2026-09-28 09:32 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

डब्ल्युएचओ प्रमुखले लाखौं डलर दुरूपयोग गरेको आरोप

कात्तिक ३, काठमाडौँ | सिरियास्थित संयुक्त राष्ट्रसंघीय निकाय विश्व स्वास्थ्य सङ्गठन (डब्ल्युएचओ)को कार्यालयका प्रमुखलाई लाखौं डलर दुरुपयोग गरेको आरोप लागेको छ ।  उक्त कार्यालयका कर्मचारीले कोभिड–१९को महामारीबाट देश आक्रान्त भएका बेला कार्यालय प्रमुख डा.अक्जेमल म्याग्टिमोवाले सरकारी अधिकारीहरूलाई कम्प्युटर, सुनका सिक्का र कारसमेत उपहार दिएर डब्ल्युएचओ कोषको दुरूपयोग गरेको आरोप लगाएका हुन् । 

एसोसिएटेड प्रेस (एपी) ले प्राप्त गरेको १०० भन्दा बढी गोप्य कागजात, सन्देश र अन्य सामग्रीमा डब्ल्यूएचओका सिरिया प्रमुखले सिरियाली सरकारका उच्च पदस्थ राजनीतिज्ञहरूसँग सम्झौता गर्न कर्मचारीहरूलाई दबाब दिएकी तथा लगातर गलत ढङ्गले कोष र दाताहरूले दिएको रकम दुरूपयोग गरेको बयान दिएका भेटिएको छ । कर्मचारीहरूले अनुसन्धानकर्ताहरूलाई उनले भ्रष्टाचार गरेको बयान दिएका दस्तावेज  एपीले हात पारेको हो ।

म्याग्टिमोभाले उनीमाथि लागेका आरोपबारे जवाफ दिन अस्वीकार गरेकी छन् । आफ्नो पदीय मर्यादाको ख्याल गर्दै उनले जानकारी दिन अस्वीकार गरेकी बताइएको छ । यद्यपि उनले ती आरोपलाई अपमानजनक भनेकी छन् । उनीविरुद्ध १२ जना कर्मचारीले उजुरी गरेका थिए । उजुरी परेसँगै डब्ल्यूएचओले २० भन्दा बढी अधिकारी खटाएर आन्तरिक अनुसन्धान थालेको छ । उक्त संस्थाले उनी विरूद्धको आरोपको छानबिन भइरहेको र त्यसनिम्ति बाह्य अनुसन्धानकर्ता परिचालन गरेको बताएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेस महाधिवेशनले पार्टीको भविष्यको दिशा तय गर्नेछ : शशांक कोइराला निरन्तर वर्षाले रामघाटमा सेती नदी थुनियो, नदीतटीय बासिन्दालाई सतर्क रहन आग्रह विदेशमा रहेका नेपालीको मतदानबारे निर्वाचन आयोगले अघि बढायो छलफल रुकुम पश्चिममा खोलाले बगाउँदा ५८ वर्षीया महिलाको मृत्यु स्वदेश फर्किए प्रधानमन्त्री बालेन्द्र शाह कांग्रेस महाधिवेशन : अधिकांश निर्वाचन क्षेत्रमा क्षेत्रीय अधिवेशन जारी बल्खुमा एक युवकमाथि खुकुरी प्रहार गर्ने चार जना पक्राउ साउदीमाथि हुथीको आक्रमण तीव्र कृष्णभीरको पहिरो पन्छाइयो, नागढुंगा–मुग्लिन सडकमा सवारी सञ्चालन सप्तकोसीमा पानीको बहाव घट्दै, कोसी ब्यारेजमा ३९ ढोका खुला नारायणीमा बाढीको उच्च जोखिम: जलस्तर ८.७ मिटर पुग्यो भोटेकोसी बाढीपछि ५ हजार २८५ जना सम्पर्कविहीन, १ हजार ४५१ जनाको शव भेटियो कोशी ब्यारेजमा खतराको तह पार, ५६ मध्ये ४३ ढोका खोलिए प्रधानमन्त्री बालेन्द्र शाह आज स्वदेश फर्किँदै पहिरोले राजमार्ग अवरुद्ध, ११ सडकखण्डमा यातायात प्रभावित मौसम पूर्वानुमान महाशाखाद्वारा विशेष चेतावनी, आज र भोलि उच्च सतर्कता अपनाउन आग्रह वर्षाका कारण फोहोर व्यवस्थापन प्रभावित, केही समय फोहोर बाहिर ननिकाल्न महानगरको आग्रह कांग्रेस अधिवेशनमा विराटनगरमा दुई पक्षबीच कुटाकुट टिभी चलाउने क्रममा करेन्ट लागेर १० वर्षीय बालकको मृत्यु, बचाउन खोज्दा चार घाइते कान्ति लोकपथको पहिरो हटाइयो, सावधानीपूर्वक यात्रा गर्न आग्रह