कत्तिक २०, एजेन्सी | कांग्रेसको भारत जोडो यात्रामा फिल्म ‘केजीएफ–२’ को संगीत प्रयोग गरेको भन्दै कांग्रेस नेता राहुल गान्धीविरुद्ध उजुरी परेको छ । राहुल गान्धी बाहेक कांग्रेस नेता जयराम रमेश र सुप्रिया श्रीनेट विरुद्ध पनि उजुरी परेको छ।
समाचार एजेन्सीका अनुसार कन्नड फिल्म 'केजीएफ-२' को संगीत बिना अनुमति प्रयोग गरेको आरोपमा राहुल गान्धी विरुद्ध मुद्दा दर्ता गरिएको छ।
यो उजुरी शुक्रबार बैंगलोरको यशवंतपुर पुलिस स्टेशनमा प्रतिलिपि अधिकार कानून अन्तर्गत गरिएको हो। एमआरटी म्युजिकको व्यवस्थापन सम्हाल्ने एम नवीन कुमारले उजुरी दर्ता गरेका हुन् ।