2026-09-28 08:39 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

संसारको ‘सबैभन्दा खतरनाक बिरुवा’ जसले आत्महत्याका लागि बाध्य बनाउछ

एजेन्सी | जिम्पाई–जिम्पाईलाई विश्वको ‘सबैभन्दा खतरनाक बिरुवा’ भन्ने गरिन्छ । यो हेर्दा निकै नै साधारण बिरुवाजस्तो देखिन्छ । तर यसलाई छुँदा यसको काँडाले तपाईंलाई एकैपटक तातो एसिडले जलेको र बिजुलीको झट्काको महसुस गराउँछ । यो बिरुवाले मानिसहरुलाई यति तड्पाउँछ कि मानिसहरु आत्महत्याका लागि बाध्य हुन्छन् । त्यसैले त यसलाई ‘सुसाइड प्लान्ट’ समेत भन्ने गरिन्छ ।

दुखाईले पागल भएका व्यक्तिले आफैँलाई हाने गोली

एक व्यक्तिले कथित रुपमा दुखाईका कारण पागल भएपछि आफूलाई गोली हानेका थिए किनभने ती व्यक्तिले यसको पातलाई टोयलेट पेपरको रुपमा प्रयोग गरेका थिए । अक्सफोर्डका शिक्षक डेनिएल आफैँले पनि यसको खतराको सामना गरिसकेका छन् । उनले भने, ‘कुहिनासम्म पुग्ने लामो पञ्जा लगाउँदा पनि यसको काँडाले मलाई पनि थोरै घोचेको थियो तर त्यो सामान्य थियो, मैले खासै ठूलो समस्याको सामना गर्नुपरेन ।’

जिम्पाई–जिम्पाई प्रायः उत्तरपूर्वी अष्ट्रेलिया र मलेसियाको उष्णकटिबन्धीय वर्षावनहरुमा सिमित छ ।‘एंकल बाइटर’ समेत भनिने यो बिरुवा १५ फिटसम्म पुग्न सक्छ तर प्रायः यो लगभग ३ फिटसम्म बढ्छ । केही रिपोर्टका अनुसार,  यदि जिम्पाई–जिम्पाईको काँडालाई छालाबाट निकालिएन भने यसलाई छोएका व्यक्तिलाई एक वर्षसम्म तनावमा पार्न सक्छ ।

Can torture its victims for over a year

केही रोमाञ्चक गर्नका लागि बेलायतका एक व्यक्तिले रोपे बिरुवा

यति खतरनाक हुँदा पनि बेलायतका एक व्यक्तिले यसलाई आफ्नो घरमा उमारेका छन् । उनले यो बिरुवालाई पिँजडा भित्र बन्द गरेर राखेका छन् जसमा ‘खतरा’ को निशान बनेको छ ।

डेलीमेलको खबर अनुसारडेनिएल एमलिन–जोन्सले जिम्पाई–जिम्पाईलाई निकै सावधानीपूर्वक हुर्काइरहेको बताएका छन् । उनले भने, ‘म एक मूर्खजस्तो देखिन चाहन्नँ । त्यसैले मैले यसलाई निकै सुरक्षित तरिकाले हुर्काइरहेको छु । केही बोटानिकल गार्डेनमा यो बिरुवा रोचक नमुनाको रुपमा रहनेछ ।’

Gympie-gympie: British man grows 'world's most dangerous plant' with a  sting so bad it causes months of pain | The Independent

डेनिएल बोर भएका थिए र केही रोमाञ्चक गर्न चाहन्थे । उनले भने, ‘आफ्नो बगैँचामा धेरै नै केरा फलाएपछि मैले सोचेँ कि जिम्पाई–जिम्पाईले धेरै कुरामा रोमाञ्चकता थप्नेछ । मैले यसलाई वसन्तको मौसममा रोपेको थिएँ । ’उनले भने, ‘यसले मेरो गार्डेनिङमा थोरै भएपनि रोमाञ्चकता थप्ने सोचपछि यो बिरुवा रोप्ने निर्णय लिएको हुँ । तपाईंले यसको बिऊ इन्टरनेटमा पाउन सक्नुहुन्छ तर यो जहाँ पायो त्यहि उम्रिदैनँ । मैले यसलाई मेरो घरको अगाडिको कोठामा राखेर उमारेको हुँ । मैले यसको बिऊ अष्ट्रेलियाको एउटा कम्पनीबाट पाएको हुँ । यसको ६० अष्ट्रेलियन डलर जति परेको थियो, त्यसैले यसलाई सस्तो भन्न मिल्दैन ।

This Is What the 'World's Most Dangerous' Shrub, the 'Suicide Plant,' Looks  Like

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेस महाधिवेशनले पार्टीको भविष्यको दिशा तय गर्नेछ : शशांक कोइराला निरन्तर वर्षाले रामघाटमा सेती नदी थुनियो, नदीतटीय बासिन्दालाई सतर्क रहन आग्रह विदेशमा रहेका नेपालीको मतदानबारे निर्वाचन आयोगले अघि बढायो छलफल रुकुम पश्चिममा खोलाले बगाउँदा ५८ वर्षीया महिलाको मृत्यु स्वदेश फर्किए प्रधानमन्त्री बालेन्द्र शाह कांग्रेस महाधिवेशन : अधिकांश निर्वाचन क्षेत्रमा क्षेत्रीय अधिवेशन जारी बल्खुमा एक युवकमाथि खुकुरी प्रहार गर्ने चार जना पक्राउ साउदीमाथि हुथीको आक्रमण तीव्र कृष्णभीरको पहिरो पन्छाइयो, नागढुंगा–मुग्लिन सडकमा सवारी सञ्चालन सप्तकोसीमा पानीको बहाव घट्दै, कोसी ब्यारेजमा ३९ ढोका खुला नारायणीमा बाढीको उच्च जोखिम: जलस्तर ८.७ मिटर पुग्यो भोटेकोसी बाढीपछि ५ हजार २८५ जना सम्पर्कविहीन, १ हजार ४५१ जनाको शव भेटियो कोशी ब्यारेजमा खतराको तह पार, ५६ मध्ये ४३ ढोका खोलिए प्रधानमन्त्री बालेन्द्र शाह आज स्वदेश फर्किँदै पहिरोले राजमार्ग अवरुद्ध, ११ सडकखण्डमा यातायात प्रभावित मौसम पूर्वानुमान महाशाखाद्वारा विशेष चेतावनी, आज र भोलि उच्च सतर्कता अपनाउन आग्रह वर्षाका कारण फोहोर व्यवस्थापन प्रभावित, केही समय फोहोर बाहिर ननिकाल्न महानगरको आग्रह कांग्रेस अधिवेशनमा विराटनगरमा दुई पक्षबीच कुटाकुट टिभी चलाउने क्रममा करेन्ट लागेर १० वर्षीय बालकको मृत्यु, बचाउन खोज्दा चार घाइते कान्ति लोकपथको पहिरो हटाइयो, सावधानीपूर्वक यात्रा गर्न आग्रह