2026-09-27 05:17 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

म्यानमारमा सेनाको हवाई आक्रमणमा कम्तीमा ५० जनाको मृत्यु

कात्तिक ८, काठमाडौँ | म्यानमारको काचिन राज्यमा सेनाको हवाई हमलामा कम्तीमा ५० जनाको मृत्यु भएको छ । काचिन इन्डिपेन्डेन्स आर्मी (केआईए) को राजनीतिक समूहको ६२ औँ स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रममा सेनाले हवाई आक्रमण गरेको केआईएका प्रवक्ता नाउ बुले रायटर्ससँग कुराकानी गर्दै जानकारी दिएका छन् ।

स्थानीय सञ्चारमाध्यम द इरावडीले सो आक्रमणमा कम्तीमा ५० जना मारिएको समाचार प्रकाशित गरेको छ । यसको आधिकारिक रूपमा पुष्टि हुन भने बाँकी रहेको छ । अमेरिकामा रहेको यसको शुभेच्छुक संस्था काचिन एलाएन्सले सो घटनामा मारिनेमा काचिन कलाकार, स्थानीय र केआईओका नेताहरू रहेका छन् ।

सैन्य जुन्ताले कू गर्दै सत्ता आफ्नो हातमा लिएसँगै म्यानमारमा द्वन्द्व जारी रहेको छ । मानव अधिकारवादी संस्थाहरूले त्यसयता त्यहाँ स्वतन्त्रता र अधिकारको अवस्था निकै कमजोर बनेको बताउँदै आएका छन् । सेनाले विद्यालय समेतमा हिंस्रक आक्रमण गर्ने गरेको ती संस्थाहरूले जानकारी दिएका छन् । देशभर नै जुन्ताको शासनविरुद्ध विद्रोही समुहहरु खडा भएका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेस महाधिवेशनले पार्टीको भविष्यको दिशा तय गर्नेछ : शशांक कोइराला निरन्तर वर्षाले रामघाटमा सेती नदी थुनियो, नदीतटीय बासिन्दालाई सतर्क रहन आग्रह विदेशमा रहेका नेपालीको मतदानबारे निर्वाचन आयोगले अघि बढायो छलफल रुकुम पश्चिममा खोलाले बगाउँदा ५८ वर्षीया महिलाको मृत्यु स्वदेश फर्किए प्रधानमन्त्री बालेन्द्र शाह कांग्रेस महाधिवेशन : अधिकांश निर्वाचन क्षेत्रमा क्षेत्रीय अधिवेशन जारी बल्खुमा एक युवकमाथि खुकुरी प्रहार गर्ने चार जना पक्राउ साउदीमाथि हुथीको आक्रमण तीव्र कृष्णभीरको पहिरो पन्छाइयो, नागढुंगा–मुग्लिन सडकमा सवारी सञ्चालन सप्तकोसीमा पानीको बहाव घट्दै, कोसी ब्यारेजमा ३९ ढोका खुला नारायणीमा बाढीको उच्च जोखिम: जलस्तर ८.७ मिटर पुग्यो भोटेकोसी बाढीपछि ५ हजार २८५ जना सम्पर्कविहीन, १ हजार ४५१ जनाको शव भेटियो कोशी ब्यारेजमा खतराको तह पार, ५६ मध्ये ४३ ढोका खोलिए प्रधानमन्त्री बालेन्द्र शाह आज स्वदेश फर्किँदै पहिरोले राजमार्ग अवरुद्ध, ११ सडकखण्डमा यातायात प्रभावित मौसम पूर्वानुमान महाशाखाद्वारा विशेष चेतावनी, आज र भोलि उच्च सतर्कता अपनाउन आग्रह वर्षाका कारण फोहोर व्यवस्थापन प्रभावित, केही समय फोहोर बाहिर ननिकाल्न महानगरको आग्रह कांग्रेस अधिवेशनमा विराटनगरमा दुई पक्षबीच कुटाकुट टिभी चलाउने क्रममा करेन्ट लागेर १० वर्षीय बालकको मृत्यु, बचाउन खोज्दा चार घाइते कान्ति लोकपथको पहिरो हटाइयो, सावधानीपूर्वक यात्रा गर्न आग्रह