2026-09-28 09:32 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

टर्की, पाकिस्तान सहित यी १३ देशले दिँदैछन् कतार विश्वकपमा सुरक्षा

कात्तिक १५,  काठमाडौँ | कतारमा हुने २२ औं संस्करणको फिफा विश्वकप २०२२ मा १३ देशले सुरक्षा दिने भएका छन्। आगामी नोभेम्बर २० देखि डिसेम्बर १८ सम्म हुने विश्वकपको सुरक्षा चुनौतीलाई लक्षित गर्दै विभिन्न १३ देशले सुरक्षाकर्मी कतार पठाएर सुरक्षा दिन लागेका हुन्।

विभिन्न देशबाट गरेर करिब १२ लाख फुटबल समर्थक कतार जाने अनुमान गरिएको छ। जसकारण थपिने सुरक्षा चुनौतीलाई लक्षित गर्दै कतार सेक्युरेटी फोर्ससँगै अन्य १३ देशका सुरक्षा फोर्सले सुरक्षा प्रदान गर्ने भएका हुन्। 

कतारको सुरक्षा फोर्सले आफूहरूलाई सहयोग गर्ने १३ देशका सुरक्षाकर्मीसँग ५ दिने अभ्याससमेत गरिसकेको अलजजिराले उल्लेख गरेको छ। यो अभ्यासले आपतकालीन सेवा प्रदानलाई चुस्त बनाउने र सुरक्षा प्रबन्ध मजबुत हुने विश्वास कतार सुरक्षा फोर्सले उल्लेख गरेको छ। 

प्रतियोगिता सुरक्षा कमिटीका अनुसार उक्त अभ्यासमा सरकारी पक्षका ३२ हजार र निजीतर्फ १७ हजार सुरक्षाकर्मी सहभागी भएका थिए। 

टर्कीले यसअघि नै कतार विश्वकपमा सुरक्षाकर्मी पठाउने बताइसकेको थियो। टर्कीले ३ हजार प्रहरी कतार पठाउने भएको छ। उनीहरूले होटल र रंगशालाकोे सुरक्षा गर्ने बताइएको छ।

टर्कीले नै स्पेसल अपरेशनतर्फका १०० जना प्रहरी र ५० जना बम स्पेसलिस्टका साथै ८० वटा तालिमप्राप्त कुकुरसमेत कतार पठाउने भएको छ।

त्यसैगरी, पाकिस्तानले पनि सुरक्षाकर्मी पठाएर कतारलाई सहयोग गर्ने भएको छ। फ्रान्सले समेत २२० जना सुरक्षाकर्मी कतार पठाउने निर्णय गरिसकेको अलजजिराले उल्लेख गरेको छ। 

मोरक्कोले पनि सुरक्षाकर्मी पठाएर सहयोग गर्ने भएको छ। कतार न्यूज एजेन्सीले मोरक्कोका सैनिकले क्वार्टरफाइनलदेखि फाइनलमा प्रयोग हुने रंगशालाको सुरक्षासम्बन्धी अभ्याससमेत गरिसकेको उल्लेख गरेको छ। 

यता, विश्वकपमा हुनसक्ने दुर्घटनाबाट सुरक्षित बनाउन बेलायतले पनि सहयोग गर्ने भएको छ । त्यसका लागि विशिष्ट सैनिक बल बेलायतले पठाउने जनाएको छ।

त्यस्तै साउदी अरेबिया, जर्मनी, पोल्याण्ड, इटाली, जोर्डन, कुवेत, स्पेन, प्यालेस्टाइन, अमेरिकालगायत १३ देशका ११ वटा मन्त्रालय र सैन्य तथा सैनिक बलको विश्वकपमा सहभागिता रहनेछ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेस महाधिवेशनले पार्टीको भविष्यको दिशा तय गर्नेछ : शशांक कोइराला निरन्तर वर्षाले रामघाटमा सेती नदी थुनियो, नदीतटीय बासिन्दालाई सतर्क रहन आग्रह विदेशमा रहेका नेपालीको मतदानबारे निर्वाचन आयोगले अघि बढायो छलफल रुकुम पश्चिममा खोलाले बगाउँदा ५८ वर्षीया महिलाको मृत्यु स्वदेश फर्किए प्रधानमन्त्री बालेन्द्र शाह कांग्रेस महाधिवेशन : अधिकांश निर्वाचन क्षेत्रमा क्षेत्रीय अधिवेशन जारी बल्खुमा एक युवकमाथि खुकुरी प्रहार गर्ने चार जना पक्राउ साउदीमाथि हुथीको आक्रमण तीव्र कृष्णभीरको पहिरो पन्छाइयो, नागढुंगा–मुग्लिन सडकमा सवारी सञ्चालन सप्तकोसीमा पानीको बहाव घट्दै, कोसी ब्यारेजमा ३९ ढोका खुला नारायणीमा बाढीको उच्च जोखिम: जलस्तर ८.७ मिटर पुग्यो भोटेकोसी बाढीपछि ५ हजार २८५ जना सम्पर्कविहीन, १ हजार ४५१ जनाको शव भेटियो कोशी ब्यारेजमा खतराको तह पार, ५६ मध्ये ४३ ढोका खोलिए प्रधानमन्त्री बालेन्द्र शाह आज स्वदेश फर्किँदै पहिरोले राजमार्ग अवरुद्ध, ११ सडकखण्डमा यातायात प्रभावित मौसम पूर्वानुमान महाशाखाद्वारा विशेष चेतावनी, आज र भोलि उच्च सतर्कता अपनाउन आग्रह वर्षाका कारण फोहोर व्यवस्थापन प्रभावित, केही समय फोहोर बाहिर ननिकाल्न महानगरको आग्रह कांग्रेस अधिवेशनमा विराटनगरमा दुई पक्षबीच कुटाकुट टिभी चलाउने क्रममा करेन्ट लागेर १० वर्षीय बालकको मृत्यु, बचाउन खोज्दा चार घाइते कान्ति लोकपथको पहिरो हटाइयो, सावधानीपूर्वक यात्रा गर्न आग्रह