एक मिनेटमै ११४० पटक ताली बजाएर विश्व कीर्तिमान [भिडिओ]

Posted on: 07 Nov, 2022

एजेन्सी | अमेरिकी नागरिक डाल्टन मेयरले मात्र एक मिनेटमा ११४० पटक ताली बजाएर विश्व कीर्तिमान कायम गरेका छन् । यसको अर्थ उनले एक सेकेण्डमा १९ पटक ताली बजाए ।

गिनिज बुक अफ वर्ल्ड रेकर्डस्को आधिकारिक युट्युब च्यानलमा उक्त भिडियो अपलोड गरिएको छ ।

यसअघि सबैभन्दा छिटो ताली बजाउने उक्त कीर्तिमान इली बिशोप नामका व्यक्तिको नाममा थियो । उनले एक मिनेटमा ११०३ पटक ताली बजाएका थिए । मेयरले उनको कीर्तिमान भंग गरेका छन् ।

उनले रेकर्ड कायम गर्नका लागि नाडीको ताली विधि प्रयोग गरेका थिए । उक्त विधिमा नाडी तथा औंलाको प्रयोग गरी दोस्रो हातको हत्केलामा ताली बजाउनु पर्दछ । उनले गत मार्चमा उक्त अनौठो रेकर्ड कायम गरेका थिए, जुन हालै मात्र गिनिज बुकले मान्यता दिएको हो ।



यस बिषयमा तपाइको प्रतिक्रिया...!