2026-09-28 10:19 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

डलरको बढ्दो भाउ: जापानी येन ३२ वर्ष यताकै कमजोर किन भयो ?

असोज २८, काठमाडौं | जापानी मुद्रा येन अमेरिकी डलरको तुलनामा ३२ वर्ष यताकै सबभन्दा कमजोर हालतमा पुगेको छ।

अमेरिकामा अपेक्षा गरिएभन्दा तीव्र गतिमा मूल्यवृद्धि भइरहेका आधिकारिक आँकडा सार्वजनिक भएपछि जापानी येन न्यून विन्दुमा पुगेको थियो।

मुद्रा बजार अस्थिर

प्रति अमेरिकी डलर १४७.६६ येन पुगेको थियो र पछि त्यो अलिकति माथि उक्लियो।

जापानका अर्थमन्त्री शुनिची सुजुकीले मुद्रा अस्थिर बनेको विषयलाई सम्बोधन गर्न उचित कदम चालिने बताएका छन्।

एउटा दुर्लभ प्रकृतिको कारबाही गर्दै गत महिना जापानले आफ्नो कमजोर बन्दै गएको मुद्रालाई उकास्न २० अर्ब डलर खर्च गरेको थियो।

“सट्टेबाजी शैलीद्वारा निर्देशित मुद्रा बजारको अस्थिरता हामी सहने छैनौँ। निकै गम्भीरताका साथ हामी मुद्रा बजार नियालिरहेका छौँ,” सुजुकीले वाशिङ्टन डिसीमा जी सेभेन समूहको बैठकपश्चात् पत्रकारहरूलाई भनेका थिए।

बजारमा हस्तक्षेप

गत महिना जापानले येनलाई उकास्न विश्व मुद्रा बजारमा हस्तक्षेप गरेको थियो।

२४ वर्षयताकै सबभन्दा कमजोर विन्दुमा येन पुगेपछि जापान सरकारले उक्त कदम चालेको थियो।

त्योभन्दा अगाडि जापान सरकारले सन् १९९८ मा मात्र मुद्रा बजारमा त्यसरी हस्तक्षेप गरेको थियो।

तर विश्लेषकहरूले चाहिँ अमेरिकाको तुलनामा जापानमा निकै कम ब्याज दर रहेसम्म यस्ता हस्तक्षेपको खासै कुनै प्रभाव नहुने बताएका छन्।

मुद्रामा चापको कारण

पछिल्ला महिनाहरूमा जापानी येनमाथि लगातार चाप बढिरहेको छ।

दुई देशका केन्द्रीय ब्याङ्कहरूले अपनाएका भिन्न नीति नै त्यसको मुख्य कारण भएको बताइएको छ।

बिहीवार अमेरिकामा प्रकाशित पछिल्ला विवरणमा त्यहाँ गत महिना अपेक्षा गरिएभन्दा धेरै उपभोक्ता मूल्य वृद्धि भएको देखियो। अर्थात् विश्वको सबभन्दा ठूलो अर्थतन्त्र मुद्रास्फितिसँग सङ्घर्षरत छ।

सेप्टेम्बरसम्मको १२ महिनामा त्यहाँको महँगी वा मुद्रास्फिति दर ८.२% रह्यो जुन अगस्टको ८.३% भन्दा केही मात्र कम थियो।

अमेरिकाको फेडरल रिजर्भ (केन्द्रीय ब्याङ्क)ले मुद्रास्फितिलाई कम गराउन चालेका कदमले डलरको भाउ बढिरहेको छ।

महँगीसँग जुझ्न फेडरल रिजर्भले निरन्तर ब्याज दर बढाइरहेको छ। यसले लगानीकर्ताहरूका निम्ति डलर झन् झन् आकर्षक बनेको छ।

जबकी ब्याङ्क अफ जापानले चाहिँ ब्याज दर कम पारिरहेको छ।

डलरको बढ्दो शक्तिका कारण पाउण्ड र युरोजस्ता अन्य मुख्य अन्तर्राष्ट्रिय मुद्राहरूको मूल्यमा पनि प्रभाव परिरहेको छ। बिबिसिबाट

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेस महाधिवेशनले पार्टीको भविष्यको दिशा तय गर्नेछ : शशांक कोइराला निरन्तर वर्षाले रामघाटमा सेती नदी थुनियो, नदीतटीय बासिन्दालाई सतर्क रहन आग्रह विदेशमा रहेका नेपालीको मतदानबारे निर्वाचन आयोगले अघि बढायो छलफल रुकुम पश्चिममा खोलाले बगाउँदा ५८ वर्षीया महिलाको मृत्यु स्वदेश फर्किए प्रधानमन्त्री बालेन्द्र शाह कांग्रेस महाधिवेशन : अधिकांश निर्वाचन क्षेत्रमा क्षेत्रीय अधिवेशन जारी बल्खुमा एक युवकमाथि खुकुरी प्रहार गर्ने चार जना पक्राउ साउदीमाथि हुथीको आक्रमण तीव्र कृष्णभीरको पहिरो पन्छाइयो, नागढुंगा–मुग्लिन सडकमा सवारी सञ्चालन सप्तकोसीमा पानीको बहाव घट्दै, कोसी ब्यारेजमा ३९ ढोका खुला नारायणीमा बाढीको उच्च जोखिम: जलस्तर ८.७ मिटर पुग्यो भोटेकोसी बाढीपछि ५ हजार २८५ जना सम्पर्कविहीन, १ हजार ४५१ जनाको शव भेटियो कोशी ब्यारेजमा खतराको तह पार, ५६ मध्ये ४३ ढोका खोलिए प्रधानमन्त्री बालेन्द्र शाह आज स्वदेश फर्किँदै पहिरोले राजमार्ग अवरुद्ध, ११ सडकखण्डमा यातायात प्रभावित मौसम पूर्वानुमान महाशाखाद्वारा विशेष चेतावनी, आज र भोलि उच्च सतर्कता अपनाउन आग्रह वर्षाका कारण फोहोर व्यवस्थापन प्रभावित, केही समय फोहोर बाहिर ननिकाल्न महानगरको आग्रह कांग्रेस अधिवेशनमा विराटनगरमा दुई पक्षबीच कुटाकुट टिभी चलाउने क्रममा करेन्ट लागेर १० वर्षीय बालकको मृत्यु, बचाउन खोज्दा चार घाइते कान्ति लोकपथको पहिरो हटाइयो, सावधानीपूर्वक यात्रा गर्न आग्रह