५ माघ २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

विश्व

चक्कु प्रहारपछि सलमान रुस्दीको एउटा आँखाको दृष्टि गुम्यो, एउटा हात नचल्ने

७ कार्तिक २०७९, सोमबार ०५:३६

कात्तिक ७, काठमाडौँ | यसै वर्ष अगस्टमा चक्कु प्रहारका कारण लेखक सलमान रुस्दीको एउटा आँखाको दृष्टि गुमेको छ । उनका एजेन्टले यसबारे जानकारी दिएका छन् र रुस्दीले अब एक हातले काम गर्न नसक्ने बताएका छन् ।

रुस्दीका एजेन्ट एन्ड्रयू वाइलीले स्पेनिस पत्रिकालाई भने, “उहाँको छातीमा १५ वटा भन्दा बढी चोट लागेको थियो। यो एकदमै क्रूर आक्रमण थियो।” वाइलीले भने कि उनी अहिले सलमान रुस्दी कहाँ बसिरहेका छन् भन्न सक्दैनन्। रुस्दीमाथि न्यूयोर्कमा आक्रमण भएको थियो ।


रुस्दीलाई सन् १९८८ मा उनको उपन्यास द सैटानिक भर्सेसदेखि ज्यान मार्ने धम्की आएको थियो। केही मुस्लिमहरूले यस पुस्तकलाई ईश्वरनिन्दाको रूपमा हेर्छन्। उपन्यास प्रकाशित भएपछि रुस्दी १० वर्षसम्म लुकेर बस्न बाध्य भए ।

रुस्दीमाथि आक्रमण गर्ने व्यक्ति अमेरिकी मूलका २४ वर्षीय हादी मथरको रूपमा चिनिन्छन्। हाल उनी प्रहरी हिरासतमा छन् ।

“उनको एउटा आँखाको दृष्टि गुम्यो। उनको घाँटीमा तीनवटा गम्भीर चोट लागेको थियो। हातको नसा काटिएका कारण एउटा हातले पनि काम गर्न छोडेको छ,” वाइलीले अखबारसँगको अन्तर्वार्तामा भने।

रुस्दी अझै अस्पतालमै छन् वा छैनन् भन्ने विषयमा वाइलीले भने, “म उहाँको बारेमा यो जानकारी दिन सक्दिन। उहाँ बाँच्नुहुनेछ … यो बढी महत्त्वपूर्ण छ।”

रुस्दीलाई अगस्ट १२ मा न्यूयोर्कमा एक कार्यक्रममा सम्बोधन गर्न लाग्दा आक्रमण भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जर्मनीको मुद्रास्फीति दर स्थिर, डिसेम्बरमा १.८ प्रतिशतमा झर्‍यो रवि लामिछानेको मुद्दा फिर्ता लिने निर्णयविरुद्ध युवा संघको प्रदर्शन पार्टी छाडेकालाई कांग्रेसमा फर्कन आग्रह संविधान संरक्षणमा पूर्वराष्ट्रपति यादवको जोड भावी सरकारमा पनि ‘मिडिया’कर्मीको प्रतिनिधित्व हुनुपर्छः सञ्चारमन्त्री छ महिनामा ३९ अर्ब बढीको वैदेशिक लगानी प्रतिबद्धता सनासो प्रहार गरी श्रीमतीको हत्या मानसिक सन्तुलन गुमाएका युवकद्वारा आमाको हत्या कांग्रेसलाई एकढिक्का बनाएर अगाडि लैजान्छौँः सभापति थापा छतबाट खसेर वृद्धाको मृत्यु ग्रीनल्याण्ड राष्ट्रिय सुरक्षाका लागि महत्वपूर्ण : राष्ट्रपति ट्रम्प सामाजिक विकासका लागि ३३ वटा संस्थाहरूबाट प्रस्ताव पेस काठमाडौँका यी स्थानमा आज बिजुली कटौती हुने कांग्रेस केन्द्रीय समितिको बैठक बस्दै रवि लामिछानेको मुद्दा फिर्ता गर्नेे निर्णयमा बारको आपत्ति भूकम्पलगायत विपद्बाट हुनसक्ने क्षति न्यूनीकरण गर्न एकढिक्का भएर लाग्न गृहमन्त्रीको आह्वान केन्द्रीय कार्यसमितिको अधिकार मिचेर गरिएको भेलालाई आयोगले वैधता दिनेछैन– कार्यवाहक सभापति खड्का बैंक लुटपाटमा संलग्न सात जना पक्राउ चीन–क्यानाडा सम्बन्ध सुधारको सङ्केत मन्त्री चौलागाईंसँग जापानी राजदूतको भेटवार्ता