2026-09-28 09:32 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

अस्ट्रियामा भेटियो बच्चाको प्राचिन ममी, वैज्ञानिकले खोले मृत्युको राज

कात्तिक १६, काठमाडौँ | शताब्दिऔँसम्म अस्ट्रियाको सबैभन्दा पुरानो कुलीन परिवारमध्ये एकले आफ्नो बेसमेन्टमा एउटा दुखद रहस्य लुकाएर राखेका थिए । बेसमेन्टमा बन्द थियो एउटा बच्चाको ममी । स्टारहेमबर्ग कुलका यी बच्चाको उमेर १ वा दुई वर्ष मात्रै भएको अनुमान गरिएको छ । अब अनुसन्धानमा यी बच्चाको मृत्यु खानपिनको कमी वा कुनै चोटका कारण नभई घामको कमीका कारण भएको थियो भन्ने पत्ता लागेको छ ।

बच्चाको यो ममी १६ औँ वा १७ औँ शताब्दिको हो । यो ममीमा बच्चाको स–साना जानकारी स्पष्ट देख्न सकिन्छ । बच्चाको शरीर रेशमको कपडामा बेह्रिएको थियो । तर ठूलो र धनी परिवारको हुँदा पनि बच्चा स्वस्थ थिएन । सिटी स्क्यानको मद्दतले ममीको एउटा भर्चुअल पोस्टमार्टम गरियो जसमा बच्चाको करङमा समस्या भेटिएको थियो । यो लक्षण कुपोषणको थियो जुन विशेषगरी भिटामिन डीको कमीका कारण हुने गर्छ । यसलाई रिकेट्स भनिन्छ । यसमा खुट्टा धनुषझैँ निहुरिने लक्षण देखिन्छ ।

अनुसन्धानकर्ताले अर्को सम्भावनामाथि पनि विचार गरेका थिए । उनीहरुका अनुसार ती बालकको मृत्यु भिटामिन सीका कारण पनि भएको हुनसक्छ जसका कारण स्कर्भी हुने गर्छ । तर करङमा देखिएको समस्या दुबै स्थितिसँग मेल खाँदैन । फ्याट टिस्यूको परीक्षण गर्दा बच्चाको उमेरको हिसाबले उनको तौल अन्य बच्चाको तुलनामा बढी थियो । त्यसैले अनुसन्धानकर्तालाई लाग्छ कि बच्चालाई त्यतिबेला निकै राम्रो तरिकाले खुवाएको हुनसक्छ । यसले भिटामिन सीको कमीको सम्भावना शून्य पारिदियो ।

अर्कोतर्फ यदि भिटामिन डीको कुरा गर्ने हो भने यो खानामार्फत् हाम्रो शरीरसम्म पुग्दैन । यो छालामा प्याबैगनी विकिरण (अल्ट्राभोएलेट रेडिएसन) बाट हुने रासायनिक प्रतिक्रियामार्फत् बन्ने गर्छ । यसमार्फत् के थाहा हुन्छ भने बच्चा खानाको कमीले नभई घामको कमीद्वारा कुपोषित थिए ।

शिशु अवस्थामा बाल्यकालमा हड्डी बन्ने र त्यसको मजबुतीका लागि भिटामिन डी निकै आवश्यक हुन्छ । यसले शरीरलाई जीवनभरी क्याल्सियम र फस्फोरसलाई उत्कृष्ट ढङ्गले अवशोषित गर्न मद्दत गर्छ । म्युनिख युनिभर्सिटीका रोगविज्ञानी एन्ड्रियास नेरलिचका अनुसार रिकेट्सका कारण मृत्यु नै हुँदैन तर बच्चाको फोक्सोमा घातक निमोनियाको लक्षण देखिएको थियो जुन भिटामिन डीको कमी भएका शिशुमा साधारण हुने गर्छ ।

फ्रन्टियर्समा प्रकाशित शोधका अनुसार त्यो बेला अभिजात वर्ग आफ्नो छालालाई सफा राख्नका लागि घामबाट बच्ने गर्दथे । युरोपेली समाजमा त्यो बेलामा धनी वर्ग यस्तै गर्दथे जबकी किसान र मजदुर घाममा हिँड्थे ।

Close-up of mummified infant from Austria

इटलीमा १६ औँ र १७ औँ शताब्दिका बेला फ्लोरेन्समा मेडिसी च्यापलमा अन्त्येष्टि गरिएका कुलीन बच्चाहरुको थुप्रै कंकाल भेटिएको थियो । उनीहरुमा पनि रिकेट्सको लक्षण देखिएको थियो । तर बेसमेन्टमा भेटिएको यो बालकबारे अनुसन्धानकर्ताले के निष्कर्ष निकालेका छन् भने यी बच्चाको खानपिन राम्रो थियो, उसको हेरविचार राम्रो तरिकाले गरिएको थियो, त्यसैले उनको शरीरमा फ्याट धेरै थियो र यसैकारण यी बच्चाको शरीर यति वर्षपछि पनि राम्रोसँग संरक्षित थियो ।

बच्चाको यो ममी रेशमको कपडामा बेह्रिएको थियो र यहाँ यो बच्चा एक्लै थियो । अनुसन्धानकर्ताले यी पहिलो बच्चा भएको हुनसक्ने अनुमान गरेका छन् । बच्चाको कफिनमा उनको नामसँग सम्बन्धित कुनै शिलालेख थिएन ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेस महाधिवेशनले पार्टीको भविष्यको दिशा तय गर्नेछ : शशांक कोइराला निरन्तर वर्षाले रामघाटमा सेती नदी थुनियो, नदीतटीय बासिन्दालाई सतर्क रहन आग्रह विदेशमा रहेका नेपालीको मतदानबारे निर्वाचन आयोगले अघि बढायो छलफल रुकुम पश्चिममा खोलाले बगाउँदा ५८ वर्षीया महिलाको मृत्यु स्वदेश फर्किए प्रधानमन्त्री बालेन्द्र शाह कांग्रेस महाधिवेशन : अधिकांश निर्वाचन क्षेत्रमा क्षेत्रीय अधिवेशन जारी बल्खुमा एक युवकमाथि खुकुरी प्रहार गर्ने चार जना पक्राउ साउदीमाथि हुथीको आक्रमण तीव्र कृष्णभीरको पहिरो पन्छाइयो, नागढुंगा–मुग्लिन सडकमा सवारी सञ्चालन सप्तकोसीमा पानीको बहाव घट्दै, कोसी ब्यारेजमा ३९ ढोका खुला नारायणीमा बाढीको उच्च जोखिम: जलस्तर ८.७ मिटर पुग्यो भोटेकोसी बाढीपछि ५ हजार २८५ जना सम्पर्कविहीन, १ हजार ४५१ जनाको शव भेटियो कोशी ब्यारेजमा खतराको तह पार, ५६ मध्ये ४३ ढोका खोलिए प्रधानमन्त्री बालेन्द्र शाह आज स्वदेश फर्किँदै पहिरोले राजमार्ग अवरुद्ध, ११ सडकखण्डमा यातायात प्रभावित मौसम पूर्वानुमान महाशाखाद्वारा विशेष चेतावनी, आज र भोलि उच्च सतर्कता अपनाउन आग्रह वर्षाका कारण फोहोर व्यवस्थापन प्रभावित, केही समय फोहोर बाहिर ननिकाल्न महानगरको आग्रह कांग्रेस अधिवेशनमा विराटनगरमा दुई पक्षबीच कुटाकुट टिभी चलाउने क्रममा करेन्ट लागेर १० वर्षीय बालकको मृत्यु, बचाउन खोज्दा चार घाइते कान्ति लोकपथको पहिरो हटाइयो, सावधानीपूर्वक यात्रा गर्न आग्रह