२०८२, ३० चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

हवाईजहाजको ६ वटा सिट हटाएर बनाइयो संसारकै अग्ली महिलाको लागी ओछ्यान

२०७९, २१ कार्तिक सोमबार ०८:४०

एजेन्सी | सोसल मिडियामा संसारकी सबैभन्दा अग्ली महिलाको पहिलो हवाईजहाज यात्राले मानिसहरुको ध्यान तानिरहेको छ । 

टर्किस नागरिक रुमेसा गेल्गी संसारकी सबैभन्दा अग्ली महिला हुन् । २५ वर्षीया रुमेसाको जीउको उचाइ ७ फिट ७ इन्च छ । उनको जीउडालकै कारण जहाजमा आम यात्रुहरू बस्ने सिट रुमेसाका लागि पर्याप्त नहुने नै भयो । त्यसैले एयरलाइन्सले रुमेसाका लागि ६ वटा सिट जोडेर एउटा ओछ्यान जस्तै सिट बनाइदियो, ता कि उनले आरामसँग आफ्नो यात्रा तय गर्न सकून् । उनको बसाइको बन्दोबस्त गर्नका लागि जहाज भित्रका ६ वटा सिट हटाएर ओछ्यान नै बनाउनु पर्‍यो ।


रुमेसाले आफ्नो इन्स्टाग्राम अकाउन्टमा उनको पहिलो जहाज यात्राका केही तस्वीरहरू शेयर गरेकी छिन् । जसमा उनी टर्किस एयरलाइन्सको जहाजभित्र एउटा लामो सिटमा पल्टिएको देखिन्छ ।

उनका लागि ६ वटा इकोनोमी सिटलाई एउटा ओछ्यान आकारमा ढालिएको छ । आफ्नो पहिलो हवाइजहाज यात्राका क्रममा रुमेसा टर्कीबाट अमेरिका गएकी हुन् । उनले १३ घण्टाको हवाई यात्रा गरिन् ।

 रुमेसा गेल्गी विश्वको सबैभन्दा अग्लो महिलाको रुपमा गिनिज बुकमा नाम लेखाएकी र सबैभन्दा लामो हत्केला हुने महिला हुन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
तोकिएकै समयमा संसद् भवन निर्माण सम्पन्न गर्न सभामुखको निर्देशन राजनीतिमा युवाको आगमनले राष्ट्रलाई मद्दत पुग्ने विश्वास लिएको छु: पूर्वराजा ज्ञानेन्द्र विमानस्थलबाट गाँजासहित एक भारतीय नागरिक पक्राउ कांग्रेसले बोलायो केन्द्रीय कार्यसम्पादन समितिको बैठक नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट प्रधानमन्त्री शाहले गरे बागमतीका सांसदसँग छलफल तिमी जन्मँदै गरिब जन्मनु त्यो तिम्रो गल्ती होइन, तिमी मर्दा गरिब मर्नु त्यो तिम्रो गल्ती हो: गृहमन्त्री गुरुङ सभामुख अर्याल र उपसभामुख ठाकुरबीच शिष्टाचार भेट पूर्वप्रधानमन्त्री ओलीको पित्तथैलीको शल्यक्रिया सफल सभामुख अर्याल र पूर्व सभामुखबिच भेटघाट गरिब जनतासँग तरकारीमा लाउने लसुन छैन! नेताहरूसँग सुन नै सुन: हर्क साम्पाङ क्रियाशील सदस्यता खारेज गर्ने होइन, अद्यावधिक गर्दैछौं : महामन्त्री पौडेल ओलीको पित्तथैलीको शल्यक्रिया हुदै सुनचाँदीको मूल्य घट्यो सुन चाँदीको मूल्य बढ्यो राष्ट्रिय हितमाथि कहीँकतैबाट प्रहार भयो भने हामी सदनभित्र र बाहिरबाट प्रतिवाद गर्छौँ: प्रचण्ड स्रोत नखुलेको नगद ८ लाख रूपैयाँसहित २ जना पक्राउ सम्पूर्ण छानबिनका लागि म तयार छु: प्रचण्ड यात्रुवाहक सवारीमा आरक्षित सिट नराखे कारबाही गरिने हालको निराशालाई सङ्कल्पमा बदल्ने छौँ र सङ्कल्पलाई आशामा बदल्ने छौ: शङ्कर पोखरेल