५ माघ २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

आफूलाई मार्ने योजनामा प्रधानमन्त्री नै संलग्न भएको इमरान खानको आरोप

२० कार्तिक २०७९, आईतवार ११:०८

एजेन्सी | पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानले वर्तमान प्रधानमन्त्री शहबाज शरीफ उनको हत्या प्रयासको षडयन्त्रमा संलग्न भएको आरोप लगाएका छन् । बिहीबार राजनीतिक र्‍यालीमा गोली लागेर अस्पतालमा उपचार गराइरहेका खानले अस्पतालबाट भिडियो सन्देश जारी गर्दै ‘प्रधानमन्त्री शेहबाज शरिफ, गृह मन्त्री राना सनोल्लाह र एक शीर्ष सैन्य कमाण्डरले उनलाई मार्ने निर्णय गरेको’ बताए । साथै उनले त्यस दिन दुई बन्दुकधारी रहेको पनि बताए ।


तर पाकिस्तान सरकारले भने खानको दाबीलाई खण्डन गरेको छ । उसका अनुसार खानमाथि बन्दुक हान्ने व्यक्ति धार्मिक अतिवादबाट प्रभावित अतिवादी भएको बताएको छ । पाकिस्तानको सेनाको मिडिया शाखाले पनि पूर्व खानको आरोपलाई ‘आधारहीन र गैरजिम्मेवारपूर्ण’ भनेको छ । ‘पाकिस्तान सरकारलाई यस विषयमा अनुसन्धान गर्न र कुनै प्रमाण बिना संस्था र यसका अधिकारीविरुद्ध भएको मानहानिका लागि जिम्मेवार व्यक्तिलाई कानुनी कारबाही गर्न अनुरोध गरिएको छ,’ सेनाको इन्टर सर्भिस पब्लिक रिलेसन्सले एक विज्ञप्तिमा भनेको छ ।

गृहमन्त्री सनोल्लाहले पनि खानको आरोप अस्वीकार गर्दै गठबन्धन सरकारले स्वतन्त्र छानबिनको माग गरेको बताए । त्यस्तै प्रधानमन्त्री शरिफले पनि पूर्व प्रधानमन्त्रीमाथि भएको गोलीबारीको निन्दा गर्दै छानबिनको आदेश पनि दिए ।

खान चढेको साधनमाथि भएको आक्रमणमा एक जनाको मृत्यु हुनुका साथै कम्तीमा १० जना घाइते भएका थिए । ७० वर्षीय पूर्व अन्तर्राष्ट्रिय क्रिकेट स्टार खानले गत हप्तादेखि लाहोरदेखि इस्लामावादसम्म र्‍यालीको नेतृत्व गरिरहेका छन् ।

भिडियो सन्देशमा ह्वीलचेयरमा बसेका देखिएका खानको देब्रे खुट्टामा भारी पट्टी बाँधिएको थियो । एक घण्टाभन्दा बढी समयसम्म बोल्ने क्रममा उनले सरकार र सैन्य प्रतिष्ठानविरुद्ध आक्रोश पोखे । साथै उनले आफू निको भइसकेपछि इस्लामावादतर्फको लङ मार्च पुनः सुरु गर्ने उनले बताए । इमरानले आफूले आक्रमणमा संलग्न भनेका व्यक्तिको राजीनामा मागेका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जर्मनीको मुद्रास्फीति दर स्थिर, डिसेम्बरमा १.८ प्रतिशतमा झर्‍यो रवि लामिछानेको मुद्दा फिर्ता लिने निर्णयविरुद्ध युवा संघको प्रदर्शन पार्टी छाडेकालाई कांग्रेसमा फर्कन आग्रह संविधान संरक्षणमा पूर्वराष्ट्रपति यादवको जोड भावी सरकारमा पनि ‘मिडिया’कर्मीको प्रतिनिधित्व हुनुपर्छः सञ्चारमन्त्री छ महिनामा ३९ अर्ब बढीको वैदेशिक लगानी प्रतिबद्धता सनासो प्रहार गरी श्रीमतीको हत्या मानसिक सन्तुलन गुमाएका युवकद्वारा आमाको हत्या कांग्रेसलाई एकढिक्का बनाएर अगाडि लैजान्छौँः सभापति थापा छतबाट खसेर वृद्धाको मृत्यु ग्रीनल्याण्ड राष्ट्रिय सुरक्षाका लागि महत्वपूर्ण : राष्ट्रपति ट्रम्प सामाजिक विकासका लागि ३३ वटा संस्थाहरूबाट प्रस्ताव पेस काठमाडौँका यी स्थानमा आज बिजुली कटौती हुने कांग्रेस केन्द्रीय समितिको बैठक बस्दै रवि लामिछानेको मुद्दा फिर्ता गर्नेे निर्णयमा बारको आपत्ति भूकम्पलगायत विपद्बाट हुनसक्ने क्षति न्यूनीकरण गर्न एकढिक्का भएर लाग्न गृहमन्त्रीको आह्वान केन्द्रीय कार्यसमितिको अधिकार मिचेर गरिएको भेलालाई आयोगले वैधता दिनेछैन– कार्यवाहक सभापति खड्का बैंक लुटपाटमा संलग्न सात जना पक्राउ चीन–क्यानाडा सम्बन्ध सुधारको सङ्केत मन्त्री चौलागाईंसँग जापानी राजदूतको भेटवार्ता