५ माघ २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

सार्वजनिक भयो कमिलाको भयानक क्लोजअप तस्बिर !

१६ कार्तिक २०७९, बुधबार ०८:४०

कात्तिक १६, काठमाडौँ | कमिला यति धेरै साना हुन्छन् कि कहिलेकाँही यिनिहरुलाई देख्नसमेत मुश्किल हुन्छ । जोसुकैले यसलाई पनि कुल्चिन सक्छन् । तर जब यसले टोक्छन्, यिनीहरुको वास्तविक शक्तिबारे थाहा हुन्छ । निकै क्रुरताका साथ टोक्ने यी कमिला खासमा त्यति नै डरलाग्दा देखिन्छन् भन्ने कुरा तपाईंलाई थाहा छ ?

हालै गरिएको विश्वस्तरमा एक फोटोग्राफी प्रतियोगिताको आयोजना गरिएको थियो । स्मल वर्ल्ड फोटोमाइक्रोग्राफी कम्पिटिसन २०२२ जसमा साना जीवका तस्बिर खिचेर पठाउनुपर्दथ्यो । यो प्रतियोगितामा एक व्यक्तिले कमिलाको अचम्मित पारिदिने तस्बिर खिचेका छन् । कमिलाको अनुहारको यो तस्बिरलाई भयानक भन्न सकिन्छ ।


लिथुआनियाका एक फोटोग्राफर, युजिनियस कपलियाउस्कसले यो तस्बिरलाई कैद गरेर निर्णायकको ध्यान आफूतर्फ आकर्षित गरे । यो तस्बिरको शीर्षक थियो – एन्ट (कम्पोनोटस) । कमिलाको एलियनजस्तो अनुहारलाई एक स्टिरियो 10X माइक्रोस्कोपले पाँच गुणा ठूलो पारेर खिचिएको थियो । निर्णायकले यो शानदार तस्बिरलाई ‘इमेजेज अफ डिस्टिङ्सन’ वर्गमा राखेर पुरस्कृत गरे ।

जुम गरिएको यो तस्बिर किन यति डरलाग्दो भयो त ? सायद कमिलाको एन्टिनाले गर्दा यो भयानक देखिएको हुनसक्छ किनभने यी एन्टिना ‘भूत’ को रातो आँखाजस्तै देखिन्छन् । अथवा कमिलाको ब्लेडको धारजस्तो दाँतका कारण पनि यो भयानक देखिएको हुनसक्छ । यी दाँतमार्फत् नै कमिलाले एकैपटकमा निकै गहिरोसँग टोक्न सक्छ ।

Photographer who shocked people with ant face pic shares more photos that  stun: 'Looking for unseen angle' | Fox News

कमिला बन्छन् जम्बी

यी तस्बिरले मात्रै कमिलालाई डरलाग्दो देखाएको होइन । हामी तपाईंलाई कमिलाबारे अर्को एउटा चकित पार्ने जानकारी दिदैछौँ । एन्टोमोलजिस्टका अनुसार केही परजीवीले कमिलाको दिमागलाई नियन्त्रण गर्ने गर्छ र यिनीहरुलाई जम्बीमा परिणत गर्ने गर्छ । दिमाग नियन्त्रण गर्ने परजीवीको प्रवेशपछि कमिला कठपुतली झैँ हुन्छ । त्यसपछि यी परजीवी कमिलाको शरीरभित्र फैलिने गर्छ ।

सुरुको एक हप्तासम्म त सब ठिक हुन्छ तर त्यसपछि कमिलाको चालमा परिवतर्न देखिन थाल्छ । सधैँ एउटा लाइनमा हिँड्ने कमिला त्यसपछि कुनै लक्ष्य बिना यताउती हिँड्न थाल्छ, कहिलेकाँही गोलो भएर हिँड्न थाल्छ । यो रोगको अन्तिम चरणमा तिनीहरुले कुनै झाडीको माथिल्लो सतह भेट्टाउँछन्, जसमा तिनीहरुले टोक्छन् र त्यहाँ नै मर्छन् । त्यसपछि यी परजीवी अब तिनीहरुको शरीरबाट निस्किएर कुनै अन्य शिकार खोज्न थाल्छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जर्मनीको मुद्रास्फीति दर स्थिर, डिसेम्बरमा १.८ प्रतिशतमा झर्‍यो रवि लामिछानेको मुद्दा फिर्ता लिने निर्णयविरुद्ध युवा संघको प्रदर्शन पार्टी छाडेकालाई कांग्रेसमा फर्कन आग्रह संविधान संरक्षणमा पूर्वराष्ट्रपति यादवको जोड भावी सरकारमा पनि ‘मिडिया’कर्मीको प्रतिनिधित्व हुनुपर्छः सञ्चारमन्त्री छ महिनामा ३९ अर्ब बढीको वैदेशिक लगानी प्रतिबद्धता सनासो प्रहार गरी श्रीमतीको हत्या मानसिक सन्तुलन गुमाएका युवकद्वारा आमाको हत्या कांग्रेसलाई एकढिक्का बनाएर अगाडि लैजान्छौँः सभापति थापा छतबाट खसेर वृद्धाको मृत्यु ग्रीनल्याण्ड राष्ट्रिय सुरक्षाका लागि महत्वपूर्ण : राष्ट्रपति ट्रम्प सामाजिक विकासका लागि ३३ वटा संस्थाहरूबाट प्रस्ताव पेस काठमाडौँका यी स्थानमा आज बिजुली कटौती हुने कांग्रेस केन्द्रीय समितिको बैठक बस्दै रवि लामिछानेको मुद्दा फिर्ता गर्नेे निर्णयमा बारको आपत्ति भूकम्पलगायत विपद्बाट हुनसक्ने क्षति न्यूनीकरण गर्न एकढिक्का भएर लाग्न गृहमन्त्रीको आह्वान केन्द्रीय कार्यसमितिको अधिकार मिचेर गरिएको भेलालाई आयोगले वैधता दिनेछैन– कार्यवाहक सभापति खड्का बैंक लुटपाटमा संलग्न सात जना पक्राउ चीन–क्यानाडा सम्बन्ध सुधारको सङ्केत मन्त्री चौलागाईंसँग जापानी राजदूतको भेटवार्ता