2026-09-28 09:32 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

एलन मस्कले ट्विटर किनेपछि आफ्नो तीन चौथाई कर्मचारी हटाउन सक्छन् : रिपोर्ट

कात्तिक ४, काठमाडौँ | विश्वका सर्वाधिक धनाढ्य एलन मस्कले सोसल मिडिया साइट ट्विटर किन्ने हो भने कम्पनीमा ठूलो कटौती हुनसक्ने अमेरिकाको चर्चित पत्रिका वाशिङ्टन पोस्टले बताएको छ । पत्रिकाका अनुसार, लगानीकर्ताहरूलाई ट्विटर किन्न सम्झौता प्रस्तुत गर्दा, एलन मस्कले कम्पनीका करिब तीन चौथाई कर्मचारीहरूलाई हटाउने योजना बनाएको बताए ।

यदि यसो भयो भने, ट्विटरमा कर्मचारीको संख्या झन्डै २,००० मा आउनेछ । ट्विटरमा हाल ८,२०० कर्मचारी कार्यरत छन् । यो प्रतिवेदनमा यो पनि भनिएको छ कि यदि एलन मस्कसँगको सम्झौताले काम गर्दैन भने पनि कम्पनीले यस वर्षको अन्त्यसम्ममा आफ्नो तलब र भत्ता खर्चमा करिब ८० करोड डलर कटौती गर्ने योजना बनाएको छ ।

उक्त अवस्थामा पनि कम्पनीले करिब एक चौथाइ कर्मचारीलाई हटाउनु पर्ने पत्रिकाले जनाएको छ । रिपोर्टका अनुसार कर्मचारीको संख्यामा भएको यो कमीले ट्विटरमा पोस्ट गरिएका संवेदनशील र भडकाऊ पोस्टहरू हटाउने र डाटा सुरक्षित गर्ने कम्पनीको क्षमतालाई असर गर्ने अपेक्षा गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेस महाधिवेशनले पार्टीको भविष्यको दिशा तय गर्नेछ : शशांक कोइराला निरन्तर वर्षाले रामघाटमा सेती नदी थुनियो, नदीतटीय बासिन्दालाई सतर्क रहन आग्रह विदेशमा रहेका नेपालीको मतदानबारे निर्वाचन आयोगले अघि बढायो छलफल रुकुम पश्चिममा खोलाले बगाउँदा ५८ वर्षीया महिलाको मृत्यु स्वदेश फर्किए प्रधानमन्त्री बालेन्द्र शाह कांग्रेस महाधिवेशन : अधिकांश निर्वाचन क्षेत्रमा क्षेत्रीय अधिवेशन जारी बल्खुमा एक युवकमाथि खुकुरी प्रहार गर्ने चार जना पक्राउ साउदीमाथि हुथीको आक्रमण तीव्र कृष्णभीरको पहिरो पन्छाइयो, नागढुंगा–मुग्लिन सडकमा सवारी सञ्चालन सप्तकोसीमा पानीको बहाव घट्दै, कोसी ब्यारेजमा ३९ ढोका खुला नारायणीमा बाढीको उच्च जोखिम: जलस्तर ८.७ मिटर पुग्यो भोटेकोसी बाढीपछि ५ हजार २८५ जना सम्पर्कविहीन, १ हजार ४५१ जनाको शव भेटियो कोशी ब्यारेजमा खतराको तह पार, ५६ मध्ये ४३ ढोका खोलिए प्रधानमन्त्री बालेन्द्र शाह आज स्वदेश फर्किँदै पहिरोले राजमार्ग अवरुद्ध, ११ सडकखण्डमा यातायात प्रभावित मौसम पूर्वानुमान महाशाखाद्वारा विशेष चेतावनी, आज र भोलि उच्च सतर्कता अपनाउन आग्रह वर्षाका कारण फोहोर व्यवस्थापन प्रभावित, केही समय फोहोर बाहिर ननिकाल्न महानगरको आग्रह कांग्रेस अधिवेशनमा विराटनगरमा दुई पक्षबीच कुटाकुट टिभी चलाउने क्रममा करेन्ट लागेर १० वर्षीय बालकको मृत्यु, बचाउन खोज्दा चार घाइते कान्ति लोकपथको पहिरो हटाइयो, सावधानीपूर्वक यात्रा गर्न आग्रह