२०८२, ३० चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

साउदी अरेवियाका राजकुमार ट्विटरका दोस्रो सबैभन्दा ठूलो लगानीकर्ता

२०७९, १२ कार्तिक शनिबार १६:५३

कात्तिक १२, एजेन्सी । इलोन मस्कले ट्वीटर अधिग्रहण गरेपछि पनि साउदी अरेबियाको ‘किंगडम होल्डिङ कम्पनी (केएचसी)’ र देशका राजकुमार अलवालीद बिन तलालको निजी कार्यालयको सो कम्पनीमा रहेको १.८९ अर्ब डलरको शेयर यथावत रहने बताइएको छ । 

यो संगै उनीहरु संयुक्त रूपमा ट्वीटरको दोस्रो ठूलो लगानीकर्ता बन्ने साउदी राजकुमारद्वारा जारी विज्ञप्तिमा भनिएको छ । बिन तलालले शुक्रबार आफ्नो ट्विटर खातामा सो विज्ञप्तिलाई राखेका छन् । मस्कलाई ‘चीफ ट्विट’ भनेर उल्लेख गरिएको वक्तव्यमा सम्झौता केएचसीको दीर्घकालीन रणनीति अनुरूप भएको बताइएको छ । बिन तलालद्वारा स्थापना भएको केएचसीमा साउदी अरेबियाको सार्वभौम सम्पत्ति कोषको १६.९ प्रतिशत अंश छ ।


सन् २०२२ जनवरीसम्म, ३ करोड ४८ लाख जनसंख्या रहेको साउदी अरबमा १.२ करोड ट्वीटर प्रयोगकर्ता छन्, जुन विश्वका आठौं धेरै हो । विश्वका सबैभन्दा धनी व्यक्ति मस्कले बिहीबार ४४ अर्ब डलर मुल्यमा ट्विटर अधिग्रहण पूरा गरेको घोषणा गरेका छन् । ‘चरोलाई मुक्त गरिएको छ,’ मस्कले सम्झौता पुरा भएपछि ट्वीटरको मुख्य चिन्ह चरालाई संकेत गर्दै मस्कले ट्वीट गरेका छन् । मस्कले उनको स्वामित्वमा ट्वीटर ‘वाक स्वतन्त्रताको मन्च’ हुने र यसमा पोष्ट हुने सामग्रीमा पहिलेभन्दा कम सिमा लाग्ने इच्छा व्यक्त गरेका छन् । तर सँगसँगै मस्कले ट्वीटर घृणा र विभाजनको ‘इको चेम्बर(प्रतिध्वनि कक्ष)’ बन्नबाट रोक्न चाहेको पनि बताएका छन् । 

मस्कको अधिग्रहण लगत्तै मस्कले ट्विटरका प्रमुख कार्यकारी पराग अग्रवाल, प्रमुख वित्तीय अधिकारी नेड सेगल र कानुनी मामिला तथा नीति प्रमुख विजया गड्डेलाई बर्खास्त गरिएको बताइएको छ । तथापि यो विषयलाई कम्पनीले औपचारिक रुपमा सार्वजनिक गरिसकेको छैन । मस्कले ती उच्च अधिकृतमाथि प्लेटफर्ममा नक्कली एकाउन्टको संख्याबारे उनी र ट्विटरका लगानीकर्ताहरूलाई भ्रमित गरेको आरोप लगाएका थिए ।

स्रोतहरुलाई उल्लेख गर्दै पश्चिमी मिडियाले सम्झौता पुरा हुँदा ट्वीटर मुख्यालयमा रहेका अग्रवाल र सेगललाई समाएर बाहिर निकालिएको लेखेका छन् । बिन तलालले अप्रिलमा मस्कले सुरुमा ट्वीटर खरिदको प्रस्ताव राख्दा उनको प्रस्तावलाई अस्वीकार गरेका थिए । त्यसबेला मस्कले प्रस्ताव गरेको रकम ट्विटरको ‘आन्तरिक मूल्य’को नजिक पनि नभएको बताएका थिए । मस्कको ट्विटर खरिदका लागि सफ्टवेयर कम्पनी ओरेकलका सह–संस्थापक ल्यारी एलिसन र कतारको सार्वभौम सम्पत्ति कोष अन्तरगतको कतार होल्डिङलगायत धेरै लगानीकर्ताबाट रकम जम्मा गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विमानस्थलबाट गाँजासहित एक भारतीय नागरिक पक्राउ कांग्रेसले बोलायो केन्द्रीय कार्यसम्पादन समितिको बैठक नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट प्रधानमन्त्री शाहले गरे बागमतीका सांसदसँग छलफल तिमी जन्मँदै गरिब जन्मनु त्यो तिम्रो गल्ती होइन, तिमी मर्दा गरिब मर्नु त्यो तिम्रो गल्ती हो: गृहमन्त्री गुरुङ सभामुख अर्याल र उपसभामुख ठाकुरबीच शिष्टाचार भेट पूर्वप्रधानमन्त्री ओलीको पित्तथैलीको शल्यक्रिया सफल सभामुख अर्याल र पूर्व सभामुखबिच भेटघाट गरिब जनतासँग तरकारीमा लाउने लसुन छैन! नेताहरूसँग सुन नै सुन: हर्क साम्पाङ क्रियाशील सदस्यता खारेज गर्ने होइन, अद्यावधिक गर्दैछौं : महामन्त्री पौडेल ओलीको पित्तथैलीको शल्यक्रिया हुदै सुनचाँदीको मूल्य घट्यो सुन चाँदीको मूल्य बढ्यो राष्ट्रिय हितमाथि कहीँकतैबाट प्रहार भयो भने हामी सदनभित्र र बाहिरबाट प्रतिवाद गर्छौँ: प्रचण्ड स्रोत नखुलेको नगद ८ लाख रूपैयाँसहित २ जना पक्राउ सम्पूर्ण छानबिनका लागि म तयार छु: प्रचण्ड यात्रुवाहक सवारीमा आरक्षित सिट नराखे कारबाही गरिने हालको निराशालाई सङ्कल्पमा बदल्ने छौँ र सङ्कल्पलाई आशामा बदल्ने छौ: शङ्कर पोखरेल वैदेशिक रोजगारीमा जानेले विमानस्थलमा रसिद पेस गर्नु नपर्ने ग्रामीण पर्यटन आर्थिक समृद्धिको बलियो आधार हो: नारायणप्रसाद दाहाल