रुसलाई मद्दत पुगिरहेको छ । यसबाट रुसलाई युक्रेन युद्धमा अर्थ लगानी गर्न सहयोग पुगेको छ । 

सीएनएनका पत्रकार जेक ट्याप्परलाई अन्तर्वार्ता दिने क्रममा बाइडेनले साउदी अरेबियालाई संकेत गर्दै भनेका छन्, “तिनीहरूले रुसलाई गरेको व्यवहारको केही परिणामहरू देखिने छन् । म मलाई मनमा लागेको र मैले सोचेको कुरामा गहिरिन्न । तर केही परिणामहरू निस्कने छन् । मद्यावधि चुनाव पछि महाधिवेशनमा फर्कंदा अमेरिकी कंग्रेसले कारबाही थाल्नेछ ।” 

त्यसैगरी ह्वाइट हाउसका प्रेस सेक्रेटरी करिन जिन–पिर्रेले मंगलबार बिहान सबेरै प्रेस ब्रिफिङको क्रममा ओपेकको रुसी युद्धलाई पायक पर्ने गरी भएको ऊर्जा नीति निर्णयपछि अमेरिकाले साउदीसँगको सम्बन्धमाथि नै पुनर्विचार गर्ने बताएकी छन् ।

एनबीसी न्युजबाट ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेस महाधिवेशनले पार्टीको भविष्यको दिशा तय गर्नेछ : शशांक कोइराला निरन्तर वर्षाले रामघाटमा सेती नदी थुनियो, नदीतटीय बासिन्दालाई सतर्क रहन आग्रह विदेशमा रहेका नेपालीको मतदानबारे निर्वाचन आयोगले अघि बढायो छलफल रुकुम पश्चिममा खोलाले बगाउँदा ५८ वर्षीया महिलाको मृत्यु स्वदेश फर्किए प्रधानमन्त्री बालेन्द्र शाह कांग्रेस महाधिवेशन : अधिकांश निर्वाचन क्षेत्रमा क्षेत्रीय अधिवेशन जारी बल्खुमा एक युवकमाथि खुकुरी प्रहार गर्ने चार जना पक्राउ साउदीमाथि हुथीको आक्रमण तीव्र कृष्णभीरको पहिरो पन्छाइयो, नागढुंगा–मुग्लिन सडकमा सवारी सञ्चालन सप्तकोसीमा पानीको बहाव घट्दै, कोसी ब्यारेजमा ३९ ढोका खुला नारायणीमा बाढीको उच्च जोखिम: जलस्तर ८.७ मिटर पुग्यो भोटेकोसी बाढीपछि ५ हजार २८५ जना सम्पर्कविहीन, १ हजार ४५१ जनाको शव भेटियो कोशी ब्यारेजमा खतराको तह पार, ५६ मध्ये ४३ ढोका खोलिए प्रधानमन्त्री बालेन्द्र शाह आज स्वदेश फर्किँदै पहिरोले राजमार्ग अवरुद्ध, ११ सडकखण्डमा यातायात प्रभावित मौसम पूर्वानुमान महाशाखाद्वारा विशेष चेतावनी, आज र भोलि उच्च सतर्कता अपनाउन आग्रह वर्षाका कारण फोहोर व्यवस्थापन प्रभावित, केही समय फोहोर बाहिर ननिकाल्न महानगरको आग्रह कांग्रेस अधिवेशनमा विराटनगरमा दुई पक्षबीच कुटाकुट टिभी चलाउने क्रममा करेन्ट लागेर १० वर्षीय बालकको मृत्यु, बचाउन खोज्दा चार घाइते कान्ति लोकपथको पहिरो हटाइयो, सावधानीपूर्वक यात्रा गर्न आग्रह