५ माघ २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

विश्व

गुजरातमा पुल भत्किएर १४१ जनाको मृत्यु भएको घटनामा नौ जना पक्राउ

१५ कार्तिक २०७९, मंगलवार ०५:१२

कात्तिक १५,  काठमाडौँ | भारतको पश्चिमी गुजरात राज्यमा आइतवार पुल भत्किएको घटनामा नौ जना पक्राउ परेका छन्। झोलुङ्गे पुल भत्किँदा १४१ जनाको मृत्यु भएको थियो।

पक्राउ परेकाहरू सबै गुजरातको विद्युतीय उपकरण निर्माता ओरेवासँग सम्बन्धित व्यक्तिहरु हुन् जसले हालसालै मोरबी सहरको २३० मिटर लामो उक्त पुलको मर्मत गरेका वरिष्ठ प्रहरी अधिकारी अशोक कुमार यादवले बताए। मर्मतपछि गत साता मात्रै पुल सर्वसाधारणको लागि खोलिएको थियो।

गुजरातमा पुल भत्किएर १३४ जनाको मृत्यु भएको घटनामा नौ जना पक्राउ

नौ जनामध्ये​दुई प्रबन्धक, दुई टिकट क्लर्क, दुई ठेकेदार र तीन सुरक्षा गार्ड रहेको यादवले जानकारी दिए। उनीहरुमाथि कर्तव्य ज्यान मुद्दामा विशेष अनुसन्धान टोलीले अनुसन्धान गरिरहेको उनले बताए।

स्थानीय समय अनुसार आइतवार साँझ साढे ६ बजेतिर साँघुरो पुल भत्किँदा ३० बालबालिकासहित १४१ जनाको मृत्यु भएको थियो। गुजरातका गृहमन्त्री हर्ष संघवीका अनुसार त्यसबेला पुलमा करिब २०० व्यक्ति रहेको अनुमान गरिएको छ। पुलको एक छेउको तार चुडेर दुर्घटना भएको उनले बताए।

औपनिवेशिक युगको सो पुल १९औँ शताब्दीमा भारतमा ब्रिटिश शासनको समयमा निर्माण गरिएको थियो। स्थानीय रूपमा जुल्टो पुलको नामले परिचित सो संरचना लोकप्रिय पर्यटक आकर्षण हो।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जर्मनीको मुद्रास्फीति दर स्थिर, डिसेम्बरमा १.८ प्रतिशतमा झर्‍यो रवि लामिछानेको मुद्दा फिर्ता लिने निर्णयविरुद्ध युवा संघको प्रदर्शन पार्टी छाडेकालाई कांग्रेसमा फर्कन आग्रह संविधान संरक्षणमा पूर्वराष्ट्रपति यादवको जोड भावी सरकारमा पनि ‘मिडिया’कर्मीको प्रतिनिधित्व हुनुपर्छः सञ्चारमन्त्री छ महिनामा ३९ अर्ब बढीको वैदेशिक लगानी प्रतिबद्धता सनासो प्रहार गरी श्रीमतीको हत्या मानसिक सन्तुलन गुमाएका युवकद्वारा आमाको हत्या कांग्रेसलाई एकढिक्का बनाएर अगाडि लैजान्छौँः सभापति थापा छतबाट खसेर वृद्धाको मृत्यु ग्रीनल्याण्ड राष्ट्रिय सुरक्षाका लागि महत्वपूर्ण : राष्ट्रपति ट्रम्प सामाजिक विकासका लागि ३३ वटा संस्थाहरूबाट प्रस्ताव पेस काठमाडौँका यी स्थानमा आज बिजुली कटौती हुने कांग्रेस केन्द्रीय समितिको बैठक बस्दै रवि लामिछानेको मुद्दा फिर्ता गर्नेे निर्णयमा बारको आपत्ति भूकम्पलगायत विपद्बाट हुनसक्ने क्षति न्यूनीकरण गर्न एकढिक्का भएर लाग्न गृहमन्त्रीको आह्वान केन्द्रीय कार्यसमितिको अधिकार मिचेर गरिएको भेलालाई आयोगले वैधता दिनेछैन– कार्यवाहक सभापति खड्का बैंक लुटपाटमा संलग्न सात जना पक्राउ चीन–क्यानाडा सम्बन्ध सुधारको सङ्केत मन्त्री चौलागाईंसँग जापानी राजदूतको भेटवार्ता