संसद्लाई सम्बोधन गर्दै बेलायती प्रधानमन्त्री ट्रस

Posted on: 19 Oct, 2022

कात्तिक २, लन्डन | बेलायती प्रधानमन्त्री लिज ट्रसले आफ्नो कर घटाउने आर्थिक एजेन्डा त्यागेपछि पहिलो पटक बुधवार संसद्मा सांसदहरूलाई सम्बोधन गर्ने तयारी गरेकी छिन् । छोटो समयमा नै लोकप्रियता घटिरहेका बेला उनले सांसदहरूलाई सम्बोधन गर्ने तयारी गरेकी हुन् । 

नयाँ वित्तमन्त्री जेरेमी हन्टले आफ्नो प्रमुख कर योजनाहरू खण्डित गरेको ४८ घण्टा नबित्दै ट्रसले टोरी र विपक्षी सांसदहरूबाट हाउस अफ कमन्समा प्रतिकूल प्रश्नहरूको सामना गर्नुपर्नेछ ।  संकटग्रस्त ट्रसले पहिले नै कम्तिमा पाँच कन्जरभेटिभ सहकर्मीहरूले आफूलाई प्रतिस्थापनको लागि आह्वान गरेको देखेकी छिन् । 

सर्वेक्षणले उनको व्यक्तिगत र पार्टी मुल्यांकन नाटकीय रूपमा झरेको  देखाउँछ ।  युगोभले मंगलबार भनेको छ कि सत्तामा पुगेको ६ हप्ताभित्र उनी अहिलेसम्म ट्र्याक गरेको सबैभन्दा अलोकप्रिय नेता हुन् । टोरी नेता र प्रधानमन्त्रीमा निर्वाचित भएको दुई महिना नबित्दै बहुमतले अब उनी जानुपर्छ भन्ने सोच राखेको प्राप्त विवरणहरूमा जनाइएको छ । 

 

यस बिषयमा तपाइको प्रतिक्रिया...!