५ माघ २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

हवाईजहाजको ६ वटा सिट हटाएर बनाइयो संसारकै अग्ली महिलाको लागी ओछ्यान

२१ कार्तिक २०७९, सोमबार ०८:४०

एजेन्सी | सोसल मिडियामा संसारकी सबैभन्दा अग्ली महिलाको पहिलो हवाईजहाज यात्राले मानिसहरुको ध्यान तानिरहेको छ । 

टर्किस नागरिक रुमेसा गेल्गी संसारकी सबैभन्दा अग्ली महिला हुन् । २५ वर्षीया रुमेसाको जीउको उचाइ ७ फिट ७ इन्च छ । उनको जीउडालकै कारण जहाजमा आम यात्रुहरू बस्ने सिट रुमेसाका लागि पर्याप्त नहुने नै भयो । त्यसैले एयरलाइन्सले रुमेसाका लागि ६ वटा सिट जोडेर एउटा ओछ्यान जस्तै सिट बनाइदियो, ता कि उनले आरामसँग आफ्नो यात्रा तय गर्न सकून् । उनको बसाइको बन्दोबस्त गर्नका लागि जहाज भित्रका ६ वटा सिट हटाएर ओछ्यान नै बनाउनु पर्‍यो ।


रुमेसाले आफ्नो इन्स्टाग्राम अकाउन्टमा उनको पहिलो जहाज यात्राका केही तस्वीरहरू शेयर गरेकी छिन् । जसमा उनी टर्किस एयरलाइन्सको जहाजभित्र एउटा लामो सिटमा पल्टिएको देखिन्छ ।

उनका लागि ६ वटा इकोनोमी सिटलाई एउटा ओछ्यान आकारमा ढालिएको छ । आफ्नो पहिलो हवाइजहाज यात्राका क्रममा रुमेसा टर्कीबाट अमेरिका गएकी हुन् । उनले १३ घण्टाको हवाई यात्रा गरिन् ।

 रुमेसा गेल्गी विश्वको सबैभन्दा अग्लो महिलाको रुपमा गिनिज बुकमा नाम लेखाएकी र सबैभन्दा लामो हत्केला हुने महिला हुन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जर्मनीको मुद्रास्फीति दर स्थिर, डिसेम्बरमा १.८ प्रतिशतमा झर्‍यो रवि लामिछानेको मुद्दा फिर्ता लिने निर्णयविरुद्ध युवा संघको प्रदर्शन पार्टी छाडेकालाई कांग्रेसमा फर्कन आग्रह संविधान संरक्षणमा पूर्वराष्ट्रपति यादवको जोड भावी सरकारमा पनि ‘मिडिया’कर्मीको प्रतिनिधित्व हुनुपर्छः सञ्चारमन्त्री छ महिनामा ३९ अर्ब बढीको वैदेशिक लगानी प्रतिबद्धता सनासो प्रहार गरी श्रीमतीको हत्या मानसिक सन्तुलन गुमाएका युवकद्वारा आमाको हत्या कांग्रेसलाई एकढिक्का बनाएर अगाडि लैजान्छौँः सभापति थापा छतबाट खसेर वृद्धाको मृत्यु ग्रीनल्याण्ड राष्ट्रिय सुरक्षाका लागि महत्वपूर्ण : राष्ट्रपति ट्रम्प सामाजिक विकासका लागि ३३ वटा संस्थाहरूबाट प्रस्ताव पेस काठमाडौँका यी स्थानमा आज बिजुली कटौती हुने कांग्रेस केन्द्रीय समितिको बैठक बस्दै रवि लामिछानेको मुद्दा फिर्ता गर्नेे निर्णयमा बारको आपत्ति भूकम्पलगायत विपद्बाट हुनसक्ने क्षति न्यूनीकरण गर्न एकढिक्का भएर लाग्न गृहमन्त्रीको आह्वान केन्द्रीय कार्यसमितिको अधिकार मिचेर गरिएको भेलालाई आयोगले वैधता दिनेछैन– कार्यवाहक सभापति खड्का बैंक लुटपाटमा संलग्न सात जना पक्राउ चीन–क्यानाडा सम्बन्ध सुधारको सङ्केत मन्त्री चौलागाईंसँग जापानी राजदूतको भेटवार्ता