इमरान खानलाई पाँच वर्षसम्म चुनावमा भाग लिन नदिने पाकिस्तानी निर्वाचन आयोगको घोषणा

Posted on: 21 Oct, 2022

कात्तिक ४, काठमाडौँ | पाकिस्तानको निर्वाचन आयोगले पूर्वप्रधानमन्त्री इमरान खानलाई आगामी पाँच वर्षसम्म चुनावमा भाग लिन नदिने घोषणा गरेको छ ।

पाकिस्तानी निर्वाचन आयोगको यो निर्णयलाई पाकिस्तानी राजनीतिक संकटमा अर्को मोडको रुपमा हेरिएको छ । गत अप्रिल महिनामा खान अपदस्थ हुनुअघि पाकिस्तानमा राजनीतिक विवाद उत्कर्षमा रहेको छ ।


यसलाई पूर्वअन्तर्राष्ट्रिय क्रिकेट स्टार समेत रहेका पूर्व प्रधानमन्त्री खान र उनको पाकिस्तान तहरीक–ए–इन्साफ (पीटीआई) पार्टीले लडिरहेका धेरै कानूनी लडाइहरू मध्ये एक भएको जनाइएको छ ।

सत्तामा रहँदा उनले अनावश्क रुपमा उपहार लिएको त्यहाँको निर्वाचन आयोगले फैसला गरेपछि उनलाई उम्मेदवार हुन अयोग्य घोषित गरिएको उनका वकिल गोहर खानले जानकारी दिएका हुन ।

‘पाकिस्तानको निर्वाचन आयोगले इमरान खानलाई भ्रष्ट अभ्यासमा संलग्न भएको घोषणा गरेको छ’ गोहरले भने, ‘हामी यसलाइ अहिले इस्लामावाद उच्च अदालतमा चुनौती दिने छौं ।’

यस बिषयमा तपाइको प्रतिक्रिया...!