अफगानिस्तानको राजधानी काबुलमा ६ आईएस लडाकू मारिए

Posted on: 22 Oct, 2022

कात्तिक ५, एजेन्सी | अफगान सेनाले राजधानी काबुलमा प्रतिद्वन्द्वी आइएस वा इस्लामिक स्टेट  सङ्गठनका सदस्यहरू लुकेको ठाउँमा आक्रमण गरी ६ जना लडाकूलाई मारेको अफगान कार्यवाहक सरकारका मुख्य प्रवक्ता जबिहुल्लाह मुजाहिदले बताएका छन् ।

इस्लामिक इमिरेट्सको विशेष एकाइहरूको बलले हिजो आइएस लडाकुहरू लुकेको ठाउँ पत्ता लगाई दुई जना लडाकुहरू पक्राउ गरेको थियो ।

मारिएका केही विद्रोहीहरू वजिर अकबर खानको मस्जिद र दश्त–ए–बर्ची जिल्लाको कलेजमा भएका घातक आतङ्ककारी हमलाहरूमा संलग्न थिए जसले हप्ता अघि दर्जनौं मानिसहरूलाई मारेका थिए ।

अफगानिस्तानमा आईएस समूह विरुद्धको यो दोस्रो अपरेशन हो । केही दिन अघि उत्तरी कुन्दुज प्रान्तमा अफगान सेनाले यस्तै कारबाहीमा पाँच आईएस लडाकू मारेको थियो ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!