2026-09-28 10:19 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

१ अर्ब वर्षमा कसरी बने पृथ्वीमा ७ महादेश ? ४० सेकेण्डको भिडियोमा हेर्नुहोस्

एजेन्सी | पृथ्वीको चारैतर्फ केवल पानी र जमिन छैन । पृथ्वीको मुनि टेक्टोनिट प्लेटहरु छन् । अर्थात् पृथ्वीको माथिल्लो भाग जुन हल्लिन्छ । टेक्नोनिक प्लेटहरु एक अर्कासँग ठोक्किन्छन् र एउटा प्लेटले अर्कोलाई दबाउँछ ।

यसकै कारणले भूकम्पहरु आउँछन्, सुनामी आउँछन् । यो प्रक्रिया १ सय करोड वर्षदेखि लगातार चलिरहेको छ । यिनी टेक्टोनिक प्लेटहरु सरेको कारणले त्यसमाथि रहेको पृथ्वीको जमिन अर्थात् महादेशहरु पनि टुटफुट भए, छुट्टिए र पुनः बने ।

अहिले अलग अलग रहेका महाद्विपहरु करोडौँ वर्षपछि पुनः जोडिनेछन् र एउटै विशाल महादेश अर्थात् सुपर कन्टिनेन्ट बन्नेछ । १ अर्ब वर्षमा पृथ्वीको महाद्विपको संरचनामा भएको यो परिवर्तन भिडियोमा हेर्न गज्जबै होला । अझ १ अरब वर्षको त्यो परिवर्तन केवल ४० सेकेण्डको भिडियोमै हेर्न पाइयो भने !

अष्ट्रेलियाको युनिभर्सिटी अफ सिड्नीका विद्यावारिधी शोधकर्ता तथा भूगर्भ वैज्ञानिक माइकल टेटले पहिलोपटक टेक्टोनिक प्लेटहरुको चालको कम्प्युटर मोडेल तयार पारेका छन् । त्यसमा सबै भौगोलिक सीमानाहरुलाई सामेल गरिएको छ ।

मानव गणितका अनुसार पृथ्वीमा कुनैप्नि ठूलो चिज प्रतिवर्ष सेन्टिमिटरका हिसाबले सर्दछ । करोडौँ वर्ष अगाडि महादेशहरु पृथ्वीमा सबैतिर छरिएका थिए । अहिले दक्षिण ध्रुवमा जुन अन्टार्कटिका छ, त्यो कुने समय भूमध्यरेखामा थियो ।

माइकल र उनका सहकर्मी सबिन जाहिरोविकले मिलेर टेक्टोनिक प्लेट सर्ने र महाद्विपहरु निर्माण तथा विनिर्माण हुने १ अर्ब वर्षको उक्त प्रक्रियालाई केवल ४० सेकेण्डको भिडियोमा देखाएका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेस महाधिवेशनले पार्टीको भविष्यको दिशा तय गर्नेछ : शशांक कोइराला निरन्तर वर्षाले रामघाटमा सेती नदी थुनियो, नदीतटीय बासिन्दालाई सतर्क रहन आग्रह विदेशमा रहेका नेपालीको मतदानबारे निर्वाचन आयोगले अघि बढायो छलफल रुकुम पश्चिममा खोलाले बगाउँदा ५८ वर्षीया महिलाको मृत्यु स्वदेश फर्किए प्रधानमन्त्री बालेन्द्र शाह कांग्रेस महाधिवेशन : अधिकांश निर्वाचन क्षेत्रमा क्षेत्रीय अधिवेशन जारी बल्खुमा एक युवकमाथि खुकुरी प्रहार गर्ने चार जना पक्राउ साउदीमाथि हुथीको आक्रमण तीव्र कृष्णभीरको पहिरो पन्छाइयो, नागढुंगा–मुग्लिन सडकमा सवारी सञ्चालन सप्तकोसीमा पानीको बहाव घट्दै, कोसी ब्यारेजमा ३९ ढोका खुला नारायणीमा बाढीको उच्च जोखिम: जलस्तर ८.७ मिटर पुग्यो भोटेकोसी बाढीपछि ५ हजार २८५ जना सम्पर्कविहीन, १ हजार ४५१ जनाको शव भेटियो कोशी ब्यारेजमा खतराको तह पार, ५६ मध्ये ४३ ढोका खोलिए प्रधानमन्त्री बालेन्द्र शाह आज स्वदेश फर्किँदै पहिरोले राजमार्ग अवरुद्ध, ११ सडकखण्डमा यातायात प्रभावित मौसम पूर्वानुमान महाशाखाद्वारा विशेष चेतावनी, आज र भोलि उच्च सतर्कता अपनाउन आग्रह वर्षाका कारण फोहोर व्यवस्थापन प्रभावित, केही समय फोहोर बाहिर ननिकाल्न महानगरको आग्रह कांग्रेस अधिवेशनमा विराटनगरमा दुई पक्षबीच कुटाकुट टिभी चलाउने क्रममा करेन्ट लागेर १० वर्षीय बालकको मृत्यु, बचाउन खोज्दा चार घाइते कान्ति लोकपथको पहिरो हटाइयो, सावधानीपूर्वक यात्रा गर्न आग्रह