कोरोनाका दुई नयाँ भेरियन्ट XBB र XBB.1 को खतरा

Posted on: 18 Oct, 2022
कात्तिक १, काठमाडौं | के कोरोना पुनः फर्किँदैछ ? के फेरि कोरोनाको चौथो लहर आउँदै छ ? अहिले नै त नहोला तर केही हप्ता वा महिनापछि कोरोना एकपटक पुनः नयाँ लहरसहित फर्किने सम्भावना भने देखिएको छ । यस्तो यसकारण किनभने कोरोनाका दुई नयाँ जेनेटिक भेरियन्ट –XBB र XBB.1 खतरा बनिरहेको देखिएको छ । विश्वका थुप्रै देशमा यी दुई भेरियन्टका कारण संक्रमण बढ्न थालेको छ ।
भारतमा पनि यसबारे सचेत गराइएको छ । महाराष्ट्र र केरल सरकारले यसबारे एडभाइजरी जारी गरेको छ । राज्यले मानिसलाई मास्क लगाइराख्न सल्लाह दिएको छ ।

के हो दुई नयाँ भेरियन्ट ?
एक्सबीबी ओमिक्रोनको सब–लाइनेज BJ.1  र BA.2.75 बाट मिलेर बनेको हो । यसलाई रिकम्बिनेन्ट भेरियन्ट भनिन्छ । यस्तै,XBB.1,XBB को सब–लाइनेज हो । बेलायत, अमेरिका र सिंगापुरमा कोरोनाका संक्रमित पुनः बढ्न थालेका छन् । चीनमा पनि थुप्रै शहरमा पुनः लकडाउन लाग्न थालेको छ । विशेषज्ञका अनुसार कोरोना संक्रमितको वृद्धिको कारण एक्सबीबी हुनसक्छ ।
XBB र XBB.1 भेरियन्ट सिंगापुर, बंगलादेश, युरोप र उत्तरी अमेरिकामा भेटिएको छ । सिंगापुरमा कोरोना संक्रमितको संख्यामा लगातार बढिरहेको छ ।
जब एउटै समयमा दुई वा सोभन्दा बढी भाइरसले कुनै सेललाई संक्रमति गर्छ भने त्यो रिकम्बिनेन्ट भेरियन्ट बन्छ । यद्यपि, रिकम्बिनेन्ट भेरियन्टको संक्रमण दुर्लभ हो तर पनि यस्तो नहोला भन्न सकिँदैन ।
कति खतरनाक छ यो जेनेटिक भेरियन्ट ?
पेकिङ युनिभर्सिटीमा बायोपिकका सह प्राध्यापक युनलोन्ड रिचर्ड काओका अनुसार एक्सबीबी एन्टिबडीलाई झुक्याउने भेरियन्ट हुनसक्छ ।
उनले ट्वीट गर्दै भने, ‘एक्सबीबी ओमिक्रोनको BA.2.75.2  र  BQ.1.1 भन्दा बढी खतरनाक छ र यसले प्रतिरोधी क्षमतालाई झुक्याउन सक्छ । कोरोनाका अन्य भेरियन्ट पनि प्रतिरोधी क्षमतालाई झुक्याउन सक्छ तर यिनीहरुको क्षमता एक्सबीबीभन्दा कम छ ।’

यस बिषयमा तपाइको प्रतिक्रिया...!