२०८२, ३० चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

विश्व

पूर्व मिस अर्जेन्टिना र मिस पुर्टो रिको बिच विवाह !

२०७९, १७ कार्तिक बिहीबार ०६:१२

कात्तिक १७, काठमाडौँ | पूर्व मिस अर्जन्टिना मरिएना मरेला र पूर्व मिस पुर्टो रिको फाबिओला भ्यालेन्टिनले आफूहरुले विवाह गरेको घोषणा गरेका छन्। इन्स्टाग्राममा तस्विर राख्दै उनीहरुले विवाहको खबर सार्वजनिक गरेका हुन्।

सन् २०२० मा थाइल्याण्डमा भएको मिस ग्राण्ड इन्टरनेसनलमा मारियानाले अर्जेन्टिना र फाबिओलाले पुएर्तो रिकोको प्रतिनिधित्व गरेका थिए ।


उक्त सौन्दर्य प्रतियोगिताको अन्तिम १० मा स्थान बनाएका उनीहरु त्यसपछि नजिकिएका थिए । त्यसयता फ्यानलाई थाहा नदिइकन उनीहरुले गोप्य रुपमा डेटिङ पनि गरिरहेका थिए ।

यो जोडीले समुन्द्र तटमा रोमान्टिक भएर हिंड्नेदेखि क्याजुअल गफगाफ, स्याम्पेन टोस्टहरुजस्ता रमाइला इन्स्टाग्राम रिल पोस्ट गरेका थिए । सुनौलो र चाँदीको बेलुन उडाउँदै उनीहरुले ‘म्यारी मी’ भन्दै चिच्याएर प्रस्ताव राखे ।

उक्त पोस्टले यी दुई सुन्दरीले पुएर्तो रिको सहरको अदालत बाहिर उभिएको देखाउँछ, जहाँ उनीहरुले गत अक्टोबर २८ मा विवाह गरे । ‘हाम्रो सम्बन्धलाई गोप्य राख्दै हामीले विशेष दिनका लागि ढोका खुला गरेका छौं,’ पोस्टमा उल्लेख छ ।

फ्यान, सेलिब्रिटीहरु र पेजेन्टका अन्य प्रतिस्पर्धीले यो आकर्षक तस्वीर र घोषणाको लागि उनीहरुलाई बधाई दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विमानस्थलबाट गाँजासहित एक भारतीय नागरिक पक्राउ कांग्रेसले बोलायो केन्द्रीय कार्यसम्पादन समितिको बैठक नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट प्रधानमन्त्री शाहले गरे बागमतीका सांसदसँग छलफल तिमी जन्मँदै गरिब जन्मनु त्यो तिम्रो गल्ती होइन, तिमी मर्दा गरिब मर्नु त्यो तिम्रो गल्ती हो: गृहमन्त्री गुरुङ सभामुख अर्याल र उपसभामुख ठाकुरबीच शिष्टाचार भेट पूर्वप्रधानमन्त्री ओलीको पित्तथैलीको शल्यक्रिया सफल सभामुख अर्याल र पूर्व सभामुखबिच भेटघाट गरिब जनतासँग तरकारीमा लाउने लसुन छैन! नेताहरूसँग सुन नै सुन: हर्क साम्पाङ क्रियाशील सदस्यता खारेज गर्ने होइन, अद्यावधिक गर्दैछौं : महामन्त्री पौडेल ओलीको पित्तथैलीको शल्यक्रिया हुदै सुनचाँदीको मूल्य घट्यो सुन चाँदीको मूल्य बढ्यो राष्ट्रिय हितमाथि कहीँकतैबाट प्रहार भयो भने हामी सदनभित्र र बाहिरबाट प्रतिवाद गर्छौँ: प्रचण्ड स्रोत नखुलेको नगद ८ लाख रूपैयाँसहित २ जना पक्राउ सम्पूर्ण छानबिनका लागि म तयार छु: प्रचण्ड यात्रुवाहक सवारीमा आरक्षित सिट नराखे कारबाही गरिने हालको निराशालाई सङ्कल्पमा बदल्ने छौँ र सङ्कल्पलाई आशामा बदल्ने छौ: शङ्कर पोखरेल वैदेशिक रोजगारीमा जानेले विमानस्थलमा रसिद पेस गर्नु नपर्ने ग्रामीण पर्यटन आर्थिक समृद्धिको बलियो आधार हो: नारायणप्रसाद दाहाल