२०८२, ३० चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

विश्व

जोनसन टोरी लिडरको दौडबाट बाहिरिएपछि सुनकलाई बाटो खुला

२०७९, ७ कार्तिक सोमबार ०७:०५

कात्तिक ७, काठमाडौँ | बोरिस जोनसन कन्जरभेटिभ पार्टीको टोरी लिडर बन्ने दौडबाट पछि हटेपछि ऋषि सुनकलाई प्रधानमन्त्री बन्ने बाटो खुला भएको छ। सिनियर टोरीहरुले जोनसनको पुनरागमनले अराजकता निम्त्याउने चेतावनी दिएपछि पूर्व प्रधानमन्त्री जोनसनले उनीसँग पार्टीको नेतृत्व गर्न पर्याप्त सांसदहरूको समर्थन नभएको स्वीकार गरेका थिए।


आधिकारिक रूपमा आफ्नो चुनावी अभियान सुरु नै नगरेका जोनसनले आइतवार राति आफूले २०२४ मा कन्जरभेटिभ पार्टीलाई जिताउन सक्छु भन्ने विश्वास भएपनि यो ‘सही समय नभएको’ बताएका छन्।

त्यसको केही समयपछि एक ट्वीटमा सुनकले ब्रेक्सिट र भ्याक्सिन रोलआउट तथा युक्रेनमा भ्लादिमिर पुटिनविरुद्ध उत्रिएकोमा बेलायत जोनसनप्रति आभारी रहेको बताएका थिए। जोनसन प्रधानमन्त्री हुँदा सुनक चान्सलर बनेर सँगै काम गरेका थिए।

‘पुनः प्रधानमन्त्रीको लागि उम्मेदवारी नदिने निर्णय गरे पनि म साँच्चै आशा गर्दछु कि उहाँले देश र विदेशमा सार्वजनिक जीवनमा योगदान गर्ने काम जारी राख्नुहुनेछ,’ ट्वीटमा भनिएको छ।

जोनसनको कदमले टोरी लिडरको दौडमा रहेकी तेस्रो उम्मेदवार पेनी मोर्डाउन्टमाथि पनि सुनकलाई संसदीय दलको समर्थन रहेको स्वीकार गर्न दबाब पुगेको छ। सुनकसँग लगभग आधा सांसदहरूले समर्थन छ। आइतवार रातिसम्म पेनीसँग ३० जना मात्रै समर्थक थिए, जुन मतपत्रमा जान आवश्यक पर्ने संख्याभन्दा ७० कम हो।

पछिल्लो पटक लिज ट्रसविरुद्धको दौडमा दोस्रो स्थानमा आएका सुनकले आइतवार क्याबिनेट कार्यालयका मन्त्री नदिम जाहावी सहित १६५ भन्दा बढी सांसदको समर्थन बटुलेका थिए।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
तोकिएकै समयमा संसद् भवन निर्माण सम्पन्न गर्न सभामुखको निर्देशन राजनीतिमा युवाको आगमनले राष्ट्रलाई मद्दत पुग्ने विश्वास लिएको छु: पूर्वराजा ज्ञानेन्द्र विमानस्थलबाट गाँजासहित एक भारतीय नागरिक पक्राउ कांग्रेसले बोलायो केन्द्रीय कार्यसम्पादन समितिको बैठक नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट प्रधानमन्त्री शाहले गरे बागमतीका सांसदसँग छलफल तिमी जन्मँदै गरिब जन्मनु त्यो तिम्रो गल्ती होइन, तिमी मर्दा गरिब मर्नु त्यो तिम्रो गल्ती हो: गृहमन्त्री गुरुङ सभामुख अर्याल र उपसभामुख ठाकुरबीच शिष्टाचार भेट पूर्वप्रधानमन्त्री ओलीको पित्तथैलीको शल्यक्रिया सफल सभामुख अर्याल र पूर्व सभामुखबिच भेटघाट गरिब जनतासँग तरकारीमा लाउने लसुन छैन! नेताहरूसँग सुन नै सुन: हर्क साम्पाङ क्रियाशील सदस्यता खारेज गर्ने होइन, अद्यावधिक गर्दैछौं : महामन्त्री पौडेल ओलीको पित्तथैलीको शल्यक्रिया हुदै सुनचाँदीको मूल्य घट्यो सुन चाँदीको मूल्य बढ्यो राष्ट्रिय हितमाथि कहीँकतैबाट प्रहार भयो भने हामी सदनभित्र र बाहिरबाट प्रतिवाद गर्छौँ: प्रचण्ड स्रोत नखुलेको नगद ८ लाख रूपैयाँसहित २ जना पक्राउ सम्पूर्ण छानबिनका लागि म तयार छु: प्रचण्ड यात्रुवाहक सवारीमा आरक्षित सिट नराखे कारबाही गरिने हालको निराशालाई सङ्कल्पमा बदल्ने छौँ र सङ्कल्पलाई आशामा बदल्ने छौ: शङ्कर पोखरेल